ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

महिनामै एक करोड राजस्व

१५ कार्तिक २०७५, बिहीबार
१५ कार्तिक २०७५, बिहीबार

जिल्लाको महेशपुर भन्सारको स्तरोन्नति गरि मुल भन्सार बनाइए पछि एक महिनामै झण्डै एक करोड राजस्व संकलन भएको छ । महिनाको ५ देखि १० लाख मात्र राजस्व संकलन गर्ने भन्सारको स्तरोन्नतिसँगै राजस्व संकलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको हो ।
भन्सारको स्तरोन्नति गर्दै अर्थमन्त्रीले सो भन्सारको उद्घाटन समेत गरिसकेको र अहिले भन्सार प्रमुख सहितको १७ जना कर्मचारी टोली कार्यालयमा खटि सकेको हुँदा भन्सार संकलनमा वृद्धि भएको छ । असोज महिनामा मात्रै ९९ लाख ४३ हजार ७ सय ६४ रुपियाँ भन्सार राजस्व संकलन भएको छ ।
जबकी असोज महिनासम्मको कुल भन्सार राजस्व १ करोड ९४ लाख १८ हजार ५ सय १० रुपियाँ रहेको छ । अझै पनि दैनिक रूपमा भन्सार गराउन आउने ब्यपारीको संख्या दिन प्रति दिन थपिदै जाँदा भन्सार राजस्व असुलीमा उलेख्य वृद्धि हुने अनुमान भन्सार कर्मचारीले गरेका छन् ।
दुई दशकदेखि महेशपुर भन्सारलाई स्तरोन्नति गरि मुल भन्सार नाकाको माग स्थानीय उद्योगी ब्यवसायीले गर्दै आएका थिए । यो बर्ष देखि भन्सारको स्तरोन्नति भए पछि राजस्व संकलनमा वृद्धिसँगै ब्यापारीलाई भारत र तेश्रो देशबाट पनि मालसमान पैठारी गर्न सजिलो भएको उबासंघका पूर्व अध्यक्ष समेत रहेका प्रदेश सांसद बैजनाथ जैसवालले बताए । उनका अनुसार पुरानै संरचनामा अहिले भन्सारमा कारोबार भइरहेको छ,तर यसले ब्यापारीलाई राहत र राज्यलाई राजस्वमा योगदान पु¥याएको छ ।
अब भन्सारका लागि आवश्यक सबै पूर्वाधारको निर्माण आवश्यक रहेको सांसद जैसवालले जनाए । महेशपुर बजार साँगुरो भएकोले भारी सवारी साधनलाई आउजाउमा समस्या देखिएको छ । त्यसैगरि भक्सिपुर स्थित झरही खोलाको पुल होचो हुनुका साथै कम क्षमता भएको पुल भएर भारी सवारी साधन सिधै जान सक्ने अवस्था नरहेकोले सरकारले अब पुल र भन्सारका लागि आवश्यक पूर्वाधारतर्फ ध्यान दिइनुपर्ने छ । महेशपुर बजार भित्रको सडक फराकिलो पार्नु पर्ने वा बजार बाहिरबाट बाईपासको ब्यवस्थापन समेत आवश्यक रहेको साँसद जैसवालले जनाए । भारतीय बजार ठूठीबारीको सडक समेत अब साँघुरो हुन थालेको छ । साना मालबाहक गाडी बाहेक ठूला मालबाहक गाडी बजारमा छिर्ने अवस्था नभएकोले ठूला ब्यापारी अझै महेशपुर नाका भएर मालबस्तुको पैठारी गर्न पाएका छैनन् । भन्सारका लागि आवश्यक पूर्वाधारका लागि नेपाल सरकारसँग माग गरिएको सांसद जैसवालले जनाए ।
भारतको कलकत्ता बन्दरगाह देखि नेपालको सबै भन्दा सानो दुरीको भन्सार महेशपुर भन्सार हो, यो कुराको उठान गर्दै उबासंघ र राजनीतिक दलबाट समेत बर्षाै देखि मुल भन्सार बनाउनका लागि गरिदै आएको माग अहिले पुरा भयो,सांसद जैसवालले भने, अब पुर्वाधारको आवश्यकता छ, त्यसको पनि सरकारले चाँडै निकास निकाले पछि महेशपुर भन्सारबाट ठूलो मात्रामा निकासी पैठारी हुनेछ । यसका लागि सरकारले तदारुकता देखाउन प¥यो,जति चाडो पूर्वाधार थपियो,त्यती नै चाँडै राजस्व वृद्धि गर्नमा सहयोग हुनेछ । नेपालको मध्यभागमा पर्ने जिल्ला भएको हुँदा यसको भविष्य राम्रो देखिएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission