ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य खबर

रोजगारीको लोभ देखाउँदै मानब बेचबिखन

७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

भैरहवा, माघ =  वैदेशिक रोजगारको नाममा सीमा नाकाबाट भारत हुंदै मानब बेचबिखन हुने गरेको छ । दलालहरुले बिभिन्न प्रलोभन देखाउंदै मानब बेचबिखन तथा ओसार पसार गर्ने गरेका हुन् । भिसा समेत नलाग्ने हुंदा भारतको सडक हुंदै भारत तथा तेस्रो मुलुक लैजान सहज हुने हुंदा दलालहरु रोजगारीको प्रलोभन देखाउंदै मानब बेचबिखन गर्ने गरेका हुन् ।
दलालहरु मानब बेचबिखन तथा ओसार पसारमा नेपालको तराईको सडक हुंदै भारत लैजाने गरेको सरोकारवालाहरुको भनाई छ ।
अन्तरसीमा मानब बेचबिखन विरुद्ध परियोजना मानब बेचबिखन विरुद्ध खबरदारी गर्ने शुभ अबसर ग्राम नेपाल भैरहवाले सीमा नाकामा कुनै पनि मानिस बेच बिखनमा नपरुन भनेर कर्मचारीलाई सीमा निगरानीमा खटाएको छ । बिभिन्न समयमा गरी हालसम्म करिव ४ सय मानिसलाई उद्द्वार गरेको अबसर ग्राम भैरहवाका परियोजना प्रमुख सत्यनारायण यादबले बताए ।

शुभ अबसर ग्रामले रोहिणि गाउंपालिकाको भगवानपुर, रुपन्देहीको बेलहिया र कालिदह सीमामा कर्मचारीलाई निगरानी तथा उद्वारमा राखेको प्रमुख यादव बताउंछन । हाम्रा कर्मचारी नभएका ठाउंमा १३ ठाउंमा स्थानीयलाई निगरानीमा राख्न समुह समेत बनाएको यादवले बताए ।
रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले अशिक्षा र अज्ञानताका कारण मानिसहरु प्रायः बेचबिखनमा पर्ने गरेको बताए । रोजगारीका लागि जाने मानिसपनि सबै कुरा बुझेर जानु पर्छ । भारत जाने मान्छेपनि म कहाँ जांदै छु भन्ने कुरामा ब्यक्ति अलि बढी सजग हुनुपर्ने थाहा पाउनुपर्ने उनको तर्क छ ।

मानिसहरु आफ्नै रहरले बेच बिखनमा पर्छन् । कतिले त सुरक्षाको आंखा छलेर समेत जाने गर्छन् । प्रमुख जिल्ला अधिकारी पान्डे भन्छन्, खुल्ला सीमानाका कारण बढी यस्ता गतिविधि हुने गरेको छ कति मान्छे भारत गए कति आए रेकर्ड नहुंदा समेत यस्तो समस्या आएको हो अब रेकर्ड गर्ने तयारी छ । बेश्याबृत्ति, भिख मगाउने, होटेलमा काम गराउने, जोखिम काम गराउने, धर्म पुत्रीका रुपमा राख्न, अंग प्रत्यारोपण गर्न, सर्कसमा खेलाउन, जबर्जस्ति बिबाह, घरेलु कामदार बनाउन, जबर्जस्ति श्रम गराउने जस्ता कार्यले मानिस लहलैहैमा वा अन्जानबस बेचबिखनमा पर्छन् ।

मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ का अनुसार कुनै पनि उद्देश्यले मानिस किन्ने वा बेच्ने, कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्यावृतिमा लगाउने प्रचलित कानुन बमोजिम बाहेक मानिसको अंग झिक्ने तथा वेश्याग्मन कार्यलाई बेचबिखन मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?