ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

आजदेखि भित्रियो दसैँ (सम्पादकीय)

२४ आश्विन २०७५, बुधबार
२४ आश्विन २०७५, बुधबार

आज घटस्थापना हो । घटस्थापना देखि विजया दशमी वा दुर्गा पक्ष शुरु हुन्छ । नेपालीहरूले दुर्गा पक्षलाई दशैँ भन्ने चलन छ । मलमासले गर्दा यो बर्ष दशैँको टिका कार्तिक दुई गते परेको छ । नेपालीहरूको लागि दशैँ सबैभन्दा ठूलो पर्व हो । दशैँलाई क्षेत्रीहरूको पर्ब भनेर ब्याख्या गरिएको छ । ब्राह्मणको पर्व रक्षाबन्धन, बैश्यको पर्व तिहार र सुद्रको पर्ब होली भनेर निर्णयसिन्धूमा उल्लेख गरिएको छ । आज सबैले आवश्यकता हेरी घरमा जमरा राख्छन् । जमरा राख्ने कार्यलाई नै घटस्थापना भनिएको हो । जौ, मकैलाई अँध्यारो कोठामा उमार्ने गरिन्छ । अँध्यारोले गर्दा त्यसको पात हरियो हुन पाउँदैन । पहेँलो हुन्छ । त्यहि जमरा टिकाको दिनमा माला बनाएर लगाउने, कानमा सिउरिने गरिन्छ । मान्यजनले यो प्रक्रिया पूरा गर्दछन् । दशैँलाई खानपानको पर्ब पनि भन्ने गरिन्छ । मांशाहारीको लागि यो पर्व विशेष रमाइलो हुन्छ । दशैँका लागि भनेर घरमा खसी, बोका, हाँस, कुखुरा पाल्ने, अष्टमी तथा नवरात्रीमा पञ्च बली दिने, खसीबोका किनेर भए पनि मासुका परिकारहरू खाने, ख्वाउने काम निकै हुन्छ । सरकारले पनि दशैँको अबसरमा लामो बिदा दिनुकासाथै कर्मचारीलाई दशैँ पेस्की भनेर एक महिनाको तलब दिने गर्दै आएको छ । निजी क्षेत्रले पनि दशैँ खर्च भनेर आम्दानीको अवस्था हेरी पेस्की दिन थालेका छन् ।
दशैंको अबसरमा लामो बिदा पर्ने हुँदा कतिपय मानिस नयाँ ठाउँमा अवलोकन भ्रमणमा निस्कन्छन् भने कतिपयले ज्ञानबृद्धि गर्नका लागि नयाँ पुस्तकहरू किनेर अध्ययन गर्छन् । कतिले अपुरा रचनाहरू पूरा गर्छन् । दशैँ मनाउने आ–आफ्ना तरिका हुन्छन् । तर, यो पर्वलाई खाने पर्व भनेर मान्नेहरूको संख्या बढी देखिन्छ । त्यसैले त बुढा पुरानाले भन्ने गर्थेः आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई । हाम्रो मान्यता छ ऋण बोकेर पनि खाने । यो बानीले आर्थिक सन्तुलन खल्बलाउँछ । दशैँको अबसरमा गरिने खर्चले अरू तीन चार महिनालाई खर्च ब्यवस्थापन गर्न सकिन्छ । दशैँको लागि भनेर कैयौँ मानिस मुल घरमा जाने क्रम शुरु भएको छ । अखबारमा समाचार आएअनुसार अहिले दुर्गम क्षेत्रका कतिपय कार्यालयहरू कर्मचारीविहीन भइसकेका छन् । यद्यपि सरकारले तोकेको बिदा फूलपाती देखि हो । तर, मानिस दशैँका लागि पहिले नै हतारिएका हुन्छन् । त्यसैले पनि भन्न सकिन्छ दशँै हाम्रो लागि आकर्षणको पर्व हो ।
दशैँको अबसरमा हामी खानपानमा तल्लीन त हुन्छौँ । तर, बजारमा गुणस्तरीय खाद्यबस्तु छन् कि त्यसमा अखाद्य मिसिएको छ त्यसको ख्याल पुराउन सकिरहेका हुँदैनौँ । किनमेल बढी मात्रामा गरिने भएकोले बस्तुहरू बजारमा खरिद गर्दा त्यसको मूल्य, गुणस्तर, प्रयोग गर्ने मिति, तौल आदिमा ध्यान दिनु आवश्यक हुन्छ । खल्तीमा पैसा छ, जति भने पनि केही फरक पर्दैन भन्ने हाम्रो स्वभावको दुरूपयोग ब्यापारीले गरिरहेका हुन्छन् । सरकारले खसी बोकाको मूल्य निर्धारण गरेको छ । तर, त्यो मूल्यमा खसी बोका पालकले दिँदैनन् । जति मन लाग्यो त्यति मूल्य तिर्ने गर्दा त्यसले दीर्घकालीन रूपमा कालोबजारी मौलाउन सहयोग गर्छ । उपभोक्ताले यो कुरामा ख्याल पुराउनु जरुरी हुन्छ । जे होस्, अब दशैँ भित्रिएको छ । यसलाई शालिनतापूर्वक मनाउनु पर्छ । यसले दिन खोजेका सकारात्मक पक्षलाई ग्रहण गर्ने र नकारात्मक पक्षलाई पन्छाउँदै लैजानु पर्छ । हिन्दु धर्माबलम्बीहरूको महान चाड बिजया दशमीको पहिलो दिन घटस्थापनाको अबसरमा हार्दिक मंगलमय शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?