© २०२३
लमही, २६ पुस ।
लमही नगरपालिका वडा नम्वर ९ पूर्व पश्चिम राजमार्ग उत्तर दक्षिण १ हजार विगाहमा फैलिएको रिहार क्षेत्र सरकारको १ सय पर्यटकीय गन्तब्यको छनोटमा परेको छ । रिहारको धार्मिक महत्वलाई बुझेर नेपालभित्र मात्र होइन, भारतका विभिन्न जिल्लाबाट समेत तीर्थालु भक्तजन यात्रीहरु वर्षेनी आउने गरेका गर्दछन ।
लमही देखि २१ किलोमिटर पश्चिममा पर्ने रिहार धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र धार्मिक सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको धामको रुपमा चिनिन्छ ।
बागरबाबाको पूजापाठ गर्ने र आशीर्वाद भाक्लन माग्ने भाक्कल पुरा भए पछि पून आउने प्रचलन परापूर्बकालदेखि नै चल्दै आएको स्थानीय जानकार चित्र वहादुर वलीले बताए ।
मन्दिर आउने अधिकांश भक्तजन सन्तान प्राप्तिको भाकल गर्छन, त्यो पनि ठूलो स्वरमा चिच्याएर भाक्कल माग्ने गर्दछन ।
थारु र यादव समुुदायका मानिसहरु पूजारी रहने रिहारमा बगारबाबासहित देव देवीका मन्दिरहरु पनि छन भने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिवमन्दिर सूर्यकुण्ड, तप्तकुण्डसमेत रहेका छन । श्रर्दालुहरु उक्त स्थानको तप्तकुण्डमा डुवुल्की मारेमा शरिरमा भएको छालाजन्य रोग निको हुने मान्यता रहेको स्थानिय वयवृद्ध चित्र वहादुर वली वताउछन ।
सोही मान्यताका साथ पनि भारतको उत्तरप्रदेश ,विहार लगायतवाट वर्षेनी हजारौ तिर्थालु आउने गर्दछन ।
केही वर्ष अघाडी सम्म सो तप्तकुण्डमा पानी यति तातो हुन्थ्यो चालम पोका पारेर डुवाएको केही समयमै भात पाक्थ्यो वली भन्छन े । अहिले यति तातो त छैन तर पनि अन्य स्थानको भन्दा तातो हुन्छ उनले भने ।
प्रत्येक वर्षमा माघे संक्रान्तिको अघिल्लो दिनदेखि एक हप्तासम्म मेला लाग्ने गर्दछ,।
माघे संक्रान्ति नजिकिएसँगै रिहारमा पर्यटनको उपस्थिति बाक्लिन थालेको छ ।
धार्मिक क्षेत्र भए तापनि यस पटक आन्तरिक तथा बाह्य पर्यटकहरुको मनोरञ्जनका लागि समितिले चासो देखाउन थालेको छ । ‘यस बर्षदेखि हामीले यहाँ घुम्न आउने भक्तजनका लागि तालमा मोटरेबल बोटको बेवस्था र अन्य मनोरञ्जन क्षेत्रको समेत बेवस्था गरेका छौँ’, बगारबाबा धार्मिक पर्यटन विकास क्षेत्र समितिका अध्यक्ष रविन्द्र खत्रीले भने । समितिले रिहार क्षेत्रमा पिक्निक स्पोर्ट बनाउने योजनासमेत बनाउन लागेको छ ।
रिहार क्षेत्र धार्मिक हिसाबले मात्र आकर्षक छैन, चुरे पहाडको फेदीमा छ । ठूलो ताल, वरपर घना जंगल, चराचुरुङ्गीको चिरचिर आवाज र मनमोहक दृश्यले पर्यटकहरुलाई लोभ्याउने गर्दछ । यस क्षेत्रको विकासका लागि स्थानीय सरकारले पनि लगानी गर्दै आएसँगै अन्य निकायसँग पहल गरिरहेको वडा नं ९ का वडाध्यक्ष भेषबहादुर केसीले बताए ।