© २०२३
बुटवल, माघ । ६१ औ राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा मेडिटेक ईन्टरनेशनल हस्पिटल एण्ड रिचर्स सेन्टर प्रा.(लि)को आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । सामाजिक उत्तरदायित्व अभियान अन्तरगत प्रत्येक बर्षमा २ पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको हस्पिटलले राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हस्पिटलका अध्यक्ष जे.पी. कण्डेलले जानकारी दिए ।
ओ.पी.डी. टिकट निःशुल्क गरेको अस्पतालले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत विभिन्न स्थानमा निःशुल्क स्वाथ्य शिविर समेत आयोजना गर्दै आएको अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले जानकारी दिए । रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै अस्पतालले अध्यक्ष कण्डेलले रगतको अभाव कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने अभियानका साथ यो कार्यक्रमलाई निरन्तरता दिदै आएको बताएका थिए । अस्पतालका नर्सीङ्ग विभाग ईन्चार्ज टिका खरेलले जेष्ठ नागरिकहरुको स्वाथ्य हाम्रो जिम्मेबारी भन्ने नाराका साथ यो कार्यक्रम आयोजना गरिएको जानकारी दिईन ।
उनले अस्पतालले जेष्ठनागरिकहरुको लागि निःशुल्क ओपीडीको समेत व्यवस्था गरिएको बताईन । नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदान कार्यक्रम आईतबार विहान देखि जारी छ ।