© २०२३
बुटवल,२४ माघ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन्। अर्याल नेकपा माओवादीबाट उपाध्यक्षमा उम्मेदवार बनेर सोमबार निर्विरोध भएकी थिइन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।