© २०२३
तिलोत्तमा । तिलोत्तमानगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिबेशनको प्रथम बैठक सुरु भएको छ । नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा नगरसभाले , नगर उपप्रमुख जगेश्वरदेवि चौधरीबाट प्रस्तुतगरिएको विभिन्न प्रस्ताबमा निर्णय गरेको छ ।
हाल सम्मकाकार्यपालिकाका निर्णयहरुको अनुमोदन, विभिन्नआ।ब।माकायमभएकानियमित गर्नुपर्ने बेरुजुका सम्बन्धमा छलफल भइ समपरिक्षणका लागिमहालेखापरिक्षक समक्ष पेश गर्ने निर्णय, आर्थिक ऐन २०७९ प्रथम संशोधन बिधेयकलाई छलफल सहित सर्बसम्मतपारित, एकीकृत सम्पत्ति,घर,जग्गा,बहाल करको दायरा ब्यबसायिक कर तथाहालसम्मन्यायिक समितीको प्रतिबेदन उपर छलफल र अनुमोदनलगायतका निर्णयहरु भएका छन्।
नगरसभाले तिलोत्तमानगरपालिकाको हाल सम्मकाकार्यपालिकाका निर्णयहरुमाआएका जिज्ञासा तथाप्रश्नहरुको जवाफतथा सहजीकरण उपप्रमुख जगेश्वरदेवि चौधरी र नगरप्रमुख रामकृष्ण खाणले गर्नुभएको थियो। नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझाव सहितकार्यपालिका सदस्य ,नगरसभाका सदस्यहरुले राख्नुभएको भनाई र नगरको प्रसासनिकनीतिको नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत नारायण अर्यालले आबश्यक सहजीकरण गरेका थिए ।
नगरसभामा सबै वार्ड अध्यक्ष एबम कार्यपालिका सदस्य, नगरसभा सदस्यतथाशिक्षायुवातथा खेलकुदशाखाप्रमुखगंगारामआचार्य, प्रशासन योजनातथाअनुगमनशाखाप्रमुखमाधवपोखरेल,लेखाप्रमुख रमेश बश्याल,सूचनाप्रबिधिप्रमुख ई.सुदिप ढकाल लगायतबिषयगतकर्मचारीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो।