ट्रेंडिंग:

>> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर

बालमन्दिरमा आजदेखि सस्तो दशैं बजार नयाँ नोट साट्न पाइने

२४ आश्विन २०७५, बुधबार
२४ आश्विन २०७५, बुधबार

 बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि बुटवलमा सस्तो दशैं बजार शुरु हुंदैछ । बुटवलको हाटबजारलाइनमा रहेको बाल मन्दिरमा दशैं बजार संचालन हुन लागेको हो । पाँच दिन सम्म चल्ने दशैं बजारमा दैनिक उपभोग्य वस्तुहरू, फेन्सी कपडा, गार्मेन्ट, इलेक्टोनिक्स, जुत्ता चप्पल, माछा लगायतका ४० स्टल रहने दशैं बजार संयोजक नरिश्वर पौडेलले बताए । दशैं बजारमा चिनी प्रति किलोग्राम ५८ रूपैयाँ, डीडीसी घिउ प्रति किलोग्राम ८ सय १० रूपैयाँमा उपलब्ध हुने छ । दशैं बजारमा घिउ प्रति किलोग्राम ५० रूपैयाँ र खाने तेल पनि बजार मूल्य भन्दा प्रति कार्टुन ५० देखि ७० रूपैयाँ सस्तोमा किन्न पाइने संयोजक पौडेलले बताए । दशैं बजारको अर्को आकर्षणको रूपमा नयाँ नोट साट्न पाइने रहेको छ । संघको सस्तो दशै बजारमा आउने सर्वसाधारणले ५ हजार रूपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था मिलाइएको संघका वाणिज्य उपाध्यक्ष हरि अर्यालले बताए । संघले विगत ७ वर्षदेखि सर्वसाधारणलाई लक्षित गरी नयाँ नोट उपलब्ध गराउंदै आएको छ ।
दशैंमा टिका लगाउने हरेक परिवारलाई दक्षिणा दिन नयाँ नोट अनिवार्य आवश्यक पर्ने तर बैंकमा जाने पहुँच नभएका सर्वसाधारणलाई संघको यस कार्यले निकै सहजता भएको छ । चाडपर्वका बेला बढी खपत हुने चिनिको अभाव हुने समस्यालाई मध्यनजर गरेर संघले विगतदेखि नै बजारमूल्य भन्दा सस्तो दरमा नेपाली गुणस्तरीय चिनी उपभोक्तालाई उपलब्ध गराउँदै आएको हो । संघले दशैं बजारमा कम्तीमा एक करोड नयाँ नोट, १० क्वीन्टल चिनी, ५ सय केजी घिउ सर्वसाधारणलाई दिने छ । यसपटकको दशैं बजारमा कम्तीमा १० हजार व्यक्तिले किनमेल गर्ने र एक करोड रूपैयाँको कारोबार हुने अपेक्षा गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले बताए । संघको मेलामा गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेर गुणस्तरीय र ब्राण्डेड सामान मात्र विक्रिका लागि राखिने संघले बताएको छ ।
संघको दशैं बजारमा निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?