ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

कार्यालयमा कामै पुग्दैन

२४ आश्विन २०७५, बुधबार
२४ आश्विन २०७५, बुधबार

कुनै समय विदेश बाट पठाएको चिठ्ठी पत्र बोकेर हुलाकी घरमा आउँदा चिठी होइन स्वयं मानिस नै आएजस्तो लाग्दथ्यो । तर आजभोलि नत चिठी पत्र बोकेर हुलाकी घर घर पुग्दछन्  नत विदेशबाट त्यसरी चिठी आउँछ ।
एक ठाउँदेखि अर्को ठाउँ, एक व्यक्तिदेखि अर्को व्यक्ति बीच सुचना आदान प्रदान गर्ने भरपर्दो र बलियो माध्यम बनेको हुलाक कार्यालय आजभोलि कामबिहीन जस्तै बन्न पुगेको छ । दैनिक रूपमा साधारण, रजिष्ट्री चिठीका लागि प्रयोग हुने टिकट दैनिक १ लाख रूपैयाँ सम्मको विक्रि गर्ने जिल्ला हुलाक कार्यालयमा दैनिक पाँच सय रूपैयाँको टिकट बिक्री हुन आजभोलि कठिन भएको कर्मचारीहरू बताउँछन् । विश्व हुलाक दिवसका अवसरमा नेपाल सरकारले “समावेशी विकास र सम्मुन्नत अर्थतन्त्रका लागि सुदृढ हुलाक सेवा” भन्ने नारा तय गरेको छ ।
लामो इतिहास बोकेको हुलाक सेवालाई नेपाल सरकारले समय सापेक्ष विकास गर्न पर्दथ्यो । तर सरकारले त्यहि नगर्दा हुलाक इतिहासका पानामा मात्र सिमित हुन पुगेको नेपाल नागरिक समाजका केन्द्रिय सदस्य पुष्कर राज रेग्मीको भनाइ छ ।
सुचना र सञ्चारको क्षेत्रमा विकासको क्रम बढ्दै गए सबै हात हातमा मोबाइल छ । हिजो चिठी पत्रबाट हुने काम आज तत्कालै मोबाइल फोनबाट सुचना प्रवाह गर्ने समय आयो । त्यसले गर्दा हुलाकको काम ओझेलमा परे जस्तै भएको कार्यालयका सुचना अधिकारी हरि प्रसाद गैरे बताउँछन् । सुचना र सञ्चारलाई विकेन्द्रित गर्ने उद्देश्यले १३ वटा इलाकामा इलाका हुलाक ५२ वटामा अतिरिक्त हुलाक कार्यालय स्थापित छन् । सुचना र सञ्चारलाई सवलीकरण गर्नका लागि टेलिसेन्टर पनि स्थापना भए । तर विडम्बना टेलिसेन्टर यतिखेर हटे जस्तै भयो । त्यहाँ कार्यरत कर्मचारीहरूको यो आर्थिक वर्षदखि म्याद थप भएन । टेलिसेन्टरका कम्प्यूटर, फोटोकपी मेसिन इलाका हुलाक कार्यालयमा प्रयोग भएका छन् । यसको प्रयोग बढी रैनादेवीको छहरा, माथागढीको झडेवा र रामपुरमा प्रयोग भएको उनले बताए ।
चिठी पत्रमा यतिखेर सरकारी नै बढी प्रयोग हुन्छ । त्यसका अलवा पत्रपत्रिका ओसार पसारका काम बढी हुन्छ । कार्यालयबाट चिठी पत्रका अलवा विदेशबाट आएको पार्सल बुझाउने, धनादेश सेवा, हुलाक बचत बैंकको समेत जिम्मेवारी थियो । तर तिनी काम आजभोलि अत्यन्तै न्युन हुदै गएकोले कार्यालयमा कार्यरत कर्मचारीहरूलाई निकै हाइसञ्चो भएको कर्मचारीहरू स्विकार गर्दछन् ।
नेपालमा जब सूचनाको हक प्रत्याभूत दिलाउन संविधान मै उल्लेख गरि राष्ट्रिय सुचना आयोगको स्थापना भएपछि हुलाक कार्यालयको एकातर्फ जिम्मेवारी र दायित्व बढेको निमित्त कार्यालय प्रमुख कासी अधिकारी बताउँछन् ।
सरकारी कार्यालयहरूमा सुचना अधिकारी नियुक्त भएको, नभएको जस्ता कार्यको नियमित अनुगमन, आयोगको कार्यालयमा मासिक रिर्पोटिङ गर्नुपर्ने बाध्यताका कारण सबै कार्यालयहरूमा सुचना अधिकारी नियुक्ति भएका छन् । राज्यले हुलाक कार्यालयलाई जति काम दिनुपर्ने हो त्यति मात्रामा काम नदिएको उनले स्विकार गरे ।
हुलाक कार्यालयलाई लोकसेवा आयोगको फारम, त्यसबापतको दस्तुर संकलन गर्ने जिम्मेवारी दिएको छ । तर त्यतिले मात्र नभइ यसलाई अझ बढी प्रभावकारी बनाउनका लागि राहदानी फम वितरण राजस्व संकलन, टेलिकमबाट वितरित मोबाइल फोनको रिचार्ज कार्ड वितरण, विद्युत खानेपानी, टेलिफोनको महसुल बुझ्ने सेवा समेत प्रवाह गर्न सकियो भने सबै कर्मचारीहरू व्यस्त हुने जनतालाई सेवा प्राप्त गरेको अनुभुति हुने निमित्त प्रमुख अधिकारीको भनाइ छ ।
हुलाकले यतिखेर पाँच सय बाट सम्मको एफ.एम रेडियोको नविकरण, पत्रपत्रिका, केवुल टिभीको नविकरण राजस्व संकलन स्थानीय सञ्चार माध्यमको अनुगमन गर्ने कार्य भएपनि कर्मचारीलाई आवश्यक मात्रामा काम नपुगेको कर्मचारीहरूको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission