ट्रेंडिंग:

>> समान विकासका लागि विश्वका सभ्यताको आदानप्रदान आवश्यक : इश्वर पोखरेल >> ७० वटा लिखित प्रश्नको जवाफ माग्दै सकियो लामिछानेको बयान >> तीन दिने चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फिर्ता >> स्थानीय सरकार सवलीकरणमा नमूना संसदले भूमिका खेल्दै >> मानव सेवा आश्रमको भवन निर्माण गर्न महायज्ञ >> मायादेवी गाउँपालिकामा कपडा बैंक स्थापना >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> नेपालले बंगलादेशलाई विद्युत बेच्ने बाटो खुल्यो, यो बर्ष शुक्रबार एकदिन मात्र बिक्री गर्ने >> काँग्रेसले कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा चौधरीलाई उम्मेदवार बनाउने >> विश्व मधुमेह दिवसमा साइक्लोथन >> गुरुयोजना अनुसार फुलबारीको पूर्वाधार निमार्णमा जोड >> नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक बन्द >> नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण, डिसेम्बर अन्त्यबाट काम शुरु हुने >> भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा >> न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> सुरक्षाको घेरामै रविको तेस्रोे दिनको बयान सुरु, आजै सकिने >> ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> धितोपत्र बोर्डको अध्यक्ष छनौट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो >> हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु >> डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने >> ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर ! >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> सिद्धार्थनगरद्वारा कृषकलाई उन्नत गहुँको बीउ बितरण >> बाणगंगाका कृषकलाई अनुदानमा गहुँको बीउ >> विश्व मधुमेह दिवस, सावधानी अपनाऔं >> राष्ट्रिय स्वतन्त्र पार्टीमाथि शंका किन बढ्दैछ ? >> तराईमा लहलह कोदो >> रुन्टीगढी ४ मा चुनावी सरगर्मी बढ्यो >> धानको परालः जलाए प्रदूषण, दान दिए पुण्य >> रवि लामिछानेसँग आज पनि बयान लिइने >> देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : तराईमा हुस्सु लाग्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> रुपन्देहीका ज्ञवालीलाई बिदाई >> नौ घण्टाको बयानमा लामिछानेले दिए बाझिने जवाफ >> प्रतिबन्धित १३ हजार ट्रामाडोल क्याप्सुलसहित युवक पक्राउ >> रास्वपाले छान्यो स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार, को को छन् ? >> धनराज गुरुङसँग सिआइबीले लियो बयान >> नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट >> यूएइले दियो नेपाललाई ८४ रनको चुनौती >> बुटवलमा भित्रदै ‘चिनो नेपाल’ >> नेप्सेमा १४ अंकको गिरावट, करिब ८ अर्बको कारोबार >> युएईले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै >> निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग पनि सोधपुछ >> बक्यौता रकम नतिरे उद्योगीको लाइन फेरि काट्छौं- कुलमान घिसिङ >> कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्छौं- प्रधानमन्त्री ओली >> १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाइने >> इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण खरानीको बादल, कैयौं उडान रद्ध >> करेन्ट लगाइ माछा मार्दा मृत्यु >> जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौँको अवलोकन भ्रमणमा

हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

काठमाडौँ ।

हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलले ठूलो क्षति बेहोर्नुपरेको थियो । युद्धको क्रममा छ इजरायली सैनिकहरू मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिणी लेबनानमा भएको भिडन्तमा इजरायली सैनिकको मृत्यु भएको हो ।

योसँगै लेबनानमा हिजबुल्लाह विरुद्धको लडाईमा ज्यान गुमाउने इजरायली सैनिकको संख्या ४७ पुगेको छ ।

इजरायली मिडियाका अनुसार बुधबार इजरायली सैनिकहरूले एउटा गाउँमा छापा मार्दा भवनमा लुकेका चार हिजबुल्लाह लडाकूहरूले सैनिकहरूमाथि गोली प्रहार गरेका थिए। यस हमलामा सैनिकहरूले ज्यान गुमाएका थिए। इजरायली सेनाको जवाफी हमलामा चारै हिजबुल्लाह लडाकुको पनि मृत्यु भएको छ ।

आक्रमणमा ज्यान गुमाएका सैनिकहरू इजरायली सेनाको गोलानी ब्रिगेडको ५१ औं बटालियनका सिपाही थिए । यसअघि अक्टोबर २ मा लेबनानमा भएको आक्रमणमा आठ इजरायली सैनिकको ज्यान गएको थियो ।

इजरायली सैनिकको मृत्युमा इजरायली रक्षामन्त्री काट्जले हिजबुल्लाहविरुद्धको युद्धमा कुनै ढिलाइ नहुने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सैनिकको मृत्युप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । इजरायलले सेप्टेम्बर २३ मा लेबनानमा हिजबुल्लाह लक्ष्यहरू बमबारी गर्न थालेको थियो ।

इजरायली सेनाले लेबनानबाट क्षेप्यास्त्र आक्रमण असफल भएको बताएको छ । इजरायली सेनाले हिजबुल्लाहलाई दक्षिणी लेबनानको लितानी नदी पार गर्न खोजिरहेको छ ताकि यसको सिमाना सुरक्षित गर्न सकियोस् । हिजबुल्लाहले बुधबार तेल अभिभमा रहेको इजरायली सेनाको मुख्यालयमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ । तर, इजरायली रक्षा मन्त्रालयले हिजबुल्लाहको दाबी अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?