ट्रेंडिंग:

>> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने

गुल्मीमा म्याद नाघेका खाद्यबस्तु बरामद, जितपुरमा बजार अनुगमन

२६ आश्विन २०७५, शुक्रबार
२६ आश्विन २०७५, शुक्रबार

जिल्ला प्रशासन कार्यालय गुल्मीले बजार अनुगमनको क्रममा ३ लाख ५० हजार मुल्य बराबरका म्याद नाघेका खाद्य सामग्रिहरू बरामद गरेको छ । कतिपय व्यापारीहरूले बजारमा म्याद नाघेका खाद्य सामग्रिहरू उपभोक्ताहरूलाई लुकाई छिपाई बिक्री वितरण गरेको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले गोप्य रूपमा गरेको बजार अनुगमनको क्रममा उक्त सामग्रिहरू बरामद गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
प्रशासन कार्यालयले जिल्ला सदरमुकाम तम्घास, गौडाकोट, लुम्छा, बलेटक्सार, रिडी लगायतका आधादर्जन बजार क्षेत्रका १ सय ६९ वटा पसलहरूमा गरेको अनुगमनवाट उक्त सामग्रिहरू बरामद गरिएको हो । यसरी वरामद गरिएका सामग्रिहरूलाई नष्ट नगराउनु अघि प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यालयमा सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग अन्तक्र्रिया गरि अनुगमनको क्रममा बरामद गरिएका सामग्रि, व्यवसाय संचालक र बजारमा देखिएका समस्याका वारेमा जानकारी गराएका थिए ।
उनलेधेरै जसो व्यापारीहरूले पसलमा मुल्य सूचि नटाँग्ने, लेवल नलगाएका सामग्रिहरू विक्रि वितरणका लागि राख्ने, व्यवसाय दर्ता नगरि पसल संचालन गर्ने, ग्राहकलाई स्टीमेट वील दिने, करदर्ता प्रमाणपत्र नराख्ने र सरसफाईको अवस्था अत्यन्तै कमजोर जस्ता समस्याले व्यापारिहरूले जे गरेपनि हुन्छ भन्ने मान्यताको विकासले उपभोक्ताहरू ठूलो मारमा परेको बताए ।
प्रशासन कार्यालयले गरेको पसल अनुगमनको क्रममा सवै भन्दा बढी रुरु गाउँपालीका अन्तर्गत बलेटक्सारको कपिल स्टोर्सवाट १२ सय वोतल म्याद नाघेका पेय पदार्थ बरामद गरेको थियो । अनुगमनको क्रममा एउटै पसलवाट ठूलो परिणाममा एक लाख मुल्य बरावरको सामग्रि बरामद गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताएका छन् । म्याद नाघेका खाद्य सामग्रिहरू वितरण गर्ने ५० वटा पसल संचालकहरूलाई जिल्ला प्रशासन कार्यालयले स्पष्टी करण सोध्ने भएको छ ।
बरामद गरिएका सामग्रिहरूमा सवै भन्दा बढी ७ सय लिटर पेय पदार्थहरू रहेका छन् । अन्य सामग्रिहरूमा चिउरा, चाउचाउ, विस्कुट, दालमोट, हर्लेक्स, चक्लेट, मसला, घ्यू, दाल, तेल, लगायतदर्जनौ सामग्रिहरू रहेका छन् । बरामद गरिएका एक ट्रक सामग्रिहरूलाई कार्यालयले संचारकर्मि र नागरिक समाजको रोहवरमा आगो लगाई नष्ट गरेको छ । गुल्मी उद्योग वाणिज्य संघले भने प्रशासन कार्यालयले छापामार शैलीमा बजार अनुगमन गरेर व्यापारीहरूलाई त्रसाउने काम गरेको आरोप लगाएको छ । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले अनुगमनको क्रममा उद्योग वाणिज्य संघको प्रतिनिधिलाई समेत सहभागि गराएर अनुगमन गरेको भए राम्रो हुने भन्दै यसरी अनुगमन समितिको सदश्य रहेको संस्थाको प्रतिनिधि नहुँदा व्यापारिहरू अलि आत्तिएको गुनासो आएको बताए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले गत दुई वर्षको अवधिपछि मात्र बजार अनुगमन शुरु गरेको हो । यसलाई नियमितता दिन उद्योग वाणिज्य संघ, संचारकर्मि एवं नागरिक समाजका प्रतिनिधिहरूले प्रशासन कार्यालयलाई सुझाव दिएका थिए । 

जितपुरमा बजार अनुगमन
जितपुर (कपिलवस्तु) २५ असोज– बाणगंगा नगरपालिकाले चार नं. जितपुर बजार क्षेत्रको अनुगमन गरेको छ । चाड पर्व नजिकिएसँगै नगरपालिकाभित्र पर्ने मुख्य बजार क्षेत्रमा नगरपालिकाले बजार अनुगमन गरेको हो ।
जितपुर बजारमा रहेको पसलहरूमध्ये करिव एक सय बढि पसलहरूमा अनुगमन गरेको नगरपालिकाले जनाएको छ । अनुगमन गरेका मध्य केही मासुपसल ब्यवस्थित रूपमा सञ्चालन नगरेको पाउनुका साथै अधिकांश पसलहरूमा मुल्यसुची नराखेको पाइएको बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीराम मरासिनीले जानकारी दिए ।
अनुगमन गरेका पसलहरूमध्ये केहीमा डिजिटल काटाको प्रयोग गर्नुपर्ने, अनिवार्य रूपमा मुल्यसुची राख्नु पर्ने निर्देशन दिइएको बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्यालले बताए । चाडपर्व नजिकिएसँगै उपभोतmा नठग्गीउन भन्नका लागी अनुगमन गरिएको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले बताए । हरेक पसललाई नगरपालिकामा दर्ता गरी ब्यवसाय सञ्चालन गर्न, मूल्यसुची राख्न, ब्यवसायीक पसलको बोर्ड राख्न, डिजिटल काटाको प्रयोग गर्न, मिठाई पसल तथा होटेलहरूले छुट्टै कोठामा भान्साको प्रयोग गरी सफा राख्नु अनुरोध गरिएको बाणगंगा नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष गणेश बहादुरर क्षेत्रीले ताए । बिकासमा तिव्रता लिएको जितपुर चार नं. को बजारलाई ब्यवस्थित बनाउन वडाले बिशेष पहल गर्ने वडा अध्यक्ष गणेश क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?