ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

अस्पताल एकातिर पालिका अर्काेतिर

१३ कार्तिक २०७५, मंगलवार
१३ कार्तिक २०७५, मंगलवार

जिल्लाको पृथ्वी चन्द्र अस्पताल र रामग्राम नगरपालिका बीचको मतभिन्नताका कारण अस्पतालको स्तरोन्नतिमा समस्या देखिएको छ ।
यसका कारण बर्सेनी अस्पतालमा रकम हुँदाहुँदै पनि काम हुन सकेको छैन । अस्पताल र नगरपालिकाको आपसी तालमेल नमिल्दा गत बर्ष १८ लाख रकम फ्रिज भएको थियो भने यो अवस्था अहिले पनि उस्तै छ ।
अस्पतालले निर्णय गर्ने तर निकासा नगरपालिकाबाट हुने प्रक्रियाका कारण समस्या भएको अस्पताल र नगरपालिकाका कर्मचारीहरूले बताउने गरेका छन् । स्वास्थ्य मन्त्रालयले पृथ्वी चन्द्र अस्पताललाई ५० सैयाको अस्पताल कायम गरेको छ । तर सोको विवरण अर्थ मन्त्रालयमा नपठाई दिँदा अस्पतालको बजेट नगरपालिकामा खर्च गर्ने अख्तियारी पुगेको छ ।

जबकी ५० सैयाको अस्पतालमा आफै स्वायत्त भएको हँुदा अस्पतालको बजेट प्रत्यक्ष अस्पतालमै जानु पर्ने हो,तर स्वास्थ्य मन्त्रालयले निर्णय गरेको दुई बर्ष हँुदा पनि अर्थ मन्त्रालयमा सोको जानकारी नपठाउँदा दुई बर्ष देखि अस्पतालको सबै बजेट खर्च गर्ने अख्तियारी नगरपालिकालाई अर्थ मन्त्रालयले पठाएको छ । केन्द्रिय स्तरबाट त्यो समस्या छ, भन्ने स्थानिय स्तरमा समेत अस्पताल विकास समिति र नगरपालिकाका पदाधिकारी कर्मचारीको आपसी तालमेल देखिँदैन । जसको प्रत्यक्ष असर विरामी, स्वास्थ्यकर्मीलाई परेको छ ।
अस्पतालको नाँउमा आएको बजेट नगरपालिकाले सिधै अस्पतालको खातामा पठाईदिनु पर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट(प्रमेसु) अनन्त शर्माको भनाई छ । अस्पतालको नामको बजेट भुल बस नगरपालिकामा गएको हो,उनले भने, छिमेकी जिल्लाको भिम अस्पताल, यहि जिल्लाको चिसापानी अस्पतालको बजेट पनि सम्बन्धित नगरपालिकामै आएको हो,तर ति नगरपालिकाले भदौ महिना मै रकम अस्पतालमा पठाई सके । तर रामग्राम नगरपालिकामा पृथ्वीचन्द अस्पतालको बजेट आए पनि नगरपालिकाले अस्पताललाई सो रकम नपठाएको प्रमेसु शर्माले जनाए । अस्पतालको बैठकबाट निर्णय र पत्राचार समेत भई सकेको छ,उनले भने, तर नगरपालिकाले त्यस प्रति गम्भिर देखिएको छैन् । अन्य अस्पताल झै रामग्राम नगरक्षेत्र भित्रै रहेको यो अस्पताल हो । तर के कारणले नगरपालिका अस्पताल प्रति वेवास्ता गर्दै आएको छ ? बुझ्न गाह्रो भएको उनको भनाई थियो ।
अघिल्लो बर्ष पनि यस्तै समस्याले अस्पतालको रकम खर्च हुन नसकेर फ्रिज भयो,यो बर्ष पनि निकासा ढिलाई हुदैछ । नागरिक समाजले समेत यसमा चासो लिइनु पर्ने उनको भनाई थियो । यता अस्पताल विकास समितिका अध्यक्ष तोकिएका जिसस प्रमुख शिवशंकर रायले नगरपालिकाले अस्पताल विकासमा अझ सक्रिय भएर लाग्नु पर्नेमा उल्टै नसिहत दिइने जस्तो कार्यशैली देखाएको आरोप लगाए । नगरप्रमुख आफै पनि अस्पताल विकास समितिका पदेन सदस्य हुन्,बैठकमा प्रतिवद्धता जनाउने तर बैठक बाहिर जाने वित्तिकै अस्पताल विकास प्रति गम्भिर नहुने कार्यशैली देखाएर दोहरो चरित्र प्रदर्शन गरेको उनको भनाई थियो । यसको मुल्यांकन अब स्थानियबासीले नै गर्ने रायले भने, यो समस्या एक बर्ष मात्र रहन सक्छ,आर्को बर्ष देखी अस्पतालको बजेट अस्पतालकै नाउमा निकासा भएर आउनेछ । तर जनताले नगरपालिकालाई कसरी हेर्छन् ? त्यसको जिम्मेवारी नगरपालिका र नगरप्रमुखले नै लिईने छन् ।
यता अस्पतालको रकम निकासाको कुरा प्रति ब्यवहारिक कुरा भन्दा कानुनी जटिलता रहेको नगरपालिकाका लेखापाल सञ्जय शर्माले बताए । अर्थ मन्त्रालयले खर्च गर्ने अख्तियारी जब नगरपालिकालाई दिएको छ,तब नगरपालिका र अस्पताल मिलेर योजना बनाउनु पर्ने उनले जनाए । अस्पतालले के काममा कति बजेट खर्च गर्ने कार्यक्रम बनाएर नगरपालिकामा पेश गर्नु पर्छ,वा अर्थ मन्त्रालयबाट नै नगरपालिकामा आएको अस्पतालको बजेट तान्न लगाई अस्पतालको खातामा मगाउनु पर्छ । अस्पताल विकास समितिले कार्यक्रम पनि बनाउन नसक्ने र रकम पनि अर्थमन्त्रालयबाट अस्पतालको खातामा माग गर्न नसक्ने हुदा समस्या देखिएको उनको भनाई छ ।
उनका अनुसार अस्पतालका कर्मचारीको तलब भत्ता, स्थानिय भत्ता, महँगी भत्ता,पोशाक र अन्य सेवामा खर्च गर्ने गरि १ करोड ३५ लाख ३३ हजार रकमको अख्तियारी आएको छ । यो रकमबाट अपुग भएमा थप ५ लाख १० हजार ४ सयको अर्को शिर्षकमा रकम आएको छ । त्यसैगरि अस्पताल सुदृढिकरणका लागि ३२ लाख रकम आएको उनले जानकारी गराए । तर यसको खर्चका लागि कार्यक्रम बनाएर अहिलेसम्म पनि अस्पताल विकास समितिले नगरपालिकामा पेश गरेको छैन् । खर्चगर्ने अख्तियारी नगरपालिकाको नाँउमा आएपछि त्यो खर्चका लागि जिम्मेवारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हो, उनले भने, प्रमुख प्रशासकिय अधिकृतले अस्पताल प्रशासन माथि विश्वास भए निकासा गर्न पनि सक्छन्,होईन भने,कार्यक्रम अनुसार खर्च भएमा नगरपालिकाले नै सो वापत निकासा दिदै काम गराउने छ ।
अन्य अस्पतालमा नगरपालिकाका प्रमुख नै अध्यक्ष भएको तर पृथ्वीचन्द अस्पतालको हकमा जिसस अध्यक्ष हुँदा निकासा सम्बन्धि समस्या देखिएको हो । नगरपालिकाका प्रमुख नै अस्पतालको अध्यक्ष हुने स्थानमा काम सहज देखिएको छ । किनकी अस्पतालको प्रमुख र नगरको प्रमुख एउटै ब्यतिm छ, यहाँ फरक फरक ब्यतिm देखिएका छन् । दलगत हिसाबले पनि नेपाली काँग्रेसबाटै जितेका नगरप्रमुख र उपप्रमुख र जिसस प्रमुख भए पनि दलिय गुटले पनि समस्या ल्याएको अनुमान स्थानीयले गर्न थालेका छन् । काँग्रेसको गुटगत कारण अस्पतालको समस्याको कारण देखिन थालेको छ । त्यो भएर देखावटी रूपमा बैठकमा एउटा कुरा गरे पनि ब्यवहारिक रूपमा एकले आर्कोलाई असफल बनाउने खेलमा लागेको अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission