© २०२३
रुपन्देहीको सालझण्डी–सन्धिखर्क–बाग्लुङको ढोरपाटनसम्म निर्माणाधीन सडक खण्डबाट अर्घाखाँची पटौटी–दुर्गाफाँट–खज्र्याङ–सीमिचौर–तम्घास सडक धमाधम निर्माण भैरहेको छ । सम्पन्न भएपछि त्यही बाटो गाडी चढेर बुटवल पुग्न गुल्मीबासी आतुर नै छन् । सालझण्डी देखि पटौटीसम्म डबल कटिङ सडक छ ।
पटैटीबाट तम्घाससम्म ३४ किमी सडक पाँच वर्षदेखि धमाधम निर्माण भैरहेको छ । यसैवर्ष पटैटी देखि दुर्गफाँटसम्म ७ किमी सडक ग्राभेलको काम ६ करोड रूपैया“को लगानीमा भैरहेको छ । पटैटी–तम्घाससम्म १३ करोड रूपैया“को लगानीमा सडक निर्माणको काम जारी छ । ६ करोडमा खज्र्याङ–राङवाससम्म कल्भट, मसिनरी वाल, टेवा पर्खाल निर्माणको काम पनि भैरहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजनाका इन्जिनियर अशोक पौडेलले बताए । सीमिचौर–देउरालीसम्मको सडक निर्माणको लागि एक करोड २५ लाख रूपैया“ लगानीमा काम भैरहेको छ । यो सडक निर्माण सम्पन्न भएर गाडी चलेपछि गुल्मीबासीलाई धेरै राहत हुन्छ । तम्घासबाट तानसेन हु“दै बुटवल आवतजावत पटैटी हु“दै बुटवल आउजाउ गर्न दुरी छोटो पर्छ । तम्घास–तानसेन–बुटवल एक सय १५ किमी दुरी छ । तम्घास–पटैटी–सालझण्डी–बुटवल सडक ९५ किमी छ । २० किमी छोटो हुन्छ । सडक पुरै निर्माण गर्न सरकारस“ग थप बजेट माग गरेको उनले बताए । निर्माण सम्पन्नपछि अर्घाखा“चीको खिदिम, चिदिका सहित गुल्मीका सर्वसाधारणलाई यात्रा सहज हुने र उत्पादिन वस्तु तराई पु¥याउन फाइदा हुने उनले बताए । पटैटी–तम्घास सडकको चौडाई दस मिटर हो । तर ठेकेदारले समयकै काम नगर्दा ढिलासुस्ती भएको छ ।
यो सडक छिटै निर्माण भएर छिटै गाडी सुचारु होस भन्नेमा गुल्मीवासी छन । ‘गुल्मीको लागि धेरै फाइदा हुन्छ,’ उद्योग वाणिज्य संघका महासचिव तारा भुसालले भने, ‘दुरी छोटो भएकाले ढुवानी खर्च कम भएपछि सामान सस्तो हुन्छ । डबल कटिङ र सजिलो सडक भएकाले यात्रा सहज हुन्छ ।’ तम्घास देखि बुटवलसम्म यात्रा जोखिमपूर्ण नै रहेको उनले बताए । तम्घास–रिडी झनै जोखिम छ । पाल्पाको जोर्तेको डरलाग्दो सडक पार नगर्दासम्म मन त्रसित हुने भुसालले बताए । तम्घास–पटौटी सडक निर्माण भएपछि फराकिलो र डरलाग्दो पहाडको बीचबाट सडक नभएकाले यात्रा गर्न ढुक्क हुने उनले बताए । सालझण्डी–पटौटी ४२ किमी सडकको ग्राभेल, नाली काटने काम धमाधम भैरहेको छ । तम्घास–पटैटी सडकमा गाडी सुचारु भएपछि पर्यटकीय स्थल रिडी र रेसुङामा पर्यटक भित्राउन सजिलो हुने उनले बताए ।
लुम्बिनी आएका पर्यटक पूर्व–पश्चिम राजमार्ग सालझण्डीसम्म सहजै आउ“छन । त्यहा“बाट पाल्पाको सत्यवती र अर्घाखा“चीको पटैटीबाट सिधै खज्र्याङ हु“दै तम्घाससम्म पनि सडक सजिलो र दुरी छोरो भएपछि रेसुङा लगायत गुल्मीका धेरै धार्मिक पर्यटकीय ठाउ“मा स्वदेशी तथा विदेशी पर्यटक भित्राउन सकिने राम्रो संभावना छ ।
अर्घाखा“चीको खिदिम, पोखराथोक, पटैटी, नियाली कृषि उत्पादन क्षेत्र भएकाले यहा“को उत्पादन तराई पु¥याउन धेरै सजिलो हुने देउरालीका कृषक शंकर घिमिरेले बताए । अहिले पनि यो बाटो बस, ट्रक चल्छन । पीच भएपछि सजिलो हुन्छ । पटैटी–तम्घास सडक सञ्चालन गर्न सांसद भएको बेला कांग्रेस नेता चन्द्र भण्डारीको पहलमा शुरु भएको हो । गुल्मीको तम्घासबाट बुटवल जा“दा÷आउ“दा पाल्पाको जोर्तेमा करिब एक किमी सडक पार गर्दा सीमिचौरकी जानुका पाण्डेको मन थरर काप्छ । डरलाग्दो भीरको छा“गोको बीचबाट छेडेर बनाइएको सडक उकालो, सा“धुरो र ग्रेड नमिलेको छ । सडक पार गर्दा चालक पनि सर्तक हुन्छन । त्यो भन्दा अझै जोखिम सिद्धबाबा क्षेत्रको सडक पार गर्दा हुन्छ । ‘तम्घास–रिडी–तानसेन–बुटवलसम्म धेरै ठाउ“ त्रासमै यात्रा गर्नुपर्छ,’ उनले भनिन्, ‘तम्घासबाट हिँडेपछि बुटवल नपुग्दासम्म घरपरिवार ढुक्क हु“दैनन । पहाडै पहाडको बीच बाटो र सा“धुरो भएकाले गाडी हु“इकिदा डरै लाग्छ ।’
तम्घास–बुटवल बस गुडाउने चालक विमल विक पटौटी–तम्घाससम्म निर्माण भैरहेको सडकबारे जानकार छन् । ‘सिद्धबाबामा माथिबाट ढुंगा खस्ने भएकाले कसरी पार गर्ने भन्नेमा मनमा डर लाग्छ,’ उनले भने, ‘पाल्पाको जोर्तेको उकालो उक्लदा र ओरालो झर्दा ब्रेक फेल हुने, ब्रेक चिस्याएर झार्नुपर्ने र अत्यन्तै सर्तक भएर पार गर्नुपर्छ ।’ पटैटी–तम्घास सडक निर्माण सम्पन्न भएर सञ्चालन भएपछि गाडी चलाउन सहज होला भन्ने आशामा रहेको उनले बताए । तम्घास–पटौटी–सालझण्डीसम्म खोला किनारा र समथर बस्ती बीचबाट डबलक कटिङ सडकमा यात्रा सहज हुनेमा सबै विस्वस्त छन् ।