ट्रेंडिंग:

>> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार केसीलाई

२५ माघ २०७९, बुधबार
२५ माघ २०७९, बुधबार

बुटवल, माघ २५ । उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७८ बाट शेरबहादुर केसी पुरस्कृत हुने भएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसंग सहकार्य गरी दुई दशकअघि यो पुरस्कार स्थापना गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिले केसीलाई छनौट गरेकोमा अनुमोदन गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका केसी लुम्बिनी दैनिकका सम्पादक हुन् । महासंघले पूर्व अध्यक्ष एवं सल्लाहकार डा. बालकृष्ण चापागाईको संयोजकत्वमा पत्रकार दामोदर खनाल र रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोरा सदस्य रहेको तीन सदस्यीय मूल्यांकन समिति गठन गरेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ । उक्त छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्र्कष सहित नागरिकलाई सहि सूचना सम्पे्रषण गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तुलानात्मक रुपमा रुपन्देहीको सञ्चारकर्मीहरु जिम्मेवार र सन्तुलित रहेको बताए । उनले पत्रकारिताले नै मानिसहरुको धारणा निर्माण गर्ने भएकाले अत्यन्तै जिम्मेवार र संवेदनशिल हुनुपर्ने बताए । उनले लुम्बिनीमा रामकथाको बिषयमा रुपन्देहीका पत्रकारहरुले साम्प्रदायिक हिंसा भडकन नदिन राम्रो भूमिका खेलेकोमा धन्यावद दिए ।

कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार डा. बालकृष्ण चापागाई, सल्लाहकार दिनेश पाण्डे, बुटवल उपमहानगरपालिका वडा न. ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरे, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका उपसभापती कपिल ज्ञवाली, क्रियाशिल महिला पत्रकार संघका अध्यक्ष कल्पना तिवारी, उद्योग संघका सदस्य जमुना पोख्रेल र नेटवर्कका संयोजक सचिव विनोद परियारले बोल्दै समाजलाई सही दिशामा हिडाउने गरि सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?