ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

चुनौति दिँदै करारका कर्मचारी

१८ कार्तिक २०७५, आईतवार
१८ कार्तिक २०७५, आईतवार

सुधारोन्मुख अवस्थामा रहेको जिल्लाको पृथ्वी चन्द्र अस्पतालका एक विकास समितिका कर्मचारीले विकास समिति र अस्पताल प्रशासनलाई चुनौती दिएका छन् । विगत एक दशक देखि अस्पतालको आवास भवन प्रयोग गरि अस्पताल भित्र अधिपत्य जमाएका अहेव.श्यामसुन्दर जैसवालले विकास समिति र अस्पताल प्रशासनलाई चुनौती दिएका हुन् ।
अस्पतालका विशेषज्ञ चिकित्सक हाजिर भए पछि विकास समिति र अस्पताल प्रशासनले जैसवाललाई विशेषज्ञ चिकित्सकलाई बस्नका लागि आवास खाली गर्न भने पछि उनले खाली नगर्ने चुनौती दिएका हुन् । करार कर्मचारीले पुरै अस्पताल विकास समिति र प्रशासनलाई चुनौती दिए पछि भवन खाली गराउन नसक्दा सरुवा भई हाजिर भएका हाड रोग विशेषज्ञ बस्न पाएका छैनन् । डेढ महिना अगाडी नै जानकारी गराए पछि हालसम्म उनले भवन खाली नगरेर चुनौती दिएको अस्पतलका कर्मचारीले बताएका छन् । अस्पताल १५ सैयाकै रहेको अवस्थामा जैसवालले मेडिलक अधिकृतले आवास नपाए पनि तत्कालिन विकास समिति र मेडिकल सुपरिटेण्डेन्टलाई मिलाएर अस्पताल परिसरको भवन लिएर आफ्नो आवास बनाएका थिए ।
अस्पतालको स्तरोन्नती भई २५ सैया भए पनि उनले आवास आफ्नै कब्जामा राख्न सफल भए अहिले अस्पतालको स्तरोन्नती भई ५० सैया पुगेको छ । ८ विशेषज्ञ चिकित्सकको दरबन्दी कायम रहेको छ । जस्मा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट अनन्त शर्मा बाहेक हाड रोग विशेषज्ञ मात्र हाजिर भएका छन् । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.अजेन्द्र यादव परासी बजारमै घर भएको हुदा उनले भवन प्रयोग गरेका छैनन् । तर कपिलबस्तु घर भएका हाडरोग विशेषज्ञले आवास भवनका लागि अस्पताल प्रशासनसंग भदौ महिनामै आवासको माग गरेका थिए । त्यस पछि विकास समितिको निर्देशनमा अस्पताल प्रशासनले विकास समितिका करार अहेव जैसवाललाई विशेषज्ञ चिकित्सकका लागि आवास खाली गरिदिन जानकारी गराएको थियो । मौखिक रूपमा भन्दा उनले खाली गर्न नमाने पछि विकास समितिमा प्रस्ताव नै पास गरेर खाली गराउन समितिका अध्यक्ष शिव शंकर रायले भने पछि प्रस्ताव पास गर्न पर्दैन भनेर प्रमेसु डा.शर्माले खाली गराउन जिम्मा लिए ।
उनले अध्यक्ष र अस्पताल प्रबन्धक सि.बी.अधिकारीको समेत उपस्थितीमा जैसवाललाई बोलाएर आवास खाली गरिदिनका लागि जैसवाललाई महिना दिन अगाडी आग्रह गरेका थिए । तर अहिले उनको आग्रहलाई समेत वेवास्ता गर्दै जैसवालले अस्पतालका कर्मचारी विचमा खाली गराएर त देखाउन,भनि चुनौती दिएका हिँडेका छन् । प्रमेसु डा.शर्माले मौखिक रूपमा आवास खाली गर्न भने पनि लिखित रूपमा पत्र किन दिन चाहेका छैनन ? स्थानिबासीले प्रमेसु डा. शर्मा प्रति नै आशंका गर्न थालेका छन् । अध्यक्षको अगाडी मौखिक रूपमा भन्ने तर प्रकृयागत रूपमा अगाडी किन नबढेका हुन ? एक स्थानियले भने, त्यसलाई पनि गम्भिरता पुर्वक लिइनु पर्ने हो । रिफरल सेन्टरको रूपमा चिनिने पृथ्वी चन्द अस्पताल प्रशासन उही हो,अध्यक्ष मात्र फेरिएका छन् । अध्यक्षले सुधार गर्न प्रयासरत छन् । अस्पतालमा सुधारको वातावरण बन्दै गए पछि विशेषज्ञ चिकित्सक पनि आउन थालेका छन् । तर करारको कर्मचारीले अस्पताल सुधारमा खुलेरै चुनौती दिदा पनि अस्पताल प्रशासनले औपचारिकता मात्र देखाएको छ ।
प्रति आवास खाली नगराई दिनका लागि आफुलाई प्रदेश साँसद बैजनाथ जैसवालले भने पछि उनले ठाडो अस्वीकार गरेका थिए । तत्पश्चात अध्यक्ष राय साँसद तथा पुर्व गृहराज्यमन्त्रि देवेन्द्र राज कण्डेलको घरमा गएको बेला जैसवाल त्यही नै पुगेर आवास खाली नगराई दिन आग्रह समेत गरेका थिए । त्यस पछि पनि अध्यक्षले अस्पताालको अवस्था सुधारोन्मुख छ,तपाई बाधक नभई आवास खाली गरेर अस्पताललाई सहयोग गर्न भनेका थिए । जैसवालको आफ्नै क्लिनीक पनि छ, । उनी अस्पताल भित्र आवास भएका कारण आवासमा जाने बहानामा अस्पतालमा ड्युटी नभए पनि पस्ने र बिरामीलाई भ्रमित गर्दै उनी क्लिनीकमा बोलाएर चर्को असुली गर्दै आएका छन् । डिजिटल एक्सरे राखेर स्वास्थ्य ब्यपार गर्दै आएका जैसवाल यदि अस्पतालमा हाडरोग विशेषज्ञ आवासिय बस्न थाले भने क्लिनीकिलाई असर पर्न सक्ने खत्तरा महशुस गरेका छन् । त्यसले गर्दा उनि आवास खाली गर्ने पक्षमा छैनन् । त्यस भन्दा अगाडी पनि उनले अस्पतालमा काम गर्नका लागि आउने रेडियो लोजिष्टलाई अस्पताल भन्दा बढि आमदनी आफुले गराउन सक्ने भनेर आफ्नो क्लिनीकमा बोलाएर काम गराउदै आएका छन् । पहिला पनि स्थानिय कर्मचारी र स्वास्थ्यकर्मीकै असहयोगले चिकित्सक बस्न मानेका थिएनन् । अस्पतालमा आउने विशेषज्ञ तथा चिकित्सकलाई विभिन्न बहानामा भगाउने,पछि अस्पतालमा चिकित्सक नै छैनन्,भनेर भैरहवा मेडिकल कलेज,देवदेह मेडिकल कलेजमा रिफर गर्न लगाएर त्यहाबाट कमिसन खाने गरेको आरोप पनि लाग्दै आएको छ । यता अस्पताल सुधारका लागि आफु पछाडी नपर्ने जनाउदै अब आवास खाली गराउनका लागि कानुनी प्रकृयाद्धारा नै अगाडी बढने दाबी अध्यक्ष रायले बताए । करारका कर्मचारी जब अस्पताललाई असहयोग गर्छन भन्ने ति कर्मचारीको म्याद थप्नु कुनै औचित्य नभएको सुनाए । जैसवालका कारण अन्य करार कर्मचारीको समेत जागिर धरापमा पर्ने भनेर करार कर्मचारीहरूमा निरासा छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission