© २०२३
५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको संवृद्धिको लागि साहित्यकार र लेखकहरूको अहंम् भुमिका रहने बताएका छन् । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालले सातौ वार्षिकोत्सवको अवसर पारि आयोजना गरेको प्रदेश समिति गठन, कार्यालय उद्घाटन, स्रष्टा सम्मान, कृति विमोचन तथा रचना वाचन कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले कपिलवस्तु एक प्राचिन ईतिहास बोकेको जिल्ला भएको र यसलाई अझै पनि प्रदेश सरकारले पर्याप्त विकास गर्न नसकिएको बताए ।
वाणगंगा नगरपालिका वडा नं. ९ कपिलधाममा आयोजना गरिएको उक्त कार्यक्रममा उनले प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन गर्दै दबिएका तथा लुकेका साहित्कारहरूको खोजि गरि उनिहरूका भावनालाई उजागर गर्ने जिम्मा प्रदेश सरकारको भएको जिकिर गरे । त्यस्तै पोख्रेलले ईतिहास बोकेको कपिलधाममा एक स्रष्टा वरावर एक वृक्षरोपण गरेर उक्त स्थानलाई प्रदेशकै नमुना बनाउनँ आग्रह गरेका छन ।
प्रतिनिधि सभा सांसद अतहर कमाल मुसलवानले कपिलवस्तु जिल्ला र कपिलधामलाई अगाडि बढाउँन धर्म र संस्कृतिले विशेष भुमिका खेल्ने बताए । उनले जुन धर्म, संस्कृतिको पालना गरेपनि सबै नेपालीहरू एक भएको समेत बताए ।
त्यस्तै प्रदेश सांसद विष्णु पन्थिले निर्वाचनको वेला जुन राजनितिक पार्टिको पक्षमा रहेपनि अव भने सम्पुर्णको ध्यान विकास र संवृद्धिमा केन्द्रित हुन आवश्यक रहेको बताए । उनले ब्यक्तिलाई शत्रु मान्नु भन्दा वेरोजगारि, पछौटेपन, गरिविलाई शत्रु मानेर अगाडि बढ्यो भने प्रदेश संवृद्ध बन्ने बताए । प्रदेशको विकासका लागि सांसद पन्थिले मुख्यमन्त्रि सामु विभिन्न विकासका पुर्वाधारहरूको वारेमा अवगत गराएका थिए ।
भौतिक विकास संगसंगै साहित्य र कलाको पनि उत्तिकै महत्व भएको उनको भनाई छ । लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालिले प्रतिष्ठान स्थापनाकाल देखि हालसम्मको गतिविधिको वारेमा स्पष्ट पारेका थिए । कार्यक्रम मार्फत योग सादना प्रयोग, समिक्षा प्रयोग र प्रेरणा नामक कृतिहरूको पुस्तक पनि विमोचन गरिएको छ । उच्च अदालत तुल्सिपुर वुटवल ईजलासका न्यायधिस वामदेव ज्ञवालि, वालकृष्ण ज्ञवालि, कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य लगायतले मन्तब्य दिएका थिए ।