© २०२३
नेपालीहरूको महान चाड दसैं तिहारलाई लक्षीत गरी बुटवलको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरीएको हो । चाडवाडका बेला बसपार्कमा भीडभाड हुने हुँदा यात्रुहरूको सहयोगका लागि प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले बसपार्कमा शुक्रबार यात्रु सहायता कक्ष स्थापना गरेको हो । यात्रु सहायता कक्षको सुभारम्भ गर्दै प्रदेश नम्बर–५ ट्राफीक प्रहरी कार्यालय बुटवलका निर्मित प्रमुख प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले यात्रा गर्न आउने यात्रुलाई हुने सबै समस्या न्यूनीकरण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको बताए । सुरक्षित सहज दुर्घटनारहित यात्रा गराउने सबैको दायित्व भएको भन्दै ट्राफीक प्रहरी, नेपाल पुलीस, ब्यबसायी, चालक सबैको सहयोग अनिबार्य भएको बुढाथोकीले बताए । उनले बसपार्कमा हुने भिडभाडमा सहज यात्रा गर्न नसक्ने असहाय, अपांग, अशक्तलाई सहयोग गर्न हेल्प डेक्स स्थापना गरेको बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले चाडबाडमा हुने चोरी रोक्न बसपार्क तथा बिभीन्न सवारी हरूमा साधा पोसाकमा तथा हतियारसहीत प्रहरी परिचालन गर्न बताए । कुनै ब्यक्तिमाथि शंका लागे नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन् । यता पश्चिम नेपाल बस ब्यबसायी संघका सचिब रामचन्द्र भुसालले दसैं तिहारमा हुने यात्रु चापलाई सहज बनाउन पर्याप्त रूपमा बसको ब्यबस्था गरिएको बताए । उनले यात्रुलाई सजिलो होस् कुनै यात्रु नठगिउन भन्ने उद्देस्यले सबैले देख्नेगरी भाडादरको बोर्ड समेत राखीएको बताए । सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेलबासेले सहज यात्रा दुर्घटना रहीत गन्तव्य बनाउन यात्रु, चालक र सडकमा खटीने ट्राफीक प्रहरीको भुमिका मुख्य हुने बताए । ट्राफीक प्रहरीको झर्काे बोली र साना कुरामा लामो बिबादले दुर्घटना हुने गरेको भन्दै सबैले यसमा सुधार गर्नु जरुरी रहेको बताए । कार्यक्रममा पत्रकार बिश्वास ढकाल, प्रहरी निरीक्षक गंगा बहादुर सारु, अमर थापा क्षेत्री लगाएतले यसपालीको चाडहरूमा यात्रुहरूले सहज र दुर्घटना रहीत यात्रा गर्नेमा आशाबादी रहेको बताएका थिए ।