© २०२३
रूपन्देहीको देवदह नगरपालिकाले नेपालमा नै पहिलो पटक तिहारमा नयाँ योजना सुरु गरेको छ । नगरपालिकाको नगरकार्यापालिकाबाट नै निर्णय गरेर मौलिक देउँसी, भैलोलाई प्रोत्साहन गर्ने गरी तिहारको समयमा रेडीमेट (मोवाईल, पेनड्राईभ) बाट कुनै पनि गीत बजाएर नाच्न नपाउने नियम बनाएको हो । नगरपालिका प्रमुख मेयर हिरा बहादुर खत्रीका अनुसार चर्को स्वरमा ठुला ठुला माईक बजाएर ध्वनी प्रदुषण समेत गर्न नपाईने र यदि यसो गरिएको खण्डमा ति सामानहरू नियन्त्रणमा लिएर कारबाही समेत अगाडी बढाउने निर्णय गरिएको हो ।
पछिल्लो समयमा तिहारको समयमा मौलिक तिहारका गीतहरू भन्दा पनि बढि पेन्ड्राईभ, मोवाईलबाट साउण्ड सिष्टममा जोडेर जोड जोडका साथ गीत बजाउने नाच्ने गरिएको पाइएपछि नगरपालिकाले उक्त कार्य नियन्त्रणको लागि यो योजना बनाएको हो । जसमा स्थानिय राजनीतिक दल, विभिन्न संघ संस्था तथा प्रहरी प्रशासनको समेत साथ रहेको छ । शुक्रबार नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरी सबै सरोकारवाला निकायले यस विषयमा प्रतिवद्धता समेत जनाएको नगर उप प्रमुख विद्यालक्ष्मी गुरुङ्गले जानकारी दिइन् ।
हिन्दी, अंग्रेजी, तथा नेपाली गित (आधुनिक, लोक, पप वा चलचित्र) कुनै पनि पेन्ड्राईभ, मोबाईलबाट बजाएर देउँसी भैलो खेलेको खण्डमा त्यसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाउने नगरपालिकाको निर्णयको सबैले स्वागत गरेका छन् । देवदह नगरपालिकाले मौलिक परम्परालाई कायम गर्दै देउँसीभैलो कार्यक्रम बिद्युतिय सामाग्रीबिना खेल्नुपर्ने, रेकर्डिङ्ग गरेको गित बजाउन नपाइने निर्णय गरेको थियो । अन्तक्र्रिया संस्कार र संस्कृति जोगाउन नगरपालिकाले गरेको निर्णयको प्रंशसा गर्दै राम्रो सन्देश घर तथा बिद्यालयस्तरमा पु¥याउन आवश्यक रहेको उपस्थित सहभागीहरूले बताएका थिए । उनीहरूले तिहार मात्र नभइ भड्किलो रूपमा तिज तथा होली पर्व पनि मनाउँदै आएकाले नगरपालिकाले यसको विषयमा कुरा उठाउनुपर्ने बताएका थिए । कार्यक्रममा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदह नगरपालिका अध्यात्मिक नगरपालिका भएको सन्दर्भमा मौलिक परम्परालाई झल्काउने संस्कृतिलाई जगेर्ना गर्न आवश्यक रहेको बताए । उनले नगरपालिकाले गरेको पहिलो प्रयासलाई सबैको साथ र समर्थनको खाँचो रहेको बताए ।
कार्यक्रममा प्रदेश नं.५ का प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपानेले कोलिय गणराज्यको राजधानी देवदहमा संस्कार र संस्कृति बिलिन हुँदै गएकोमा भविष्यका सन्ततिको चिन्ता भएको बताए । उनले संस्कृतिमा विकृती मौलाउँदा संस्कार कुसंस्कारमा परिणत भएको दाबी गरे । सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले राम्रो काम सहि समयमा गरे त्यसले सकारात्मक सन्देश दिने बताउँदै लागूऔषध नियन्त्रण गर्नका लागि बिक्रि बितरणमा न्यूनीकरण गर्नुपर्ने बताए ।
सोही अवसरमा इलाका प्रहरी कार्यालय बुटवलका डि.एस.पी डिलबहादुर मल्लले जनताको साथ पाएसम्म २४ सै घण्टा सेवामा तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । उनले सम्पुर्ण नगरबासीको साथ र सहयोग रहेमा संस्कृतिमैत्री नगरपालिका बनाउन कुनै बाधा नहुने बताए । कार्यक्रममा देवदह नगरपालिकाकी उप–प्रमुख बिद्यालक्ष्मी गुरुङ्ग, नेपाल कम्युनिष्ट पार्टीका ऋषिराम सापकोटा, नेपाली कांग्रेसका गुनाखर भुर्तेल, बासुदेव रिमाल, उद्योग व्यापार संघका माधव ढकाल, शिक्षक संघका झविन्द्र पाण्डे, सिभिल सोसाईटी देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेल, उद्योग बाणिज्य संघका प्रमोद खनाल, डम्बरबहादुर थापा लगायतले संस्कार र संस्कृति जोगाउन नगरपालिकाको साथमा सबै एकजुट हुनुपर्ने बताएका थिए । à