© २०२३
आफूलाई जंगलको ‘राजा’ मान्ने राउटे समुदायका मुखियाँ सहित तीन जना राउटे संघीय राजधानी काठमाडौं हिँडेका छन् । सुर्खेतको लेकवेशी नगरपालिका–९ गंगटेमा बस्दै आएका राउटे समुदायका तीन जना ‘जनता’सहित मुखिया सोमबार संघीय राजधानी हिँडेका हुन् ।
राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान नेपालको संयोजनमा प्रधानमन्त्री केपी शर्मा वलीलाई भेट्न मुखियाँ हरिबहादुर शाही सहित तिनजना राउटे काठमाडौं हिँडेका छन् । चार्डपर्व नजिकिएसँगै प्रधानमन्त्रीसँग भेट गर्ने र ‘जनता’ का गुनासो सुनाउन काठमाडौं जान लागेको राउटे मुखीया हरिबहादुर शाहिले बताए । जंगल फडानी बढेसँगै राउटे समुदायले काठका सामग्री बनाउन छोडेका छन् ।
काठका सामग्री वेचेर जीविकोपार्जन गर्दै आएका राउटेहरू पछिल्लो समय परनिर्भर बन्दै गएका छन् । दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटे सुर्खेतको लेकवेशी केही दिन पहिले वस्ति सरेका थिए । गुरास गाउँपालिकाले राउटेलाई अस्थायी परिचय पत्र वितरण गरेपनी उनीहरू स्थायी रूपमा एकै ठाउँमा बस्न नसक्ने भन्दै सुर्खेत झरेका थिए । ‘गाउँपालिकाले परिचय पत्र दिएको थियो, घरमा परिचय राखेपछि जंगलमा भएको सिकार समेत जाल (पासो) मा परेन’ शाहिले भने,‘त्यही भएर परिचय पत्र जंगलमै फालेर वस्ति सुर्खेत झ¥यो ।’
दशै नजिकिएसँगै प्रधानमन्त्री केपी शर्मा वलीलाई भेटेर दशै खर्चसँगै राउटेका लागि निती बनाउन माग गर्ने योजनासहित राजधानी हिडेको मुखिया हरिबहादुरले बताए । मुखीया शाहिले वस्ति जहाँ स¥यो त्यहि ठाउँबाट राज्यले दिने सामाजिक सुरक्षा भक्ता पाउनुपर्ने बताए । ‘भत्ताका लागि परिचय पत्र चाहिदैन्’ उनले थपे,‘ परिचय पत्र राखेपछि सिकार गयो की बाँदर एउटा पनि परेन् । गाउँपालिकाबाट दिएको परिचय पत्र जंगलै फालिदिऔं ।
त्यसैले परिचय पत्र भन्दा भत्ता दिने नीति चाहियो ।’ उता राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान की केन्द्रिय अध्यक्ष सत्यदेवी खड्का अधिकारीले भने राउटे दशैमाग्न नभई आंफुहरूका लागी गास, बास र कपासको व्यवस्था गरिदिनका लागी आग्रह गर्न गएको संघीय राजधानी काठमान्डौं गएको बताएकी छन् । उनले भनिन् ‘ राउटेहरू अब जंगलको भरमा मात्रै बांच्न सम्भव छैन ।’ कर्णाली प्रदेश सरकारले राउटेहरूका लागी गास, बास र कपासको व्यवस्था गर्नका लागी पहल नगरेपछि उनीहरू संघिय राजधानी काठमाडौंमा प्रधानमन्त्रीलाई भेट्न गएको खड्काले बताएकी छन् । à