© २०२३
काठमाडौं,२५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न बुधवार बिहानै बालकोट पुगेका हुन् ।
सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख विपक्षी दल नेपाली कांग्रेसबीच दुरी नजिक हुंदै गएको सन्दर्भमा राष्ट्रपति चुनावको विषयलाई लिएर एमालेमा आशंका उत्पन्न हुँदै गएको नेताहरूले बताउँदै आएका छन् ।
आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा बिदा हुन लाग्दा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।
संसद्को पहिलो दल कांग्रेसले समेत राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने संकेत र माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने धारणाले माओवादी र एमालेबीच आशंकाहरु उत्पन्न भइरहेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेबाट बनाउने सहमति भएको एमाले नेताहरू बताउँछन् । तर, कांग्रेसबाट राष्ट्रपति बनाउन प्रधानमन्त्री प्रचण्ड सहमत भएको हो कि भन्ने संशय एमालेमा देखिँदै आएको छ ।