ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

कपिलवस्तुमा गौतमबुद्ध डिभिजन वन कार्यालय

१६ कार्तिक २०७५, शुक्रबार
१६ कार्तिक २०७५, शुक्रबार

प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले वनलाई कृषि क्षेत्रसँग जोडेर आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुको उद्घाटन गर्दै मन्त्री गिरीले वन जन्य जडीबुटीहरूको उत्पादनलाई प्राथमिकता दिएर वनलाई सम्बद्र्धन र संरक्षणमा ध्यान दिनुपर्ने बताएका हुन् । नेपाल सरकारको निर्णय बमोजिम प्रदेश मन्त्रालयको मातहतमा रहने गरी कपिलवस्तु जिल्लामा दुईवटा डिभिजन कार्यालय रहने व्यवस्था अनुरूप शिवराज नगरपालिका ५, चन्द्रौटास्थित सेक्टर वन कार्यालयको स्तरोन्नति गर्दै गौतम बुद्ध डिभिजन कार्यालय बिहीबारबाट आधिकारिक रूपमा संचालनमा आएको हो ।
कार्यलयको समुद्घाटन गर्दै मन्त्री गिरीले वन कार्यालयको वन काट्ने र बेच्ने मात्र काम नभई अब वनमै जडीवुटीहरू उत्पादन गरी समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्नु रहेको उद्घोष गरे । संघीय सरकारले वनलाई प्रदेशको मातहतमा हुने गरी जिम्मा दिएको जनाउँदै बैज्ञानिक वन व्यवस्थापन गर्दा पुराना तथा समयावधि सकिएका रुखहरूलाई विस्थापित गरी नयाँ विरुवाहरू रोपेर हराभरा बनाउन प्रदेशकै १२ वटा जिल्लामा काम भइरहेको बताए । सिमसार क्षेत्र भनेर चिनिने कपिलवस्तुमा ताल तलैया तथा खोलानालाहरू धेरै भएका हँुदा नदी कटान र वाढी पहिरोका कारण वर्षेनी वन मासिएको बताए ।
मन्त्री गिरीले जिल्लाको चन्द्रौटामा रहेको सो डिभिजन कार्यालयबाट आम नागरिकले सहज ढङ्गबाट सेवा लिनसक्ने विश्वास व्यक्त गरे । वन कार्यालय र आम जनता मिलेर काम गरेमा मात्र वन संरक्षण र सरकारको योजना पूरा हुने उनले जोड दिए । चन्द्रौटामा डिभिजन वन कार्यालयको लागि भौतिक पुर्वाधार कम रहेको बताउँदै भौतिक संरचना निर्माणका लागि प्रदेश तहबाट सहयोग गर्ने आश्वासन समेत मन्त्री गिरीले दिए ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद दीर्घनारायण पाण्डेले सर्वसुलभ सेवा दिने उद्देश्यले एउटा जिल्लामा दुई वटा डिभिजन कार्यालय स्थापना गरेको बताए । वनमा काठ तस्करहरू सलबलाइरहेको भन्दै काठ तस्करी र वन अतिक्रमणलाई कम गर्न जनचेतना र कानुन निर्माण गर्न आवश्यक रहेको समेत प्रदेश सांसद पाण्डेयले उल्लेख गरे । सांसद पाण्डेले वैज्ञानिक वन व्यवस्थापनले वनमा हरियाली र संरक्षण देखिएकोले यसमा सबैले सहयोग गर्न आवश्यक रहेको बताए । शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले वनको विषयमा विभिन्न कानुनहरू बाझिएकाले ती कानुनलाई पूर्णता दिएर सबै मिलेर वन संरक्षण गर्नुपर्नेमा जोड दिइन् ।
काठ तस्करी र वन अतिक्रमण यस क्षेत्रको मुख्य चुनौती भएकाले यसलाई रोकथाम गर्न सकेमा मात्र वन व्यवस्थापन हुने थारुले दाबी गरिन् । अब जिल्ला वन कार्यालयबाट हुने सम्पूर्ण कामहरू डिभिजन वन कार्यालय कपिलवस्तु (गौतम बुद्ध) चन्द्रौटाबाटै हुने कार्यालय प्रमुख दुर्गा कार्कीले बताएका छन् ।
à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission