ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

नीति विपरित मिल्क होलिडे

१६ कार्तिक २०७५, शुक्रबार
१६ कार्तिक २०७५, शुक्रबार

संघीय, प्रदेश र स्थानीय ३ तहका सरकारले दुग्ध उत्पादन बढाउन पशुपालनलाई प्राथमिकता दिई बजेट छुट्याई किसानलाई अनुदान समेत दिइरहेको अवस्थामा सरकारी स्वामित्वको दुग्ध बिकास संस्थानले मिल्क होलिडे सुरु गरेको छ । दूधको माग भन्दा उत्पादन बढी भएको भन्दै संस्थानले केही दिनदेखि कतिपय स्थानमा घोषित र कतिपय स्थानमा अघोषित रूपमा नै मिल्क होली डे गरेको छ ।
संस्थानको बुटवल स्थित कार्यालयले मंगलबार, बुधवार र बिहीबार ३ दिनसम्म दूध संकलन गर्ने सहकारी तथा दुग्ध संकलन केन्द्रहरूलाई पत्र नै पठाएर किसानले उत्पादन गरेको दुध खरिदै गरेन । ३ दिनसम्म दूध बिक्री नभएपछि किसानले आफन्तलाई बाँडने र फ्याँक्ने सम्म गरेका छन् ।
तिलोत्तमा नगरपालिकाको वडा नम्वर १४ स्थित सामूहिक बहुउद्देश्यीय पशुपालक कृषक समूहका सञ्चालक ज्ञान प्रसाद भुर्तेलले ३ दिनसम्म संस्थानले दूध खरिद नगर्दा स्थानीय बजारमा केही बिक्री गरेको र धेरै इष्टमित्रलाई बाँडेर सकेको बताए ।
थोरै उत्पादन गर्ने भए समस्या कम हुन्थ्यो होला दैनिक ३ सय लिटर हुन्छ के गर्ने अब यस्तै भए तिनै गाई भैंसीलाई खुवाउने र पोख्ने बाहेक के गर्ने भुर्तेलले गुनासो गरे । सरकारले पशुपालनलाई प्राथमिकता दिईरहँदा संस्थानका भ्रष्ट कर्मचारीले निजी कम्पनीसँगको मिलेमतोमा किसानलाई मारेर अकुत सम्पत्ति कमाउन थालेको भन्दै उनले आक्रोस पोखे ।
टिकुलीगढ दुग्ध उत्पादक बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष समेत रहेका भुर्तेलले सरकारले यसलाई गम्भिर रूपमा लिएर किसानले उत्पादन गरेको दूध खरिद गर्ने वातावरण बनाउनु पर्ने बताए ।
तिलोत्तमा ५ स्थित पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष माधव पाठकले सरकारी स्वामित्वको संस्थान र निजी क्षेत्रको सुजल डेरी उद्योगले दूध नलिँदा किसान निकै मर्कामा परेको बताए । दूध बाहिर बिक्री हुन छाडेपछि सहकारी किसानबाट न्यून दूध मात्रै खरिद गरेको उनले बताए । आफै पशुपालक किसान रहेका पाठकले एक दुई वटा किसानलाई भएपनि फाइदा होला भनेर आफूले ३ दिनसम्म दूध घरै राखेको बताए ।
दूधको यस्तो समस्या यस क्षेत्रमा मात्र नभई देशैभर भएको संस्थानका कर्मचारीहरूले बताएका छन् । दूधको मुख्य खपत हुने काठमाडांैमा समेत अहिले दूध धेरै मौज्दात रहेको छ । बुटवलबाट ५ दिनअघि दूध लिएर गएका ४ वटा ट्यांकर अहिले काठमाडौंको बालाजुमा पालो कुरेर बसेका छन् । संस्थानको बुटवल स्थित कार्यालय लुम्बिनी दुग्ध बितरण आयोजनाका प्रमुख नरेश कुमार जोशीले ३ दिनपूर्ण रूपमा दूध संकलन बन्द गरेपछि पनि शुक्रबारदेखि पहिला जस्तो धेरै दूध खरिद गर्न नसक्ने बताए । रूपन्देही, नवलपरासी, नवलपुर, कपिलवस्तु र स्याङ्जाबाट दैनिक २५ हजार लिटरसम्म दूध बिगतमा खरिद गर्ने गरेपनि अब दैनिक १५ हजार लिटर भन्दा बढी खरिद गर्न नसक्ने बताए । काठमाडौंमा नै दूध धेरै भयो बुटवल भैरहवामा किसान आफैले समेत बिक्रि गर्न थाले हामीसँग धेरै मौज्दात राख्ने क्षमता छैन जोशीले भने । आयोजनाले बुटवलमा दूध संकलनसँगै दुग्ध परिकार पनि बनाउने गर्दछ । दधि,ध्यू,पनिर, फ्रेस मिल्क, रसवरी, आइसक्रिम बनाएपनि त्यो प्रशोधनका लागि पर्याप्त उपकरण र जनशक्ति नभएको तत्काल बजारको पनि समस्या भएको उनले बताए । यस्तै समस्या रहे अर्को सातापनि ३ दिन मिल्क होली डे गर्ने जोशीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission