© २०२३
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसभित्र गुट उपगुटको कारण समस्या आएको बताएका छन् ।
नेतृत्व तह नै गतिलो नभएकाले पार्टी यो अबस्थामा पुगेको हो, आसेपासे र चम्चाहरूका कारण पार्टी कमजोर बनेको उनले बताए । रिपोर्टस क्लवले बुटवलमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले भने–‘प्रतिपक्ष दलको नेता शशक्त नभएको कारण नै समस्या भैरहेको छ, संसदमा २ घण्टा लगातार बोल्न सके केपी ओली कहा“ पुगिसक्थें ?,’ उनले भने । उनले सीमान्तकृत बर्ग, पिछडिएको बर्गभित्र बाहुन, क्षेत्री पनि निकै रहेको बताए ।
अब समाजलाई जातिय आधारले होइन बर्गिय आधारले अघि बढाउन आवश्यक भण्डारीको भनाइ छ । ।
अहिले देश नेताकै कारण बिग्रीएको भन्दै अर्को जुनीमा नेपालका जस्ता नेताहरू सँग भेट नहोस् भनेर दसैंको टिका लगाएको बताएका छन् । भष्ट्राचार, अराजगताका मौलाउनको प्रमुख कारण नेताहरू नै भएको भन्दै उनले नेपालका हरेक पार्टीमा नयाँ ओपन ब्रेनको आबश्यकता रहेको बताएका छन् । ‘अब परिवार केन्द्रीत राजनीतक आवश्यक छैन, जसले नेपाल बन्न सक्दैन, त्यसकारण अबको नेतृत्व नयाँ युवा पीडितको हो ।’
कार्ल माक्सले भनेको स्मरण गर्दे भण्डारीले समाजमा धेरै राजनीतिकरण भएमा नयाँ मान्छे ल्याउनुपर्छ भने झै अब नेपालको राजनीतिमा अब नयाँ ओपेन ब्रेन ल्याउनुपर्दछ ।
देश लुट्नेको पक्षमा अबको राजनीति आवश्यक नभएको भन्दै उनले अहिलेको अवस्था आउनको लागि हजारौं संख्यामा जनताले बलिदानी दिएको र दलहरूले त्यसको अवमूल्यन गरेको उनको ठहर छ । राष्ट्रपतिको टिका प्रकरणको बारेमा सोधिएको प्रश्नको जवाफ दिदैं उनले राजाको संस्कार र असभ्य परिपाटी दोहोरिएकोमा दुःख ब्यक्त गरे । राष्टपतिको टिका प्रकरणको विषयमा राजाको संस्कार र असभ्य परिपाटी भएकाहरूको कारण अहिलेको अवस्था आएको बताए ।
नेपाली कांग्रेस भित्र गुट उपगुटको कारण समस्या आएको उनको भनाई छ । प्रतिपक्ष दलको नेता शशक्त नभएको कारण नै समस्या आएको उनको भनाई थियो । अर्को जुनीमा यस्ता नेतासंग भेट नहोस भनेर आफुले दशैंमा टिका लगाएको नेता भण्डारीको भनाई रहेको थियो ।
बिगतमा आफूले अखण्ड लुम्बिनीको पक्षमा आन्दोलनको नेतृत्व गरेकाले प्रदेश ५ जोगिएको स्मरण गरे । जनताले चुनेर पठाएका जनप्रतिनिधिहरूले नै जनताको अनुकुलता हेरेर प्रदेशको राजधानी तोक्नुपर्ने उनको धारणा छ ।
प्रदेश ५ का जिल्लामा पहाड र तराइ छुट्टाउने प्रयासका लागि तत्कालिन कांग्रेस सभापति शुसिल कोईराला र तत्कालिन एमाले अध्यक्ष केपि ओली, प्रचण्ड लगायतले पनि हस्ताक्षर गरेको भन्दै देश विखण्डन गर्नबाट जोगाउनको लागि आफुले धेरै कसरत गरेको बताए ।