ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

मोतिपुर औद्योगिक क्षेत्रमा पाँच वर्ष भित्र उद्योग

११ कार्तिक २०७५, आईतवार
११ कार्तिक २०७५, आईतवार

रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा पुर्वाधार निर्माणका काम पुरा गरी ५ वर्ष भित्र औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने गरी परियोजना कार्यालय स्थापना गरिएको छ ।
नेपाल सरकारले २०७२ सालमा औद्योगिक क्षेत्र घोषणा गरी बिस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भईसकेको मोतिपुर औद्योगिक क्षेत्रको पूर्वाधार बिकास र सञ्चालनको जिम्मेवारी पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतिपुरको रानीगञ्जमा परियोजना कार्यालय स्थापना गरेको हो ।
कार्यालयको व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्द किशोर बस्नेतले उद्घाटन गरेका छन । औद्योगिक क्षेत्र व्यस्थापन लिमिटेडले अहिले परीयोजना प्रमुख सहित ४ जना कर्मचारी खटाएको छ । खटिएका कर्मचारीले औद्योगिक क्षेत्रको चौकिल्ला बुझ्नेदेखि बिस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख भएका महत्वपुर्ण बिषयका सम्वन्धमा आफैले अध्ययन गरीरहेको परीयोजना प्रमुख अशोक इञ्जिनियर अशोक पौडेलले जानकारी दिए । आठ सय १३ बिघा क्षेत्रफलमा बन्न लागेको यस औद्योगिक क्षेत्रको पुर्वाधार बिकासमा ८ अर्व रूपैया लाग्ने अनुमान गरीएको छ ।
यस औद्योगिक क्षेत्रमा अहिले वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को लागि प्रक्रिया अगाडि बढेको छ । चालु आर्थिक वर्ष ०७५÷०७६ मा वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गरी उद्योग स्थापनाका लागि असार मसान्तसम्ममा प्रस्ताव आह्वान गर्ने तयारी भइरहेको छ ।
गत साउनमा देशभरीका औद्योगिक क्षेत्रमा उद्योगिहरूसँग प्रस्ताव आब्हान गर्दा यस क्षेत्रका लागि चार सय ५० उद्योगीले प्रस्ताव पेश गरेका छन ।
मोतीपुर औद्योगिक क्षेत्रको ८ सय १३ बिगाहा जग्गालाई तीन क्षेत्रमा विभाजन गरी काम अगाडि बढाइएको छ । तिलोत्तमा क्षेत्रलाई ‘सेक्टर ए’ मा राखिएको छ । तिलोत्तमा क्षेत्रमा एक सय ३० प्लट रहेको छ । त्यस्तै मोतीपुर क्षेत्रलाई ‘सेक्टर बी’ कायम गरिएको छ । मोतिपुर क्षेत्रमा चार सय पाँच बिघा जग्गा छ । जसमा औद्योगिक प्लटमा एक सय १७ दशमलव २३ बिघामा दुई सय ६२ प्लट रहेका छन् । बस्ती व्यवस्थापनलाई एक सय ४३ दशमलव २६ बिघा क्षेत्रफल छुट्याइएको छ । त्यस्तै सडक, खेल मैदान, ढल, प्रशासनिक भवन लगायतलाई ६१ दशमलव ६६ बिघा छुट्यइएको छ । ग्रिनरी र बफरजोनका लागि ३४ दशमलव २३ बिघा जग्गा छुट्याइएको छ । तिनाउ खोलाको बहाव क्षेत्रका लागि न्यूनतम ५० मिटर कायम गरिएको छ । फर्साटकर क्षेत्रलाई ‘सेक्टर सी’ कायम गरीएको छ । यसमा एक सय ५२ प्लट रहेका छन् । प्लटको आकार पाँचदेखि २१ रोपनीसम्म रहेका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक तथा अध्यक्ष बस्नेतले एक वर्षभित्र उद्योगहरूलाई जग्गा उपलब्ध गराई औद्योगिक क्षेत्रको पूर्वाधार र उद्योगको स्थापनालाई सँगै अगाडि बढाउने बताए । उद्योगीलाई ४० वर्षसम्मका लागि सम्झौता गरेर जग्गा दिने तयारी छ ।
यस औद्योगिक क्षेत्रभित्र चार लेनको मुख्य सडक र दुई लेनको सहायक सडक बन्नेछन् । साइकल लेन र सडकको दुवै छेउमा २ दशमलव ५ मिटरको पैदलयात्रु लेन हुनेछ ।
वर्षा र ढलको पानी निकासका लागि छुट्टै ड्रेनको व्यवस्था हुनेछ । २४ घन्टा पानीको आपूर्ति, ओभरहेड अन्डरग्राउन्ड ट्यांकी बनाइनेछ । त्यस्तै फोहोर पानी प्रशोधन केन्द्रको समेत व्यवस्था हुनेछ । सुरक्षाका लागि दुई सय सशस्त्र खटिनेछन् । ४० मेगावाटको छुट्टै विद्युत् फिडर रहनेछ । एकीकृत भन्सार चेक पोस्टको पनि व्यवस्था हुनेछ । उद्योग स्थापना गर्ने क्रममा प्रत्येक प्लटमा २५ प्रतिशत क्षेत्रलाई हरियाली बनाउनुपर्ने मापदण्ड बनाइने छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission