© २०२३
मोटरबाटा विहीन बस्ती नै छैनन् । पैदल कोही हिँड्दैनन् । सडक सञ्जालले गाउ“ र शहरको दुरी नजिक छ । सदरमुकाम सन्धिखर्कबाट तीन देखि चार घण्टाको समयमा जिल्लाका सबै गाउ“मा गाडी चढेर घुम्न सकिन्छ । दिनभर पैदल हिडेर पुग्न नसकिने दुर्गम बस्तीमा गाडीबाट छिनभरमै गइन्छ ।
दशक अघिसम्म गाउ“लेले गैती, कोदालो, बेल्चा लगायत औजारले तत्कालिन गाविससम्म सडक खनिए । गाउ“मा टयाक्टर पुगे । सदरमुकामबाट नुन, चामल बोक्न थाप्लोबाट नाम्लो हट्यो । टयाक्टरको ट्रालीमा गाउ“ले सदरमुकाम आवत जावत गरे । विस्तारै सडकको ग्रेड मिल्दै गयो । धेरैपछि डोजरले मोड काट्ने र सडक फराकिलो पारेपछि बस र जिप चल्न थाले । दैनिक गाडी चल्दा एकैदिनमा सहर पुगेर आइपुग्न सहज भएपछि गाउ“मा बेग्लै उत्साह छायो ।
२०५४ पछि गाविस जोडने बाटोको ट्रयाक मात्रै खोलिए,’ तत्कालिन बा“गी गाविस अध्यक्ष पिताम्बर भुसालले भने, धेरै दुःख गरेर बाटो खनियो । केही वर्षपछि गाउ“मा टयाक्टर भित्रिदा खुसी भयौं । गाउ“लेले निर्माण गरेको सडकलाई विस्तारै ग्रेड मिलाउ“दै जा“दा अहिले त्यही रुटमा बस, ट्रक चल्छन ।’ त्यतिबेला सन्धिखर्क–गोरुसिंगो सडक पनि कच्ची थियो ।
गाउ“सम्म सरकारी बजेट र टोलबस्तीमा गाउ“लेले चन्दा उठाएर, रेमिट्यान्स, सामुदायिक वनको आम्दानीबाट निर्माण भएका सडक सहित सात सय जति बाटा छन् । जिल्ला समन्वय समितिको तथ्यांक अनुसार एक सय ५१ स्थानीय, २८ मुख्य, १६ सहायक स्तर, ५० गाउ“स्तरीय र ९६ वटा जिल्ला स्तरीय सडक छन । यस बाहेक अरू चन्दा, रेमिट्यान्सबाट खनिएका सडक छन ।
टोलसम्म गाडी चल्ने बाटो छन । व्यक्तिगत लगानीमा प्रायः सबै गाउ“लेले आफनो घर आगनसम्म बाटो खनेका छन । यसले विवाह, पुजा र घरमा आउने पाहुनालाई आगनमा मोटरसाइकल र चार पांग्रे गाडी लिएर जान्छन । विरामी पर्दा घरमै एम्बुलेन्स जान्छ । बाटोको विकास यति धेरै भयो, कोही पनि पैदल हिडदैनन्, उनले भने, अब गाउ“बाट शहर फर्कने गाडी रित्ता पठाउनु हु“दैन । तरकारी, मसालाबाली, खाद्यान, फलफूल उत्पादन गरेर आत्मर्निभर अर्घाखा“ची बनाउने अभियान शुरु गर्नुपर्छ ।
गाडी पुगेपछि गाउ“मा कृषि, पशुपालन र अन्य खेती उत्पादन शहर पठाएर आम्दानी लिने क्रम बढदो छ ।
नया“ संरचना अनुसार तीन नगर र तीन गापामा जिल्ला विभाजन भएको छ । शीतगंगा नगरपालिकाका सिद्धारा, सिमलपानी, जलुके लगायतका केही सडक वर्षामा झरी लाग्दाको दिन बाटो चिप्लो हुने, भलले बिगार्ने गर्दा गाडी नियमित गाडी चल्दैनन् । पानी नपरेर सुख्खा भएको दिन भने गाडी चल्छन् । भोगोलिक जटिलताले अलि समस्या छ । हिउ“द वर्षा नियमित गाडी चल्ने बनाउन नगरपालिका परिषदले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । यस वर्ष बाटो मर्मत, सुधार, नाली काट्ने, मोड फराकिलो पार्न सात करोड खर्च गरिने उनले बताए ।
अरू पालिकामा चार वर्षदेखि वर्षामा गाडी ठप्प भएका छैनन् । सबै पालिकाले नया“ सडक खन्न आवश्यक नरहेकाले बजेट छुट्टाएका छैनन् । भएका सडकको स्तरउन्नती गर्ने, ग्राभेल र पिच गर्नुपर्छ,’ जिसस उपप्रमुख ऋिषिबहादुर पुलामीले भने, बाह्रै महिना चल्ने बनाएर गाउ“लेलाई उत्पादनमुखी बनाउनुपर्छ । हंसपुरका फत्तबहादुर खडकाले गाउ“मा पैदल हिडन सबै छाडेको बताए । सदरमुकाम जा“दा सवारी गाडी छुटे र सिट नपाइए टयाक्सी मगाएरै जाने उनले बताए । पैदल हिडेर सन्धिखर्क पुग्न तीन घण्टा लाग्थ्यो, अहिले आधा घण्टामै गाडीमा पुगिन्छ, उनले भने । ५२ वर्षको उमेरसम्म पैदल हिडेर उनी आजकाल गाडीमै आउजाउ गर्छन । हेर्दा हेर्दै हाम्रै पालामा टोल–टोलमा गाडी चले, उनले भने । गोखुंगा पात्लेका फनबहादुर घर्तीलाई घरबाट सदरमुकाम पुगेर चामल ल्याउन एक दिन लाग्थ्यो । अहिले अढाइ घण्टामा गाडीले घर अगाडी चामलको बोरा ल्याइदिन्छ । डरलाग्दो भीर छेडेर सडक खनिएला र गाडी आउन भन्ने कल्पना थिएन, उनले भने, डोजर र स्काभेटरले पहाड छेडिदियो । जिप गाउ“ आयो । गाउ“मा सरकारी बजेटले बाटो खनियो । सबैजसो घरमा मोटरसाइकल जाने बाटो व्यक्तिगत लगानीमा निर्माण भएको उनले बताए । मैले बेसार र अदुवा खेती गर्थे, बिक्री हुने थिएन, उनले भने, गाडी आएपछि धेरै जग्गामा लगाए“, सहर पठाएर अघिल्लो वर्ष ४५ हजार रूपैया“ कमाए । घरखर्च चल्न सजिलो भयो । विरामी पर्दा अकालमै ज्यान गुमाउनुपर्ने समस्या हटेको छ ।
टोलैपिच्छे सडक निर्माण भएपछि अर्घाखा“ची देसकै नमुना जिल्ला बनेको छ । वर्षाको भेलले नबिगार्ने गरी बाह्रै महिना बस चल्ने धेरै सडक छन, पाणिनि गाउ“पालिका अध्यक्ष अच्युत गौतमले भने, ‘अब ग्राभेल र पिच गर्ने हो ।
टोलैपिच्छे सडक भएको जिल्ला अर्घाखा“ची भए जस्तै, सबै सडक पिच भएको जिल्ला कुन हो भन्दा अर्घाखा“ची भन्ने बनाउन सडक स्तरउन्नती गरी पिच गर्ने काम शुरु भएको पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बताए । देशकै नमुना जिल्ला बनाउने हो, उनले भने । à