© २०२३
प्यूठान, ३० कार्तिक ।
‘फोहोरबाट मोहोर’ कमाउने उद्देश्य सहित निर्माण भएको फोहोर व्यवस्थापन केन्द्र मोहोर खर्चिने भएको छ । प्यूठान नगरपालिका–४ विजुवार झिमरुक नदी नजिक निर्माण भएको केन्द्र सञ्चालनमा कठिनाइ भएको हो ।
फोहोर व्यवस्थापनको जिम्मा पाएका झिमरुक पशुपन्छी कृषि फर्मका व्यवस्थापक छविलाल थापाले फोहोर वर्गिकरणमा बजारबासीले लापरबाही गर्ने र फोहोर व्यवस्थापनका आधुनिक प्रविधि नहुँदा उद्देश्य विपरित परिणाम देखिएको बताए । ‘सुरुमा नगरपालिकाले उपलब्ध गराएका प्रविधि संस्ता खालका भए, ती प्रविधिबाट उत्पादन गर्न समस्या भयो, नयाँ प्रविधि भित्र्याउन ६० लाख भन्दा वढी पर्दछ’ थापाले भने ।
केन्द्रमा नगरपालिकाले नगरपालिकाको बजारहरू क्वाडि, जुम्री, बिजुवार बाग्दुला, खप्रेङखोला, दम्ती र मरन्ठाना बजार क्षेत्रबाट फोहोर सङ्कलन गरी केन्द्रसम्म पू¥याइदिन्छ । व्यवस्थापन केन्द्रबाट वर्गिकरण गरी विक्री योग्य बनाइन्छ । प्लाष्टिक र गत्ताहरू भैरहवा पठाइन्छ भने कुहिनेबस्तुबाट मल बनाउने काम भइरहेको छ । नगरबासीले कुहिने, नकुहिने, प्लाष्टिकजन्य, सिसाहरू मिसाउँदा वर्गिकरणमा लागत बढ्ने गरेको छ । २०७३ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएका थापाले बजेट अभावका कारण प्रविधि र प्रविधि नहुँदा फोहोर व्यवस्थापनमा कठिनाइ भइरहेको समेत बताए ।
आ.व. २०८०/०८१ मा मात्रै प्यूठान नगरपालिकाले स्थानीयसँग शुल्क उठाएको छ । कोभिडको समयमा रोकिएको शुल्क समेत गरी २५ लाखको लक्ष्य राखिएकोमा १२ लाख ५० हजार ४ सय ५० रूपैयाँ राजस्व सङ्कलन गरेको राजस्व शाखा प्रमुख वर्षा पाण्डेले बताइन । कोभिडको कारणले रोकिएको शुल्क समेत गरी गत आर्थिक वर्षमा यो राजस्व सङ्कलन गरेको हो ।
फोहोर फाले वापत् घरबाट उठाएको राजश्व नगरपालिकाको आन्तरिक आम्दानीको रूपमा रहेको छ । राजश्व उक्त रकम क्वाडि जुम्री र बिजुवार बजार क्षेत्रबाट उठेको नगरपालिकाले जनाएको छ । बाग्दुला, खप्रेङखोला,दम्ती र मरन्ठाना बजार क्षेत्रबाट रकम उठ्न बाँकी रहेको शाखा प्रमुख पाण्डेले बताइन् ।
नगरपालिकाले फोहोर उठाएबापत बजार क्षेत्रका प्रत्येक घर बाट एक सय रूपैयाँ शुल्क लिने गर्दछ । शुरुमा प्रत्येक वजारमा फोहोर व्यवस्थापन समितिहरू गठन गरी उसै मार्फत शुल्क उठाउने गरेकोमा पछिल्लो समय नगरपालिकाले फोहोर फाले वापत् आफै शुल्क उठाउन थालेको हो । तर फोहोर फाल्ने घरधुरीको एकिन नगरी हचुवाको भरमा शुल्क उठाउँदा नगरपालिकालाई वर्षेनी राजश्व क्षति पुगेको छ । राजश्व कति उठ्छ ? भन्ने तथ्यांक संकलन भइरहेको नगर प्रमुख विष्णुबहादुर योगीले जानकारी दिए ।
तत्काल रु ६ लाख विनियोजन गरी उपलब्ध गराउने, दैनिक फरक फरक बजारमा पुगेर एउटा मिनिट्रकमा फोहोर सङ्कलन गरी त्यहि केन्द्रसम्म पू¥याइ दिने काम भइरहेको छ । फोहोर सङ्कलन तथा व्यवस्थापनमा नमुना योग्य पालिकामा पुगेर अध्ययन गरी सोही अनुसार योजना निर्माण गरिने, जिल्लाको सदरमुकामसँग सहकार्य गरी दुई पालिकाले संयुक्त व्यवस्थापनका उपाय खोजि फोहोरको दिगो समाधान नगरप्रमुख विष्णु योगीले बताए ।
संघीयता आउनु पूर्व जिल्ला सदरमुकाम समेत रहेको खलंगा समेत प्यूठान नगरपालिकामा पर्दथ्यो । सोही समयमा खलंगा नजिक करोडौं खर्चेर डम्पिङ साइड निर्माण गरिएको थियो । पछि प्यूठान नगरपालिकाबाट खलंगा मल्लरानी गाउँपालिकामा पुगेपछि त्यो परियोजना अलपत्र प¥यो । नगरपालिकाको प्रशासकीय भवन नजिक भएको हालको सङ्कलन केन्द्र बस्ती नजिकै रहेको छ । नगरपालिकाले दिगो व्यवस्थापन सहित उपयुक्त ठाउँ खोज्न सकिरहेको छैन् । थप अरू ठाउँहरूमा पनि डम्पीङ साइड अवलोकन गरिएको बताएपनि परिणाम देखिएको छैन । निश्चित ठाउँ, दक्ष प्राविधिक र श्रोतको अभावका कारण फोहोर व्यवस्थापन गरेर आम्दानी गर्न नसकिएको नगरप्रमुख योगी स्विकार्छन् । प्यूठान नगरपालिकाले फोहोर व्यवस्थापनको लागि दैनिक एउटा टिप्पर सञ्चालन गर्दै आएको छ । फोहोर व्यबस्थापनका लागि ३ जना कर्मचारी खटाएको छ । बिहान ६ बजे देखी दिउँसो २ बजेसम्म फोहोर सङ्कलन गरिँदै आएको नगरपालिकाले जनाएको छ ।
वर्गिकरण नभइ केन्द्रमा आएको फोहोरको थुप्रोले स्थानीयलाई समस्यामा पारिरहेको छ । केन्द्रले नगरपालिकालाई घरमै वर्गिकरणका लागि ५० वटा भन्दा बढी निवेदन पेश गरेको बताउँछ । पालिकाले फोहोर सङ्कलनका लागि अडियो मार्फत सचेत गराइएको बताउँछ । तर त्यसको कार्यान्वयन नहुँदा फोहोर एकै ठाउँमा घुलमिल भएर आउने, केन्द्रको चउरमा लामो समयसम्म थुप्रिने समस्या भएको स्थानीय सरस्वती भुसालले गुनासो गरिन । ‘सङ्कलन गरी ल्याइएको फोहोर छुट्याएर दुर्गन्ध नहुने गरी व्यवस्थापन हुन्छ भने पनि त्यसको विपरित भयो’ भुसालले भनिन्,‘गन्ध र २४ सै घण्टा आगो लगाउँदा धुवाले विस्थापित हुने अवस्था सिर्जना भएको छ ।’ केही समय नगरपालिका र फर्मको कुरा नमिलेर फोहोर रोकिएका वेला खेतवारीमा समेत काजगले ढाकेको थियो । हाल दुगन्ध र धुवाले सताएको छ । नगरपालिकाले फोहोर व्यवस्थापनलाई बस्तीबाट टाढा पु¥याएर गर्नु पर्ने उनको माग छ ।