ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार
मुख्य खबर

मसँगै बदलियो सिकाउने शैली

२३ माघ २०७९, सोमबार
२३ माघ २०७९, सोमबार

म ज्योती राना । रुपन्देहीको सियारी गाउँपालिकाको त्रिवेणी आधारभूत विद्यालयको बालविकास शिक्षक । २०६६ सालदेखि शिक्षण पेशामा प्रवेश गरेकी म आफु बदलिदै छु अनि मेरो सिकाउने शैलीलाई पनि बदलिरहेको छु । आफु बदलिदा सिकाउने शैली पनि बदलिदो रहेछ । सिकाउने शैली बदलिदा बालवालिकाहरुको सिकाइ प्रभावकारी हुदो रहेछ । सिकाइ निरन्तर चल्ने प्रक्रिया रहेछ, म त्यो प्रक्रियामा अध्ययन, तालिम र अनुभव सुनेर देखेर घुलमिल हुने प्रयास गरिरहेको छु ।
पेशामा रहिरहँदा बालवालिकाले सिक्दा आत्मसन्तुष्टी मिल्ने गरेको छ । मैले बालविकास केन्द्रका बालवालिकालाई पठन पाठन गराउनेभन्दा पनि पठन पाठनका लागि तयारी गराउनेतर्फका सिकाइ गर्ने गरेको छु अभिनय, खेल र अभ्यास गर्ने विधिलाई म बढी प्राथमिकता दिन्छु, त्यसैले म सँग बालवालिका नजिक हुन्छन् । मैले गरेको काम देखेर सियारी गाउँपालिकाले पनि गत साक्षरता दिवसको अवसमार उत्कृष्ट बालविकास शिक्षकको रुपमा सम्मानित गर्यो । यसले मलाई झनै पेशाप्रति रमाउन र जिम्मेवार बन्नमा उत्साहित गरिरहेको छ ।

म शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम अन्तरगत कक्षा १ देखि ३ सम्म संञ्चालन गरीएको टोल शिक्षा कार्यक्रममा पनि सहजीकरण गरिरहेको छु । कोभिडको कारण बालवालिकाको शिक्षामा परेको क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम चलिरहेको छ । बालवालिकाको शिक्षाको स्तरलाई माथि उठाउन महिनामा २० घण्टा अथवा प्रत्येक दिनको १ घण्टाको समय छुट्याएर उनीहरुलाई पृष्ठ पोषण कक्षामा सहभागी गराउने गरिएको छ । उक्त कक्षामा खेल तथा मनोरञ्जनका माध्यमलाई प्राथमिकता दिने गरिएको छ ।
टोल शिक्षा कार्यक्रम सञ्चालन गर्नु अगाडी मैले दुई दिनको तालिम लिएको थिए । तालिमपछि कक्षा संचालन गर्दा शुरुमा केही कठिनाइहरु पनि आइपरे । तर पछि यसको महत्व र शिक्षण सिकाई गर्ने तरिकामा फरकपन भएकोले अभिभावकहरु खुशी हुनुका साथै बालवालिकाहरुले पनि उत्साहित भएर सहभागी भइरहेका छन् । कार्यक्रमका लागि कालिका स्वलम्बन सामाजिक केन्द्र तथा यूएसआइडि यूनिसेफले सहयोग गरिरहेको छ ।
उक्त संस्थाले ट्याब र स्पीकर, कक्षा १ देखि ३ सम्मका बालवालिकाहरुलाई शैक्षिक समाग्रीहरु तथा खेलकुदका सामग्री पनि प्रदान गरेको छ । यसले बालवालिकाहरुलाई सिक्नका लागि थप उर्जा तथा उत्साह प्रदान गरेको छ । संस्थाले प्रदान गरेका सामग्रीहरुमा अभिभावकहरुले पनि आफ्ना बालवालिकाहरुलाई घरमै केही समय दिएर सिकाईलाई सहज र सिकाइका वातावरण तयार गर्नका लागि भूमिका खेलिरहन प्रोत्साहन गरिरहेको छु । यसले बालवालिकाहरुमा परेको शैक्षिक क्षतिलाई न्यूनिकरण गर्नका सकारात्मक भूमिका खेलेको छ । जसको फलस्वरुप बालवालिकाहरुमा सिकाइमा परिवर्तन आइरहेको छ ।
बालविकास केन्द्रमा काम गरिरहदा सरकार र संस्थाहरुबाट हुने तालिम र प्रदान हुने सामग्रीबाट सिकाउनका लागि सहयोगी भइरहेको छ । विद्यालयमा संचालनमा रहेको बालविकास केन्द्र संचालनमा संस्थाबाट तालिमका साथै शैक्षिक सामग्री उपलब्ध हुने गरेको छ । कालिका र यूनिसेफबाट प्राप्त सामग्रीमा बालवालिकाहरुलाई कक्षा कोठामा निर्माण गरिने ६ वटै सिकाइ क्षेत्रहरुमा आवश्यक पर्ने सामग्रीहरु रहेका छन् । यसले शिक्षण सिकाइ क्रियाकलाप गर्न र सिकाउनमा थप सहयोग पुगिरहेको छ ।
संस्थाको अगुवाई र सहयोग, शैक्षिक तालिम केन्द्र, भैरहवा एंवम् शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देही, सियारी गाउँपालिकाका साथै शुद्धोधन गाउँपालिकाका प्रारम्भिक बालविकास केन्द्रका १०÷१० सहजकर्ताहरुलाई क्रमशः १० र ५ दिने आमने सामने शिक्षक पेशागत तालिम भएको थिए । म उक्त तालिममा भाग लिने अवसर पाएको थिए । तालिमले मलाई बदलिनमा थप सहयोग पुर्यायो ।
तालिमको बसाइमा प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइ तथा मुल्याङ्कन प्रक्रिया, प्रारम्भिक बालविकास केन्दमा तोकिएको पाठ्यक्रम अनुसार क्रियाकलापहरु गराउन सक्षम हुनुका साथै प्रारम्भिक बालविकास पाठ्यक्रममा आधारित शिक्षण सिकाइ क्रियाकलाप गर्दा बालबालिकाको सिकाइ उपलब्धिमा वृद्घि हुन्छ भन्ने बिषयमा सिकाइ भयो ।

तालिममा प्रारम्भिक बालविकासको विभिन्न पक्षको सिकाइ भयो । यसले मलाई झनै बदलिदियो । बालवालिकासँग अझ नजिक हुन, बुझ्न, सिक्न र सिकाउन सहयोगी बन्यो । तालिममा मुख्यगरी प्रारम्भिक बालविकास भन्नाले मानव जीवनको गर्भावस्थादेखि आठ वर्षसम्मको उमेरको कुरा, बालविकास केन्द्रमा आउने बालवालिकाहरुको रुचि अनुसार कसरी शिक्षण सिकाइ गर्ने कलाको चर्चा र अभ्यास भयो । बालबालिकाका नविनतम सिकाइका क्षेत्र पहिचान गर्ने पक्षमा बालबालिकाहरुलाई गित, कथा, कविता, खेल, शैक्षिक सामग्रीद्घारा शिक्षणको अनुभव आदानप्रदान र अभ्यास भयो । प्रारम्भिक बालविकास केन्दका बालबालिकाहरुलाई पूर्व प्राथमिक कक्षाका लागी आवश्यक पर्ने पक्ष, कक्षाकोठा व्यवस्थापन, सरसफाई, शैक्षिक सामग्री बनाउने र प्रयोग गर्ने तरिका विषयमा तालिम केन्द्रित गरिएको थियो । बालवालिकाहरुको स्वाथ्य तथा सर्वाङ्गीण विकास कसरी हुन्छ ? बालबालिकाहरुलाई बालमैत्री कक्षाकोठा, खेलमैदान र शौचालय कस्तो हुन्छ ? भन्ने कुराको समेत तालिमको क्रममा चर्चा गरिएको थियो । जुन हामी बालविकास केन्द्रका शिक्षकले सिक्न र दैनिक रुपमा अभ्यास गर्ने पक्षहरु हुन् । (बालविकास शिक्षक ज्योती रानासँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?