© २०२३
कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले तिनवटा माग राख्दै संसद अवरुद्ध गरेपछि बुधबार पनि बैठक बस्न सकेन । गत साउन २५ गते बैठक बसी करिब दुईमहिना बढि बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक २३ गते पनी नबसी स्थगित भएको थियो ।
कर्णाली प्रदेश सरकारले रातो किताब ननिकालेको, प्रदेश सभा सदस्यहरूको सेवासुविधा सम्बधि विधेयक नल्याएको र यती लामो समयसम्म पनी प्रदेशसभा बैठक संञ्चालन गर्न नसक्ने सरकारले सांसदहरूलाई काम दिन नसकेकोले यि तिन मागहरूमा सकाररको ध्यान जाओस भनि संसद अवरुद्ध गरेको कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता सांसद जिवनबहादुर शाहिले बताए । उनले भने ‘कर्णालीमा यतीका लामो समयसम्म संसद चलेन ।
योजना आयोग बनाउनुपर्ने भएपनी निवेदन दिएकै भरमा योजना बन्ने गर्नाले विकास होईन विनाश गरेको छ । रातो किताब अहिले सम्म आएको छैन कर्णालीको विकासको मेरुदण्ड रातो किताब हो । त्यो यो सरकारले ल्याउनुपर्दछ ।’ सरकारले कर्णाली गरिब छ मात्रै भन्ने तर हाईफाई भने धेरै गर्ने गरेको आरोप लगाउंदै उनले थपे ‘कानुन नबनाई फजुल खर्च गर्ने कर्णाली सरकारले जनता तथा प्रदेश सभा सदस्यलाई मेरो क्षेत्रमा कती बजेट परेको छ भन्ने जानकारी दिनको लागी पनी रातो किताब ल्याउनुपर्छ ।’ आफूहरूले कर्णाली सरकारलाई धेरै विश्वास गरेको र सरकारका तर्फबाट वेवास्था भएकोले आफूहरूका माग पुरा नभएसम्मको लागी संसद अवरुद्ध गरिरहने शाहिको भनाई रहेको थियो ।
संसद अवरुद्धका विषयमा कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहिले प्रतिपक्षका तिन वटा मागमा कर्णाली सरकार अड्किएको र त्यसको बारेमा छलफल भईरहेको बताए । उनले बुधबार भने ‘आजपनी हामीहरू प्रतिपक्षसंग छलफलमा बस्यौं तर छलफलको टुङ्गो लागेन भोलि पनि प्रतिपक्षसंग छलफल गर्ने तयारी छ । भोली सहमती भयो भने २६ गते संसद चल्ने छ । ’
उता प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद अमृता शाहिले कर्णाली सरकारले यती छोटो अवधीमा रातो किताब निकाल्ला भन्ने विश्वास नलागेको बताईन् । उनले भनिन् ‘सरकारले आजसम्म नगरेको काम गर्ला भन्ने विश्वास त लागेको छैन तर पहिले नै रातो किताब निकालेर लुकायको रैछ भने पक्कै देखाउला ।’ कर्णाली प्रदेश सभा बैठक २६ गते शुक्रबार दिउँसो १ बजे सम्मका लागी स्थगीत भएको छ ।