© २०२३
जनबादी गायक तथा कलाकार स्व.डोर बहादुर थापाले कलाकारीतामार्फत शसस्त्र जनयुद्धमा युवाहरूलाई मोर्चामा अगाडि बढ्न साहस दिए । उनको उत्साहपूर्ण गितमा ओतपोत भएर धेरै युवाहरू युद्धमा होमिए । साँच्चै नै देश बदल्ने शब्दहरूमा लयबद्ध गराएर उनले धेरै गित गाए । पश्चिममा भएका अधिकाश युद्धमा उनी मोर्चा सम्हालेर अघि बढे । नवलपरासी आर्कमणको क्रममा उनि शहीद भए ।
जनयुद्ध सफल बनाउन योगदान गरेका यीनै स्वर्गिय थापाको परिवार भने अहिले बिच्चलीमा परेको छ । बाबुको मृत्युपछि असहाय बनेकी एक छोरीको पालनपोषण कृषि तथा पशुपंक्षि विकासमन्त्री चक्रपाणी खनाल (बलदेव) ले गर्दै आएका छन । छोरी रचना बैजालीलाई बुटवलमै सबै खर्च ब्यहोरेर अहिले १२ सम्म अध्ययन गराउँदै छन् । द्वन्द्वकालमा आफूले लेखेका गितहरू गाएर युवाहरूलाई अग्रसर गराउने र प्रेरणा दिने जनबादी कलाकारका रूपमा थापालाई बलदेवले स्मरण गदर्छन । शान्ति प्रक्रियामा आएपछि छोरीलाई सहयोग गर्दै आएको खनालले बताए ।
यता बाणगंगा नगरपालिकाका प्रेम परियार (भुवन) शान्तिप्रक्रियापछि माओवादीको चुनावी प्रचारका क्रममा फोरमको आक्रमण परे । परिवारमा एकमात्र छोरा भुवनको मृत्युसंगै परिवारमा समस्याको भारी आईपर्यो । घरमा बुढीसासुसहित नाबालिकालाई पालनपोषणमा समस्या भएपछि परियारकी श्रीमति शान्ता परियार बैदेशिक रोजगारमा गईन । हजुरआमालाई जिम्मा लगाएर उनले जेनतेन कमाएको रकमले परिवारमा गुजारा चलाउदै आएपनि अहिले अवस्था दयनिय रहेको बताउछिन । केही वर्ष वैदेशिक रोजगारमा रहेकी उनि फर्किएपछि बेरोजगार भईन । सरकारले द्धन्द्धपिडितका परिवारलाई रोजगार र सहयोग गर्ने भनेपनि आफुले त्यो पाउन नसकेको उनले गुनासो गरिन । सरकारबाट शुरुमा ७ लाख क्षतिपूर्ति पाएको उनि बताउछन । घरमा ७० वषर््िाय हजुरआमासहित गाउमा बस्दै आएकी शान्तालाई छोरीको ठुलो चिन्ता छ । ‘छोरीलाई पढ्ने धेरै रहर छ तर घरको आर्थिक अवस्थाले गर्दा धेरै कठिन परेको छ ।’– उनले भनिन । खेतीपाती गरौभने पनि जग्गाजमिन नभएको र कामको अवसर नहुदा फेरी बैदेशिक रोजगारमा जाने सोचमा रहेको उनि बताउछिन । बेलाबेला छारीलाई टाउको दुख्ने र आखा आसु समस्या हुदा पढ्नलाई कठिनाई भएको उनले बताईन । हाल नेपाल सरकारका कृषि तथा पशुपंक्षि विकासमन्त्री चक्रपाणी खनाल (बलदेव) ले बैजली र परियारसहित पाच जना बालबालिकाहरूलाई सबै खर्च ब्यहोरेर पढाएका छन । मन्त्री बलदेवले अहिले दुई जनासहित थप शहिद परिवारका गरिब तथा विपन्न वर्गका राम बहादुर बरई, बाबुको मृत्यु भएपछि असहाय भएका मोहन थारु र रियाजुद्धिन मुसलमानलाई समेत पठन पाठनसहित सबै सहयोग गर्दै आएका छन ।
लामोसमयदेखि आफनै छोरीसरह बाणगंगाकी बैजलीलाई सहयोग गर्दै आएका उनले मन्त्री भएपछि थप चार जना बालबालिकाको अभिभाकत्व ग्रहण गरेका छन । नाममात्रको नभई उनी बेलाबेलामा बालबालिकाहरूलाई भेट्ने र आवश्यकताका सामग्रीहरू समेत किनेर लगिदिने गरेका छन । द्धन्द्ध पिडित परिवारहरू अझै पनि धेरै पिडामा छन । टाठाबाठाहरूले मात्र सरकारबाट फाईदा लिन सकेका छन ।
पाच नम्बर प्रदेशमा प्रहरी र माओवादीतर्फबाट गरि शशस्त्र द्धन्द्धका २० हजार पिडित परिवारहरू रहेका छन । उनिहरूलाई सरकारले आवश्यक सीप तथा रोजगारको ब्यवस्था गर्नुपर्ने पाच नम्बर प्रदेश शहिद स्मृति प्रतिष्ठानका संयोजक राम प्रसाद बंजाञ्डे टंकमणीले बताउछन् ।