ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

तिनाउ विकासको बाषिक उत्सवमा विविध कार्यक्रम

१६ कार्तिक २०७५, शुक्रबार
१६ कार्तिक २०७५, शुक्रबार

बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ विकास बैंक लिमिटेडले १३ औं बार्षिकोत्सवमा विभिन्न कार्यक्रम गरेको छ । रुपन्देही, नवलपरासी र चितवन तीन कार्यक्षेत्र रहेको बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, छात्रबृति वितरण, आश्रमममा सहयोग तथा विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गरेर बार्षिकोत्सव मनाएको हो ।
प्रधान कार्यालय बुटवलले बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । नेपाल स्वयसेवि रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा बैंकले बुटवल ब्लड बैंकमा रक्तदान सम्पन्न गरेको छ । बैंकका कर्मचारी, सञ्चालक, स्वयसेवि रक्तदाताका सदस्य तथा अन्य शुभेच्छुक गरि ५० जनाले रक्तदान गरेका छन ।
रगतको अभाव हुन नदिनका लागि मानवीय सेवा गर्ने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदीप कुमार श्रेष्ठले बताए । उनले १३ औं बार्षिक उत्सवमा तीन वटै जिल्लाका शाखाहरुले समेत विभिन्न कार्यक्रम गरेको जानकारी दिए ।
सोही अवसरमा नेपाल स्वयसेवि रक्तदाता समाज रुपन्देहीको अक्षयकोष सहयोगार्थ नगद २० हजार बैंकले प्रदान गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद ओझाले स्वयसेवि समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई २० हजारको चेक हस्तान्तरण गरेका हुन । रक्तदान कार्यक्रममा सञ्चालक समिति सदस्य जीवन ओझा, रामेश्वर प्रसाद कसजु तथा अनिल प्रसाद श्रेष्ठले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
बार्षिकोत्सवकै अवसरमा बुटवल संगमपथ शाखाले बुटवल १३ देविनगर स्थित अपाङ्ग आश्रममा कम्बल वितरण गरेको छ । बुटवल बेल्बास शाखाले बेल्बास टोल विकास समितिलाई सय थान फोहोर फाल्ने डस्विन प्रदान गरेको छ । यसैगरि रुपन्देहीको छपिया शाखाले छपिया लिलाधर उच्च माविलाई २१ हजार सहयोग गरेको छ । जोगिकुटी शाखाले मणिग्राममा रहेको आत्मशान्ति अनाथ आश्रममा खाद्य सामाग्री प्रदान गरिएको छ । यस्तै विहिबार नै नवलपरासि बर्दघाट झिमिरेभार शाखाले रक्तदान गरेको छ । उक्त शाखाले गरेको रक्तदानमा ४० यूनिट रगत संकलन भएको छ । यसैगरि चितवन नारायणगढ शाखाले देवघाटमा खाना खुवाएको बैंकका सर्पोट डिभिजन प्रमुख कमल कंडेलले जानकारी दिए । बैंकले १३ औं बार्षिकउत्सव पछि पाल्पा जिल्लामा कार्यक्षेत्र विस्तारको योजना बनाएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । बैंकले १२ प्रतिशत बोनस सेयर वितरण गरेको छ । सेयर वितरणपछि ५० करोड ६९ लाख चुक्ता पूँजी रहेको बैंकको ५६ करोड ७२ लाख पुगेको छ । बैंकको निक्षेप संकलन ५ अरब ७ करोड, कर्जा लगानी ४ अरब १८ करोड रहेको छ । बैंकले १५ वटा शाखा, ८ वटा एटिएम र मोबाईल बैंकिङ्ग सेवा दिदै आएको छ ।
फोटो पनि छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission