ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

तीन दिने चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फिर्ता

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

लमही, २९ कात्तिक ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनको सिचुआन प्रान्तले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर मुख्यमन्त्री बिहीबार नेपाल फर्किएका हुन् । कात्तिक २६ गते उक्त सम्मेलनका लागि प्रस्थान गरेका मुख्यमन्त्री आचार्यको विदाइ सिचुआन प्रान्तका वैदेशिक विभागका उपमहानिर्देशक पाङग्वाङ ल्याङले तियान्फु विमानस्थलमा गरेका थिए ।

मुख्यमन्त्री आचार्यले चीन भ्रमणलाई लुम्बिनी प्रदेशको समृद्धि र विकासको लागि महत्वपूर्ण रहेको बताएका छन् । “भ्रमणमार्फत लुम्बिनी प्रदेशको विकासका एजेन्डा र योजनाहरु प्रस्तुत गर्न सफल भयौं,“ उनले भने, “लुम्बिनीमा हुने लगानी सम्मेलनको वातावरण तयार गर्नु र विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न भ्रमण महत्वपूर्ण रह्यो ।“

मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालका अनुसार सिचुआन प्रान्त र लुम्बिनी प्रदेशबीचको मितेरी सम्बन्धलाई पुनः सुदृढ बनाउने, लुम्बिनीमा लगानी भित्र्याउने, पर्यटनमैत्री योजना र पूर्वाधार निर्माण गर्ने तथा सिचुआनको देयाङ नगरसँग लुम्बिनीका नगरपालिकाहरुको मितेरी सम्बन्ध स्थापना गर्ने योजना तय गरिएको छ ।

मुख्यमन्त्री आचार्यले सम्मेलनमा सिचुआन प्रान्तका लगानीकर्ताहरुलाई लुम्बिनी प्रदेशमा लगानीको लागि आह्वान गर्दै प्रदेश सरकारले लगानीको सुरक्षामा प्रतिबद्धता जनाएको बताए । उनले बुद्ध सर्किटसँग जोड्न नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लामा मोनोरेल सञ्चालनका लागि अध्ययन गर्न विदेशी लगानीकर्तासमक्ष योजना अघि सारेका छन् ।

मुख्यमन्त्रीको टोलीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डा. सागर न्यौपाने, र मुख्यमन्त्रीकी श्रीमती दिपा आचार्य सहभागी थिए ।

लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबीचको सम्बन्ध सन् २०१९ मा स्थापित भएको थियो, जुन तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा भएको थियो। कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सहमति समेत भएको थियो ।

मुख्यमन्त्री आचार्यले भ्रमणको क्रममा पर्यटन भौतिक पूर्वाधार निर्माण, मोनोरेल सञ्चालन, लुम्बिनी प्राविधिक विश्वविद्यालयको स्थापना, चिनियाँ विधायन पद्धतिबाट लुम्बिनी प्रदेशसभा सदस्यहरुको क्षमता अभिवृद्धि, कृषक र जडिबुटी उत्पादकहरुको लागि तालिम र बजारीकरणमा सहयोग लगायतका बिषयमा चिनियाँ पक्षसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?