ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

क्या ! सुन्दर रुकुमकोट

९ कार्तिक २०७५, शुक्रबार
९ कार्तिक २०७५, शुक्रबार

नेपालको कान्छो जिल्लाको रूपमा चिनिने रुकुम पूर्वको सदरमुकाम हो रुकुमकोट । यहि ठाउँको नामबाट २ जिल्लाहरू बनेका छन् । बाउन्न पोखरी –त्रिपन्न टाकुरीको नामले चिनिने रुकुमकोट सांस्कृतिक, एतिहासिक र प्राकृतिक रूपले सम्पन्न ठाउँ हो ।

रुकुमकोटलाई टाकुरा, बाहुनथाना र छिप्रिदह गरि तीनवटा भूभागमा बाँडिएको छ । टाकुरा र बाहुनथानाको देब्रेतर्फ करिव २ हेक्टर क्षेत्रफलमा फैलिएको डमरु आकारको कमल दह रहेको छ । कमल दह यसको प्राकृतिक सुन्दरता र धार्मिक महत्वले नेपालमै प्रसिद्ध छ । यो तालमा विभिन्न रंगका कमलहरू फुल्ने गर्दछन भने हिउदको समयमा विभिन्न ठाउँबाट घुमन्ते चराहरू समेत आउने गर्छन् । मौसम अनुसार फरक– फरक दृश्यालवलोकन गर्न सकिने तालमा असोज देखि मङ्सिरसम्म ढकमक्क कमल फुलेको हेर्न र कमलको डाँठ संकलन गर्न आउनेहरूको निकै भिड लाग्ने गर्छ ।

कमल दहको नजिक माथि डाँडामा रुकुमेली राजाहरूले पुजा गर्ने कोट (जसको नामबाट रुकुम कोट बनेको हो) रहेको छ । कोटमा दशैमा मेला लाग्ने गर्दछ । सानो भेरीको छेवैको पोखरामा रहेको तातोपानी कुण्डमा नुहाउँदा विभिन्न रोगहरू निको हुने विस्वासमा मानिसहरू पुग्ने गर्छन । कमल दह बाहेक छिप्रिदह, सानो भेरी, धौले पहिरो र नजिकै देखिने सिस्ने हिमालले रुकुमकोटलाई सुन्दर बनाएका छन् ।
छिप्रिदह नजिकै ढकालबाडामा वि.सं.१८७० मा कल्चु मल्लद्वारा निर्मित विन्ध्यवासिनी भगवती मन्दिर रहेको छ । कमल दहको नजिकै बाहुनथानामा जुद्ध समशेरले आफ्नो पत्नी कर्मकुमारीको पिता शेरजंग शाहको सम्झनामा कमल दह नजिकै बनाएको शेरमुक्तेस्वर मन्दिर, कमल दहको बीचमा रहेको प्रसिद्ध वराह मन्दिर, टाकुरामा रहेको कालिका मन्दिर निकै कलात्मक र दर्शनीय छन् । अमला चौरको मन्दिर, लुस्पाको सप्तऋषि धारा रुकुमकोटका दर्शनीय स्थलहरू हुन् ।.
रुकुमकोट हुदै पूर्वी रुकुमको प्रसिद्ध तकसेरागाउ र ढोरपाटन शिकार आरक्ष जान सकिन्छ । पुर्वि रुकुमलाई मध्य पहाडी लोकमार्गले चिरेर जाने भएकोले बाग्लुङ्गको ब’र्तिवाङ्गबट सो लोकमार्ग हुदै एकैदिनमा निसि र काक्री घुम्दै रकुमकोट पुग्न सकिन्छ । पश्चिमतर्फबाट जाने हो भने दाङ्गबाट सल्यान हँुदै पश्चिम रुकुमको मुसिकोटबाट सजिलै पुग्न सकिन्छ । हवाई यात्रा गर्न चाहनेहरूका लागि नेपाल गंजदेखि पश्चिम रुकुमको चौरजहारी विमान स्थलसम्म हवाई सुविधा उपलब्ध छ ।

त्यहाबाट मुसिकोट, स्यार्पुदह, साँख लगायत मनोरम स्थलको अवलोकन गर्दै रुकुमकोट पुग्न सकिन्छ । पर्यटक स्तरीय होटेलहरूको राम्रो व्यवस्था नभएपनि रुकुमकोटमा बस्ने खाने र घुमफिरको लागि गाडीको व्यवस्था गरिदिने राम्रा होटेलहरू रहेका छन् । हिउँदको समय रुकुम घुम्नको लागि सबैभन्दा उपयुक्त समय भएकोले यो समयमा बाग्लुङ्गको बुर्तिबांग हुदै पदयात्रा गरेर ढोरपाटन र तकसेरा वा लुकुम हुदै रुकुम कोट पुग्दा स्वर्गीय आनन्द अनुभव गर्न सकिन्छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?