© २०२३
:वास्थ्यमा अचानक समस्या देखिएपछि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री एव नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।
अस्पतालको शैयाबाटै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको जानकारी दिँदै मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएको र स्वास्थ्यमा सुधार आएको बताएका छन ।
उनको उपचारमा संलग्न चिकित्सक डाक्टर अरुण सायमीले पनि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताउँदै भेट्न आउने शुभेच्छुकसँग राम्रोसँग कुराकानी गरेको जानकारी दिए। प््राधानमन्त्रीलाई भेटन अस्पताल पुगेका सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनागरेका छन । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताए ।
यसैबीच मगंलबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई पनि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन । प्रधानमन्त्री ओलीले सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभाईलाई सम्बोधन गर्दै अस्पतालको शैयाबाट लेख्नुभएको उहाँको स्वास्थ्य अवस्थाबारेको सन्देश यस्तो छ ।