© २०२३
गुल्मीको दुर्गम क्षेत्रमा पर्ने मदाने गाउँपालिकाको केन्द्र पुर्कोटदहमा कृषि विकास बैंक स्थापना भएको छ । बैंकको सोमवार उद्घाटन गरिएको छ । गत फागुनदेखि कारोवार शुरु गरेपनि औपचारिक उद्घाटन आठ महिनापछि गरिएको हो । बैंकिङ सुविधा लिन सदरमुकाम तम्घास सहित छिमेकी जिल्ला प्यूठान र अर्घाखाँची पुग्नुपर्ने यस क्षेत्रका नागरीकलाई सहजता मिलेको छ । सरकारी स्वामित्वको बैंक गाउँघरमै खुलेपछि स्थानीय हर्षित भएका छन् ।
बैंकको गुल्मीकी प्रतिनिधीसभा सदस्य रामकुमारी झाक्रीले उद्घाटन गरिन् । आफू जन्मे हुर्केको गाउँमा बैंक स्थापना गर्न धेरै पहल गरेको बताउँदै भाक्रीले बैंकलाई आफ्नो जीवनस्तर बदल्नेगरी उपयोग गर्न स्थानीयलाई आग्रह गरिन् । उनले व्यवासयिक रुपमा लागेका किसानहरुलाई बैंक एवं वित्तिय संस्थाले धेरै मद्दत गर्ने समेत उल्लेख गरिन् ।
बैँकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले मुलुकमै सवैभन्दा बढी शेयरधनी, निक्षेपकर्ता, कर्जाप्रवाह र धेरै ग्रामीण क्षेत्रमा शाखा विस्तार गरिएको दावी गरे । बैंकले प्रवाह गरेको कुल कर्जाको करिब ३४ प्रतिशत लगानी कृषि क्षेत्रमा रहेको उनले जनाए । गाउँपालिकाको सवै आर्थिक कारोवार कृषि विकास बैंकबाटै शुरु गर्ने मदाने गाउँपालिका अध्यक्ष दान बहादुर केसीले बताएका छन् । उनले अवदेखि सदरमुकाम तम्घासमै पुगेर सरकारी क्षेत्रको आर्थिक कारोवार लिनुपर्ने बाध्यता समाधान भएको उल्लेख गरे । स्थानीयको साथ र सहकार्यसहित दुर्गम क्षेत्रका नागरीकहरुको आयस्तर परिवर्तन गर्नेगरी बैंकले लगानीलाई विस्तार गर्न जनताप्रति उत्तरदायी हुने शाखा प्रवन्धक बीर बहादुर जिसीले विश्वास दिलाएका छन् । सोही कार्यक्रममा मदाने–६ पुर्कोटदह (न्वारा) का समाजसेवी ८५ वर्षीय चक्र बहादुर कुवँरलाई सम्मान गरिएको थियो ।
एक वटा बसलाई एक करोड ७४ लाख र कारको मूल्य एउटालाई ३० लाख पर्छ । बस, कार र स्टेशन गरेर एडिबीले करिब २७ करोड रकम सहयोग उपलब्ध गराएको हो । अहिले लुम्बिनीमै करिब १२ करोडको लागतमा चार्जिङ स्टेशन समेत निर्माण हुँदैछ । जापानस्थित इशाका कम्पनीले चालु वर्षको अन्तिमसम्म काम सम्पन्न गर्ने गरी ३ महिना अगाडि उक्त चार्जिङ स्टेशन निर्माण कामको ठेक्का पाएको थियो । लुम्बिनीमा अहिले पुरानो बस र जीप संचालनमा छन् ।