ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

बाख्रीमा सुपर ग्लू टाँसेर खसी  बनाई विक्रि !

२६ आश्विन २०७५, शुक्रबार
२६ आश्विन २०७५, शुक्रबार

चाडपर्वको बेलामा मासुको माग बढ्दा खसीको मासुमा बाख्राको मासु मिसाएर बेच्ने घटना सार्वजनिक भएको छ । बजार अनुगमनको क्रममा परासी बजारमा खसीको मासु देखिने गरि सुपर ग्लुले टाँसेर बेच्दै गरेको फेला परेपछि रहस्य सार्वजनिक भएको हो ।
बुधबार परासीको साप्ताहिक बुधबारे हाटबजार अनुगमन गर्ने क्रममा समितिले मासुमा भैरहेको यस्तो पनि गलत कार्य भेट्यो जुन सुनेर धेरै व्यक्तिलाई अचम्मित बनायो । अनुगमन समितिले एक खसी मासु पसलमा पुगेर मासु हेर्न थालेपछि बाख्रीको मासुमा सुपरग्लुले केहि भाग खसीको टाँसेर खसीको रेटमा बाख्रीको मासु बेचिरहेको ब्यापारीले समितिलाई देखेर भागेपछि मात्र सो रहस्य बाहिर आएको अनुगमन समितिले जनाएको हो । हाटबजारमा ६ सय ५० देखि ७ सय रूपैयाँ प्रति किलो खसी मासुको रेटमा मासु व्यवसायीहरू सोझासाझा उपभोक्ताहरूलाई झुक्याउँदै, ठग्दै धामाधम बाख्रीको मासु बेचिरहेको पाइएको समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार मासु हेर्दा ७५ प्रतिशत भाग बाख्री र सोझै देखिने गरि २५ प्रतिशत मात्र खशीको मासु सुपरग्लुले टाँसेर बेचिरहेको थियो । त्यसैमा प्रयोग गर्ने तराजु पनि १ सय ग्राम देखि ३ सय ५० ग्राम कम तौल रहेको पाइएको छ । मासु व्यवसायीहरू एकातिर खशीको मासुको रेटमा झुक्काएर बाख्रीको मासु बेच्ने अर्काेतर्फ सुपर ग्लु जस्तो पदार्थको प्रयोगले त्यो मासु खान कतिको उचित र अनुचित हुन्छ त्यो तपाई उपभोक्ताले नै विचार गर्नुपर्ने कुरा हो । एकातिर मासु शुद्ध छैन अर्काेतर्फ उचित मूल्य र मूल्यमा एकरूपता छैन । फुटपातमा बेचिने मासु बिक्रीबाट बचेपछि घर लगेर फ्रिजमा पनि हालिँदैन त्यहि बिग्रेको मासु भोलिपल्ट फेरि अर्काे बजारमा आइपुग्छ ।
जिल्लाको सदरमुकाम परासी बजारमा रहेको आधा दर्जन मात्र खसीको मासु पसल दर्ता छन् । जिल्लाको विभिन्न हाटबजार र फुटपातमा लगाइने खसीको मासु पसल सय भन्दा बढि नै छन् तर ९० भन्दा बढि पसल नै दर्तामा छैनन् ।
खशीको मासु बेच्ने मासु व्यवसायीहरू गाउँ–गाउँमा खरिद गरेका बाख्रीहरूलाई खशीको मासु भन्दै उपभोक्ताहरूलाई झुक्याउने र ठग्ने गरेका छन यसको नियन्त्रण र निरन्तर अनुगनमका लागि अनुगमन समिती र सम्बन्धित निकाय भने मौन बसेको छ । खसी मात्र होईन, कुखराको मासु पसलमा पनि उस्तै हालत छ । सदरमुकाम परासी बजारमा रहेको एक दर्जन भन्दा बढि पसल सम्बन्धित निकायमा दर्ता छैनन तर जिल्ला भरि हेर्ने हो भने सयांैको संख्यामा कुखुराको मासु पसल छन् । सडकका छेउ–छाउ र हाटबजारमा अव्यस्थित तथा दर्ता नभएको कुखुरा मासु पसललाइ पनि नियन्त्रण गर्ने तर्फ सम्बन्धित निकायको ध्यान पुगेको छैन । परासी लगायत सिमा क्षेत्रका बजारहरूमा रहेको अधिकांश कुखुरा मासु पसलले भारतबाट बर्डफ्लु संक्रमण भएको कुखुरा एवं अवैध कुखुरा नेपाल भित्राई सोको मासु विक्री वितरण गरेको पाईन्छ । भारतीय कुखुरा र कुखुराको चल्ला नेपालमा प्रतिबन्ध लगाइएपनि अधिकांश मासु व्यवसायीहरू भारतबाट नै कुखुराहरू ल्याई मासु विक्री वितरण गरिरहेको स्थानिय बताउछन् । बजार अनुगमनबाट विभिन्न अखाद्य बस्तु, कमतौल भएको ढक तराजु पाइएको समितिले जनाएको छ ।

सांकेतिक तस्वीर:sourse google 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission