© २०२३
मथुरा पिया
मेरो दुइटा साली छन् । एउटा नेपालमा, अर्को यु.एस.मा छन् । नेपालको साली नील श्रेष्ठ धरान बस्छिन् । अमेरिकाको साली शीतु प्रधान सानफ्रान्समा बस्छिन् । सानफ्रान्सको सालीबारे केही लेख्नुपर्ने भएको छ । कहानी अब शुरु हुन्छ । डायरीमा नोट गर्ने बानी आफ्नो छैन । यसैले यकीन मिति याद भएन । गणेश चौथी (२०७५) भन्दा तीन चार दिनपछिको एउटा घटना हो । त्यो दिन दुकान चा“डो बन्द गरेँ । घर फर्किरह“दा बाटोमा साथीहरू भेटिए । हामी सबै भेट्रान्स क्लबका सदस्यहरू हौँ । सबैले मःम खाऔं भन्न थाले । नाग्लो रेष्टुरेण्टमा छि¥याँै । सिमसिम पानी पर्न थाल्यो । बाहिर राउण्ड टेबुलमा हामीले तात्तातो मःम लिई रहेका थियौँ । झरिले गर्दा भित्र ओभानो ठाउ“मा जानु पर्ने भयो । साथीहरूले बियर पनि मगाउन थाले । मेरो लागि पोमीग्रानेट जुस मगाइदिए । बियरसंग बोनलेस चिकन चिल्ली र जुससंग फ्रेन्च फ्राईको कम्बीनेसन गरी खा“दा अति स्वादिलो हुन्छ क्लबका अध्यक्ष दिनेश बजिमयले सुनाए । त्यो आइटम पनि मगाई हालौं भन्ने भयो । साथीहरू सबै गफमा रमाउन थाले । साथीहरू निकैबेरसम्म बस्ने छाँट देखियो । यता आफ्ुले यू.एस.बसेका साला भाइ सन्तोष प्रधानको फोन रिसिभ गर्नुथियो । यसैले साथीहरूसंग बिदाबारी गरी आप्m्नो गन्तव्यतिर लागँे । घर छिरेपछि श्रीमतीले यू.एस.बाट फोन आएको जानकारी दिइन् । साडुसंगको मेरो फोन छुट्यो । चाँडै घर आउनु पर्दैन भनी श्रीमति आफुसंग ठुस्स परिन् ।
एकछिन् पछि मसंगै जोडिएर बसिन् । फेसबुक खोलेर ल हेर्नु भनिन् । मैले नियालेर हेरँे । साली शितु हस्पिटलको बेडमा सुतीरहेकी छन् । ज्यान र निधारमा सेतो कपडाले ढाकेको छ । अनुहारमात्र खुल्ला छ । देब्रे नाडीमा मसिनो पाइप घुसारेको छ । बेड पछाडि कम्प्यूटर स्क्रिन छ । सन्तोष प्रधान (श्रीमान्) ले पेन्सेन्टको दाहिने हात समातीरहेका छन् । उनको पनि फेस मलिनो देखिएको छ । पेसेन्टको चेष्टमाथि मुटुको आकारको राता बेलुन राखिएको छ । बेलुनको बीचमा सेतो कर्भ (बाङ्गोटिङ्गो) जस्ता डोरा कोरिएका छन् । मुटु खोल्नको लागि छातीको करङ काटिएका डोबहरू देखाइएको हो । सालीको मुटुको भल्व फेरिएको छ । दही, केरा, चिसो पानी खानुपर्छ । बिस्तारै हिँड्नु पर्छ भन्ने डाक्टरले सुझाव दिनु भएको छ ।
साली शितुसंगको एउटा घटना अहिले याद आएको छ । चैत्र महिनाको मध्यतिर हुनुपर्छ सायद । एकाबिहानै हामी बुटवलबाट गाडी लिएर पोखरा लाग्यौँ । मुक्तिनाथ जानको लागि पहिले पोखरा पुग्नुपर्ने थियो । यहा“बाट आफू श्रीमती लुस्वा पिया, चन्द्रु भाउजु सहित तीनजनाको टोली बन्यो ।
स्वास्थ्यको कारणले गर्दा सबैले मलाई पोखरामा छोडेर मुक्तिनाथ हिँडे । मेरो चेष्टको प्रवलम भएकोले मुक्तिनाथ नगएकै राम्रो भने । हाई अलटिच्यूट लाग्न सक्छ भने । घरमा एक्लै बसेँ । दिन काट्न किताब पढ्नु पर्ने भयो । महेन्द्र पुल पुगँे । विभिन्न विधाका किताबहरू फुटपाटमा नै राखेका छन् । किताब सिद्धार्थ किनँे । हर्मन हेन्सेले लेखेका हुन् । १९४६ का नोबेल पुरस्कार बिजेता हुन् यिनी । जर्मनीमा जन्मेका । बाबाले यिनलाई धर्म गुरु बनाउने इच्छा राखेका रहेछन् । तर हर्मन यसमा सहमत भएनन् । पछि उनी स्विजरल्याण्डमा बिते । यो उपन्यास उनले भारत घुम्न आउने क्रममा सन् १९२२ मा रचना गरेका थिए । हिन्दु र बौद्ध दर्शनप्रति उनको गहन अध्ययन छ भन्ने कुरा यस कृतिमा देखिन्छ । उपन्यास पढ्दै गएपछि मेरो पनि दिमाग घुम्दै गयो । आत्मा, ईश्वर व्यक्ति सत्य सम्बन्धी केही अंशहरू दिमाग भित्र पसे । हर्मन भन्नुहुन्छ– नित्य स्नान गर्नु आफैमा महŒवपूर्ण कार्य हुनसक्छ र त्यसको महŒव केवल बाह्य शारीरिक स्वच्छतामा मात्र सीमित छ । भित्री आत्मीय स्वच्छतासँग त्यसको कुनै सरोकार छैन । त्यसबाट पापको परिणाम स्वरूप हृदयमा लागेका दागहरू मेटाउन सकिँदैन । नित्य सत्यसंग साक्षात्कार गर्नु, पूजा प्रार्थना गर्नु आफैमा अति महत्वपूर्ण कुराहरू हुन सक्छन् । तर के यति नै सत्य प्राप्तीका निमित्त पर्याप्त कुरा हुन् त ? के पुजा प्रार्थना गर्नु मात्रले वास्तविक शान्ति प्राप्त हुन्छ त ? अनि प्रजापति वा ईश्वर बस्तुतः ती ईश्वर वा प्रजापति नै हुन् त ? ईश्वर भन्नु नै वास्तवमा आत्मा नै पो हुन् कि जसले यो सम्पूर्ण ब्रहमाण्डको सृष्टि ग¥यो । हाम्रो यो अनित्य अनि क्षण भङगुर सृष्टि ईश्वरीय स्वरूपको प्रतिबिम्ब नै पो हुन कि ? यसर्थमा ईश्वरको नाममा गरिने पूजा वा प्रार्थना एक अर्थमा हामीले स्वयं आफैलाई पुज्नु पनि हुन आउ“छ । शायद यसर्थ नै पूजा गर्नुलाई पवित्र कार्य भनिएको होकि ? आदि इत्यादि ।
नेपाल र यू.एस.को बीचको मौसम डिस्क्रीमिनेशनले गर्दा साली नानीका बुढा सन्तोष प्रधान बिरामी भए । ज्वरोले समाते । मुक्तिनाथबाट फर्कंदै गर्दा बाटोमा उनलाई रोगले समातेको रहेछ । पोखरा आइसकेपछि केहि बिसेक भयो । फेवातालमा बोटिङ गर्ने थप कार्यक्रम बन्यो । दुई दिन पोखरा बसियो । योबीचमा त्यहा“ धेरै नया“ खानाको परिकारहरूको स्वाद लिन पायौं । त्यसमध्ये ह्याङ्जाको आलु मिसाएको कुरिलोको तरकारीसंग ससुरालीमा भात मिठो मानी खायौं । चाइनिज साग र फेवातालको भोटे माछाको सुप पनि तयार पारेका रह्ेछन् । पहिलोपल्ट अमेरिकाबाट दिदी आएकाले हो कि भाइ सुजन जोशीले खानामा धेरै आइटमहरू जोगाड गरेझैँ लाग्यो । हामीसंगै बुटवल फक्र्र्याैं । सालीनानी बुढालाई लिएर माइत हिँडिन् । सालीनानीको माइती पुरानो बुटवल गणेशस्थानमा हो । आएकै दिन आफ्नो बुढोलाई पुनः ज्वरोले समात्यो । पारी साह्रै गर्मी भएकाले उनीहरू वारी मकहा“ आए । ऐण्टिवाइटिक खानै प¥योे । ५ दिनको एण्टिबाइटिकले प्रधानजी तङ्ग्रीए । बीचबचीमा मैले चिकन ससेजसँगै नुडल सुप, मसरुम सुप र स्पागाटी सुप सर्भ गरेको थिए । खसीको मासुको साह्रै सौखिन रहेछन् साढु भाइ । बुटवल गोलपार्कबाट एक धार्नी खसीको मासु ल्याएँ । खाना सालीले पकाउनु पर्ने भयो । दिदी लु्स्मा बाहिर आफ्नो डियूटीमा हिँडिन् । पसलमा छोरा मोहितले पालो दियो । घरमा हामी तीनजना मात्र भयौं । साली लञ्चको तयारीमा जुटिन् । हामी दुईजना साढुहरू टि.भी. हेर्न थाल्यौँ । स्पेनी लीग लालीगाअन्तर्गतको रियल मड्रिड र वार्सीलोनाको गेम चल्दै थियो । दुई प्रतिद्वन्द्वी मेसी र रोनाल्डो पनि खेल्दै थिए । हामी दुईबीच पनि घटनाक्रमले गर्दा प्रतिद्वन्द्वीजस्तै भयौं । साढु मेस्सीको फेन आफू रोनाल्डोको फेन परियो । हामी दुवै फुटबलमा नै मस्त थियौं । दुवै टिमबाट एक–एक गोल भएको छ । स्कोर बराबरी छ । खाना पाक्न अलि ढिलै होलाजस्तो छ । यसैले सालीनानीले हामीलाई कफी पिउ“दै ढुक्क भएर खेल हेर्दै बस्नु भन्न थालिन् । कफी पिउ“दै थिएँ तेजपत्ता कता छ, लवाङ, सुकमेल, दालचिनी, सुपारी, टोमाटो पेष्ट मासुमा मिसाउनु पर्ने भयो । भण्डारमा हेरेको केहि सामान भेट्टिएको होइन । लौ त सामान देखाइदिनु प¥यो भन्न थाली । मलाई भान्साको बारे केहि थाहा छैन । दिदीलाई फोन गरी सोध्नु भनेँ । ती चिजहरू पनि सिद्धिएको रहेछ, सालीनानीलाई थाहा भयो । तै पनि खाना राम्रै थियो ।
गर्मी अलि बढि नै छ । यसैले खाना भन्दा पहिले बियर पिउन शुरु ग¥यौँ । दुईचार टुक्रा मासु पनि पस्कियौं । मासुको स्वाद, गमिलो थोर बहुत गुलियो, रसिलोे पो लाग्यो । अचम्मै टेष्ट पायौं । पहिलो चोटि खाए झँै भयो । सालीले मासुमा थोर बहुत दही पो मिसाएकी रहिछन् । बियरसंग यो मासुको कम्बीनेसन साह्रै जँचे जस्तो लाग्यो । थपी थपी खायौं । साँझ स्कूलबाट फर्केपछि श्रीमतीले पनि यहि मासु स“गै खाजा खाइन् । टेष्ट त अर्कै पो छ त भन्न थालिन् । मासु कसरी पकाएको भन्दै बहिनीसंग सोधपुछ गर्न थालिन् । साली र साडुस“ग विताएका ती क्षणहरू जिन्दगीमा कहिले पो बिर्सन सकँुला र ? à