© २०२३
बुटवल,२५ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विभिन्न राजनीतिक नियुक्ती गरेका छन् । जस अनुसार प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्।
मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा शर्मालाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
शर्मा नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सकृय शर्मा नेकपा विभाजन गर्ने अदालतको आदेशसंगै नेकपा एमाले रोजेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभामा सदस्य निर्वाचित भएका शर्माले एमाले रोजेका कारण प्रदेशसभा सदस्य पद गुमाउनु परेको थियो।
यसैगरी रुपन्देहीको ३ को १ बाट निर्वाचित सांसद तुलसी चौधरी प्रमुख सचेतकमा चयन भएका छन् । उनी सोही क्षेत्रबाट दोहोरिएर प्रदेशमा निर्वाचित भएका हुन् । एमाले संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकमा चयन गरेको हो ।
त्यसैगरी दाङकी रेखा कुमारी शर्मा सचेतक चयन भएकी छन् ।
उनी समानुपातिकमा सांसद हुन् । एमाले संसदीय दलका उपनेता मन्त्री चेतनारायण आचार्यले बुधबार प्रमुख राजनीतिक सल्लाहकार, प्रमुख सचेतक तथा सचेतक चयन गरेको जानकारी दिए । यस्तै बांकेका गोपाल गिरीलाई आफ्नो सचिवालयको जनसम्पर्क सल्लाहकार नियुक्त गरेका छन् ।