ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

घटना भए पाँच मिनेटमा प्रहरी

२२ आश्विन २०७५, सोमबार
२२ आश्विन २०७५, सोमबार

आउँदै गरेको पर्वहरूलाई लक्षित गरि रूपन्देही प्रहरीले बिशेष सुरक्षा ब्यवस्था लागू गरेको छ ।  जिल्ला सुरक्षा समितिको बैठक बसी जिल्लामा शान्ति सुरक्षाको लागि सुरक्षा रणनीति तयार गरिएको हो ।भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सुरक्षा रणनीति सार्वजनिक गरेको हो । कार्यक्रममा बोल्दै रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले घटना भएको ठाउँमा ५ मिनेटमा प्रहरी पुग्ने गरि तयारी अवस्थामा राखिने दाबी गरे । उनले यसको लागि क्वीक रेसपोन्स टीम तयारी अवस्थामा राखिने उनले बताए । (दशैं, तिहार र छठ लक्षित गरि प्रहरी कमाण्ड पोष्ट सहित सादा पोशाकमा सुरक्षाकर्मी खटाउने योजना बनाएको छ । प्रहरी प्रमुख थापाको नेतृत्वमा रहने गरि १० जनाको टोली भएको कमाण्ड पोष्ट खडा गरि समग्र सुरक्षा रणनितिको निर्देशन तथा अनुगमन गर्ने छ । यसै गरि ५ जना प्रहरी नायब निरिक्षकको कमाण्डमा ४२ वटा पिकेट÷चेकिङ्ग टोली बनाईएको छ । २ सय ९४ जना सुरक्षाकर्मि समावेश रहनेछन् । यसमा पैदल गस्ती, मोटरसाईकल गश्ती, गाडी मोबाईल तथा चेकिङ्ग, राजमार्गमा क्रस पेट्रोलिङ्ग गरिने थापाले बताए । दशैं तथा तिहारलाई लक्षित गरि सार्वजनिक भाडाका गाडीमा हतियार सहितका प्रहरी खटाईने तथा जिल्लामा हुने सांस्कृतिक कार्यक्रममा समेत प्रहरीले सुरक्षा दिने उनले बताए । यी सबै कार्यका लागी जिल्लाभरिमा ८ सय ७४ प्रहरी खटाईने उनले बताए ।
यसको लागी मानवश्रोत, ईन्धन लगायतको सम्पूर्ण ब्यवस्था गरिएकोले अहिले पहिले जस्तो समस्या नआउने उनले बताए । “प्रहरीको बिदा पनि काटिएको छ, पर्वको अवधिभर प्रहरीलाई बिदा दिइनेछैन ।” थापाले भने । शहरी केन्द्रको साथै ग्रामीण क्षेत्रमा पनि सुरक्षाको उत्तिकै प्रवन्ध गरिएको उनको भनाई छ ।
प्रहरीले चाड पर्वलाई लक्षित गरि सर्वसाधारणलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ । पर्वमा सबै जना घर छोडी अन्यत्र जाने र घरमा चोरी हुन सक्ने भएको हँुदा सबैलाई घर नछोड्न अनुरोध गरेको छ । यसै गरि आफ्नो टोलमा आउने अपरिचित ब्यक्ति माथी निगरानी गर्न तथा त्यस्तो व्यक्तिबारे प्रहरीलाई जानकारी दिन पनि आग्रह गरिएको छ । यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान तथा रातको समयमा घर वरीपरी पर्याप्त प्रकाशको व्यवस्था गर्न प्रहरीले अनुरोध गरेको छ । यसैगरि गरगहना र ठूलो मात्रामा रकम घरमा नराख्न र घर बन्द गरी बाहिर जानु परेमा छिमेकीलाई खवर गरी जान प्रहरीले अनुरोध गरेको छ । प्रहरीले तिहारमा सीमा पारीबाट आतिशबाजीका लागी पटका ल्याए बिष्फोटक पदार्थ सम्बन्धि ऐनमा कार्यवाही गर्ने चेतावनी दिएको छ । बिष्फोटक पदार्थमा कारबाही भए ३ बर्ष सम्म कैद तथा ३० हजार सम्म जरिवानाको ब्यवस्था गरिएको छ ।
नागरिकहरूको सुरक्षा तथा उनीहरूको गुनासो सुन्न ठाउँ ठाउँमा नागरिक सहायता कक्ष र यात्रु सहायत कक्ष राखिएको छ । रूपन्देही प्रहरी प्रमुख एसपी ह्ृदय थापाले बिशेष गरि व्यक्ति तथा सम्पत्तीको सुरक्षा, आर्थिक कारोबार हुने बैंक तथा बित्तिय संस्थाहरू, गर गहना पसलहरू, स्वदेश तथा बिदेशबाट घर फर्कने यात्रीहरू, लामो रुटको सवारी साधन, महत्वपूर्ण प्रतिष्ठानहरू, भिभिआइपी तथा भिआईपीहरूको कार्यक्रम तथा उनीहरूको निवास, सरकारी कार्यालयहरू, घर खाली गरी अन्यत्र जानेहरूको सम्पत्ती, साँस्कृतिक कार्यक्रमस्थल लगायतका स्थानमा आफ्नो निगरानी बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission