© २०२३
नेपाल पत्रकार महासंघ रूपन्देही शाखाले बिजयादशमी, दीपावली र छठ पर्वको अवसरमा बुटवलमा शुभकामना कार्यक्रम गरेको छ ।
बिहान साढे ८ बजे बुटवलको कालिकानगर मा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीहरू लिला गिरी र आरती पौडेल, राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराई, प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता नेता बलदेव शर्मा, प्रदेश सभा सदस्य दधिराम न्यौपाने, भोज प्रसाद श्रेष्ठ, कृष्ण न्यौपाने, थान कुमारी चापागाई, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरी अर्याल, रूपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी, रूपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल लगायत संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू सहित पत्रकार र राजनीतिक दलका नेताहरूको समेत उपस्थिति रहेको थियो । महासंघका सचिव राम प्रसाद आचार्यको संयोजनमा भएको कार्यक्रममा महासंघ रूपन्देहीका कार्यवाहक अध्यक्ष दिनेश पाण्डेले सबैलाई शुभकामना दिँदै कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा सहभागी मुख्य मन्त्री लगायतका मन्त्री र अन्य आमन्त्रीत अतिथिहरू कसैले पनि औपचारिक रूपमा भाषण गरी शुभकामना दिएनन् । व्यक्तिगत रूपमा एक आपसमा भेटघाट गरी दसैं, तिहार छठ पर्वको शुभकामना आदान प्रदान गरिएको थियो ।