© २०२३
बुटवल, ६ माघ ।
भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेका अवैध पशु चौपायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खुल्ला सीमानाको फाइदा उठाउँदै अबैध रुपमा पशुजन्य चौपायाहरु भित्र्याउने गरेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले अवैध चौपायान नियन्त्रणमा लिएको हो ।
प्रहरी सहायक निरीक्षक रामसिंह क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान सवा ४ बजे जिल्ला नवलपरासी प्रतापपुर गाउँपालिका– ४ हरपुराबाट अवैध रुपमा भारतबाट नेपालतर्फ पैदल डो¥याउँदै ल्याउँदै गरेको रु. २ लाख ५० हजार मूल्य बराबरको ५ वटा भैसीं र रु. १ लाख ५० हजार मूल्य बराबरको ६ वटा पाडा समेत गरी जम्मा ४ लाख मूल्य बराबरको पशुजन्य चौपाया नियन्त्रणमा लिएको हो ।
सो अबैध चौपाया ल्याउने जिल्ला महाराजगंज भारत ग्राम झुल्निपुर बस्ने सुन्दर पाल र जिल्ला महाराजगंज भारत ग्राम रामचन्द्रही बस्ने मकरुदिन अनसरी समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको प्रहरी नायब निरीक्षक भोजराज पाण्डेयले बताए ।