ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

पैसाको लोभमा हत्या

१६ कार्तिक २०७५, शुक्रबार
१६ कार्तिक २०७५, शुक्रबार

सल्यान सिमखर्कको आफ्नै घरको कोठामा मृत फेला परेकी केवली नेपालीलाई सोही ठाउँ निवासी राजु भनेर चिनिने बिर बहादुर बस्नेतले हत्या गरेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले विहिबार पत्रकार सम्मलेन गरी हत्याको रहस्य सार्वजनिक गरेको हो । घटना गत असोज २५ गतेको हो । उक्त दिन बिहान करिब दुई बजेतिर शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्क बस्ने ५० वर्षिय केवली नेपाली आफ्नै घरको कोठामा सुतीरहेकी थिइन् । उनी घरमा एक्लै बस्थीन् । उनी भर्खरै भारतबाट आएकाले सोहि ठाउँ बस्ने १९ वर्षिय बिर बहादुर बस्नेतलाई केवलीसँग भारतमा कमाएको पैसा छ भन्ने लाग्यो । र मनमनै बिर बहादुरले केवलीको पैसा चोर्ने योजना बन्यो । यहि पैसा चोर्ने विषयबाट शुरु भएको घटना यौन सम्बन्ध देखि हत्यासम्म पुग्यो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाही भन्छन्, ‘हामीलाई असोज २५ गते बिहान ८ बजेतिर घटनाको सूचना आयो र त्यसपछि हामीले अनुसन्धान अगाडि बढाएका थियौँ ।’ प्रहरी समक्ष हत्या आरोपी बिर बहादुरले डोरिले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।
‘उनको छोराले मलाइ कुट्छ भनेर हत्या गरेँ’
पैसा चोर्न केवलीको घरमा पुगेका बिर बहादुरले एक हातले चक्कु र अर्काे हातले केवलीको घाँटी समातेर पैसा देउ भनी धम्काएका थिए । केवलीले म संग पैसा छैन छिमेकी राम बहादुर ओलीको घरमा राख्न दिएकी छु भनिन् । बिर बहादुरले प्रहरी संगको बयानमा अगाडी भने, ‘त्यसपछि उनले मेरो हातको चक्कु खोसेर आफ्नो विस्तारामुनि राखिन् । यस्तो किन गर्छस् भोलि दिउला तलाइ पैसा भनेर सम्झाइन् ।’ केवलीले बिर बहादुरलाइ आज यतै सुत समेत भनिन् । ज्यान जोगाउनका लागि उनले अनेक उपाय खोजिन् । घाट मुनी रहेको रक्सी समेत पैसा चोर्न आएको बिर बहादुरलाइ खुवाइन् । र आफूले पनि सँगै खाइन् ।
ज्यान लिन आँटेको बिर बहादुरसँग केवलीले दुई पटक यौन सम्पर्क समेत गर्नुपर्याे । ‘त्यसपछि खाट मुनिबाट निकालेको आधा बोतल रक्सी खाएर हामी संगै सुत्यौँ,’ बिर बहादुरले भने । सुतेको बेला राती कोठामा रहेको खोपाबाट ढुंगा खसेर भुइमा रहेको टिनमा लागेको र उक्त ढुंगा केवलीले ब्लायंकेट मुनी राखेर विस्तारामा पल्टेको प्रहरीसंगको बयानमा हत्या आरोपी बिर बहादुरले बताएका छन् ।
केवलीको छोरा कमाइका लागी भारतमा रहेकाले यो कुरा छोरालाइ केवलीले भनेमा उसले आफुलाइ कुटपीट गर्छ भन्ने सोँची हत्या गरेको उनले बयान दिएका छन् । बिर बहादुरले बयानमा भनेका छन्, ‘केवली नेपालीलाई भित्तामा झुण्ड्याएको कालो डोरीको टुक्रा काटी सोही डोरीले घाँटीमा केही बेर अड्याई राखे पछी उनी भुईमा उत्तानो परिन । घ्याक घ्याक गर्दै थिईन । मैले चक्कुले एकपटक घाँटी रेटी मारेको हुं ।’ घटना पश्चात डीएसपी शाहीको कमाण्डमा प्रहरी टोलिले घटनास्थलमा खटेर शुक्ष्म रूपले अनुसन्धान अघी बढाएको थियो । कुकुर सहितको अनुसन्धान टोलिको सहयोगमा राजु भनेर चिनिने बिर बहादुरले हत्या गरेको खुल्न आएको शाहीले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?