© २०२३
गैंडहवा, २९ कात्तिक ।
रुपन्देहीको मायादेवि गाउँपालिकामा कपडा बैंक’ को शुभारम्भ गरिएको छ । पालिकाको ब्यवस्थापनमा क्लोथ ’ बैंक प्रविधिक सहयोगमा स्थापना गरिएको हो । पालिकाले बताएको छ । प्रयोगमा नआएका कपडा, झोला, किताब, जुत्तालाई पालिकामा रहेको कपडा बैंक’ मा लगेर जम्मा गर्न सकिने बताएको छ ।
घरमा प्रयोगमा नआएका बाहिरी वातावरणमा कपडा जलाउदा असर गर्ने भएकाले यस्ता संकलित कपडा, किताब, जुत्ता, झोलालाई क्लोथ एन्ड फुड’ बैंकले रिसाइकल’ (पुन चक्रण) गरेर विपन्न वर्गलाई वितरण गरिनेछ । रिसाइकल गरिएका कपडा लगायतका सामानलाई आकर्षक प्याकेज’ गरी बैंकले आफ्नो शो रुम’ मा राख्नेछ र आवश्यक पर्ने जो कोहीले शो रुम’मा गई यस्ता कपडा र झोला निः शुल्क लिन सक्नेछन् ।
साथै बैंकले विपन्न तथा गरिब वर्गलाई उनीहरुको घर घरमै कपडा र झोला वितरण गर्दै आपत विपतमा परेको घर परिवारलाई समेत सहयोग गर्दै आएको क्लोथ ’ बैंक केन्द्रीय अध्यक्ष कमल जि. सि. ले जानाकारी गराए । उनले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताए ।
उनका अनुसार बैंकले ‘रिसाइकल’ लागि तिलोत्तमा नगरपालिकामा अफिस सञ्चालनमा ल्याएको र हाल सम्म १६० बढी स्थानीय पालिकासँग सहकार्य गरेको बताए । रुपन्देहीका बिभिन्न पालिकाहरुमा पनि यो भन्दा अगाडि नै कपडा बैंक’सञ्चालनमा आईसकेको र मायादेवि गाँउपालिकामा पनि संचालन भएको बताए । लुम्बिनी प्रदेश सांसद शान्ती लोधको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली, वडा अध्यक्ष, जनप्रतिनिधि हरु लगायतको उपस्थिति थियो ।
कार्यक्रमको अवसरमा बोल्दै लुम्बिनी प्रदेश सांसद शान्ती लोधले बैंकमा पैसा जम्मा गरेजस्तै कपडा बैंकमा पनि कपडा जम्मा गर्न पालिकाका सम्पूर्ण स्थानीयलाई व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै गायँपालिकाका अध्यक्ष धुर्व नारायण चौधरीले कपडा बैंकलाई आगामी दिनमा थप प्रवद्र्धन गर्न वडा तहमा विस्तार गर्न गाउँपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिँदै बैंकका बारेमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको बताए । यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालिले कपडा बैंकले गरेको राम्रो काम लाई पालिकाले सधै प्राथमिकताका साथ काम गर्ने बताए ।