ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

विकास माग्न काठमाडौँ आउनुपर्दैन ः ऊर्जामन्त्री

२४ आश्विन २०७५, बुधबार
२४ आश्विन २०७५, बुधबार

ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले मूलक संघीय संरचनामा गइसकेपछि विकास निर्माणका योजना माग्न काठमाडौँ पुग्नुपर्ने चलनलाई रोक्न जिल्लाबासीलाई आग्रह गरेका छन् । मंगलबार प्यूठान नगरपालिकाले आयोजना गरेको विजयादशमीको शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै पुनले गाउँमै विकास आइसकेको उल्लेख गरे । ‘स्थानीय तह स्रोत साधनमा अझै बलियो भएका छैनन्’,उनले भने,‘केही समय संक्रमणकाल होला । तर, गाउँ बदल्ने विकास गाउँमै आइसक्यो ।’
कतिपय शक्ति संघीयता खारेजीको पक्षमा उभिएको बताउँदै उनले संघीयताले नै देशलाई समृद्धिको दिसामा अघि बढाउने प्रतिक्रिया दिए । संघीयतामाथी शंका नगर्न समेत उनले सवैलाई आग्रह गरे । केन्द्रदेखि चलेको मुलुकको शासन व्यवस्था जनताको निकट पुगेको बताउँदै उनले यसलाई भरपूर्ण उपयोग गर्नसमेत सुझाए ।
मन्त्री पुनले प्यूठानको विकासका लागि आफू सदैव प्रतिवद्ध रहेको आश्वासन दिलाए । उनले नौमुरे जलविद्युत्त आयोजना, झिमरुक नदी नियन्त्रण, माडी र झिमरुक नदीबाट जलविद्युत्त उत्पादनको क्षेत्रमा विशेष चासो देखाएर लागेको जानकारी गराए । झिमरुक माडी र लुंग्रिलाई समेटेर एकिकृत रूपमा करीडोर संचालनका लागि अध्ययन अवलोकनमा रहेको उनले बताए । आफ्नो कार्यकालभित्र विद्युत्त विस्तार हुन नसकेका प्यूठानका सवै गाउँमा उज्यालो बनाएर छाड्ने उनले प्रतिवद्धता जनाएका छन् । मन्त्री पुनले राष्ट्रिय गौरवका ठूला योजना बाहेक साना योजनाहरू गाउँ र मध्यम खालका प्रदेश सरकारबाटै सम्वोधन हुने बताए ।
मन्त्री पुनलाई जिल्लाको जलविद्युत्त, सिंचाई, ऊर्जा लगायत क्षेत्रलाई समेटी प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले मागपत्र बुझाएका छन् । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरूले जिल्ला आउने धेरै मन्त्रीहरूलाई मागपत्र बुझाएपनि सम्वोधनमा चासो नदेखाएको गुनासो गरेका छन् । मन्त्री पुन हेलीकोप्टर मार्फत प्यूठान आएका थिए । अन्तरक्रिया कार्यक्रम भनिएपनि शुभकामना आदानप्रदानमै कार्यक्रम सिमित भएको थियो ।
गाउँमा बिजुली आउँदा दङ्ग
बाँके संवाददाताका अनुसार –
बाँके राप्तीसोनारी—१ कुसुम बैरियाका बुद्धिराम कँुवर बर्षौपछि आफ्नै घरमा बिजुली बाल्न पाउने भएपछि दङ छन् । मंगलबार उनी घरमा बिद्युत जोड्नका लागि मिटर बक्सको पैसा बुझाउन सामुदायिक बिद्युत कार्यालयमा आएका थिए । ‘एक दुई दिन लाग्छ । त्यसपछि त टुक्की बाल्नु पर्दैन । बिजुली बल्छ ’—हौँसिदै कुवँरले भने ।
महेन्द्र राजमार्गमा पर्ने र सुगम जिल्लाको ठाउँ भएपनि उक्त क्षेत्रका सर्बसाधारणहरूले बिजुली बाल्न पाएका थिएनन् । त्यसैले कुसुमलाई टुक्कीमुनीको अध्याँरो भनिन्थ्यो । तर गाउँ नजिकै १ सय ३२ केभिएको सबस्टेश बनेर सुचारु भएपछि कुसुमको भागय खुलेको हो । मंगलबार जलस्रोत तथा उर्जामन्त्री बर्षमान पुनले सबस्टेशनको उद्घाटन गरेपछि कुसममा बत्ति पुगेको हो । नेपालगन्ज, दाङको तुलसीपुर, हापुरेलाई लक्षित गरी सबस्टेशन बनाएपछि कुसुमका सर्बसाधारणले त्यसको फाईदा पाएका हुन । सो क्षेत्रका २५ सय घरधुरीले बिजुली बाल्न पाएको छन् ।
सबस्टेशन उद्घाटन पछि आयोजित कार्यक्रममा बोल्दै जलस्रोत तथा उर्जा मन्त्री बर्षमान पुनले नेपालगन्ज लगायत यस क्षेत्रको बिद्युत समस्या समाधानका लागि काम गर्ने बताएका छन् । नेपालगन्ज, कोहलपुर र सुर्खेतमा प्रशारण भईरहेको बिद्युत अनियमित र भरपर्दो हुन नसकेको गुनासो सर्बसाधारणले गरे भन्दै समस्या समाधानका काम गरिने मन्त्री पुनले प्रतिबद्धता जनाएका छन् । उर्जा मन्त्री पुनले देशको सम्बृद्धिका लागि उर्जाको विकास अनिवार्य रहेको पनि सो अवसरमा बताए ।
‘हामीले सम्बृद्धिको कुरा गरेका छौं । यो सम्बृद्धि बिद्युतको पूर्वाधार नबन्दा सम्म आउँदैन । सरकार त्यही बाटोमा अग्रसर छ ।’ मन्त्री पुनले भने,—‘कम्तिमा पाँच वर्षमा पाँच हजार मेगावाट बिद्युत उत्पादन गरी देशलाई बिद्युतमा आत्मनिर्भर बनाउने गरी अहिले काम गरिरहेका छौं ।’ मन्त्री पुनले बाँकेको राप्तीपारी क्षेत्रमा बिद्युत प्रशासन लाईन जोडेर त्यसक्षेत्रमा बिद्युत पु¥याइने बताए । तर काम गर्दा निर्माण व्यवसायी लगायत बिभिन्न पक्षले झुलाउने काम गर्दा देशैभरी समस्या उत्पन्न भएको उनले बताए ।
कुसुमक्षेत्र पछि राप्तीपारीका गाउँमा बिद्युत लैजाने योजना रहेको सो क्षेत्रका प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथकले बताए । उनी र प्रदेश सभाषद कृष्णा केसी नमुना लगायतको पहलमा बिद्युत बिस्तार सम्भव भएको हो ।
अब राप्तीपारी पनि बिद्युत बिस्तार गर्ने काम अघि बढ्ने सांसद महेश्वर गहतराज अथकले बताएका छन् । कार्यक्रममा नेपाल बिद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकेको बिद्युतीकरण कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission