ट्रेंडिंग:

>> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु >> तोलामा ९ सयले बढ्यो सुनको मुल्य >> दुर्गा प्रसाईलाई आज अदालतमा पेश गरिदै >> माटोमा हराउँदै उर्वरा शक्ति >> स्वर्गद्वारी मन्दिरको पुनः निर्माण गरिँदै >> एनसेलद्वारा नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजनका लागि समझदारी >> प्रधानमन्त्रीको चीन भ्रमणमा समग्र लुम्बिनी विकासको प्रस्ताव

स्थानीय सरकार सवलीकरणमा नमूना संसदले भूमिका खेल्दै

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

लमही, २९ कात्तिक

तुलसीपुर शान्ति महिला नमूना संसदको कार्य सम्पादन समितिको बैठकले बिहीबार तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रमको सुक्षम बिश्लेषण गरेको छ ।

महिला नमूना संसदका ७ वटा बिभिन्न समितिले बजेट तथा कार्यक्रमको अध्ययन गरी कार्य सम्पादन समितिमा बिषयगत रुपमा प्रस्तुत गरेका थिए ।

२०८० चैत महिनामा ३३ बुँदे ध्यानाकर्षण पत्र तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा पेश गरिएको थियो । सोही अनुसार आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रममा समावेश भए नभएको बारेमा बिषयगत समितिले कार्य सम्पादन समितिमा प्रस्तुत गरेका थिए ।

सूचना, सञ्चार समन्वय र साझेदारी बिकास समितिका संयोजक लालमति भण्डारीले ३३ बुदेँ ध्यानाकर्षणमा ५ वटा बुँदा यस समितिबाट पेश गरिएको बताइन् । तर थोरै मात्रामा मात्र आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रममा समाबेश भएको जानकारी दिइन् ।

राजनैतिक क्षेत्र विकास समितिका संयोजक सरीता सुबेदीले ३ वटा बुँदा उक्त समितिमा भएपनि कुनै पनि रातो कितावमा समावेश नभएको गुनासो गरिन् । उनको समितिले राजनीतिक क्षेत्रमा ५० प्रतिसत महिलाको सुनिश्चिताको नीति बनाउन माग गरेको थियो ।

शान्ति तथा मानव अधिकार समितिका संयोजक मधुमति सुनारले ३ वटा बुँदा मध्ये बाल बिबाह न्यूनिकरण लगायतका कार्यक्रम बजेट तथा कार्यक्रममा समाबेश भएको जानकारी गराइन् ।

कानुन तथा सामाजिक न्याय समितिका संयोजक युवा कराराले ५ वटा बुँदा प्रस्तुत गरिएको भएपनि सामाजिक विकासको क्षेत्रमा बजेट केही मात्रामा समावेश भएको समितिले पाएको बताइन् । मानव संशाधन विकास तथा श्रोत ब्यवस्थापन समितिका संयोजक लोकमाया पुनले ७ बुँदा ध्यानाकर्षण पत्रमा राखिएको भएपनि अध्ययन गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रमको रातो किताव नै प्राप्त गर्न नपाएको गुनासो गरिन् ।

तर ७ बुँदा मध्ये केही बुँदा समाबेश भएको जानकारी पाएको बताइन् । आर्थिक बिकास समितिका संयोजक कल्पना चौधरीले यस समितिले प्रस्तुत गरेको ६ बुँदा मध्ये केही बुँदालाई बजेट तथा कार्यक्रमले समेटेको र बजेट समेत बिनियोजन भएको खुशी ब्यक्त गरिन । तर कार्यान्वयनको पक्षमा भने अझै आशंका रहेको उनले बताइन् । सांस्कृतिक बिकास समितिका सदस्य दिलमाया बिकले २ वटा बँुदा ३३ बुँदे ध्यानाकर्षणमा राखिएको भएपनि छाडा चौपाया ब्यबस्थापन जस्तो चुनौतिपूर्ण कार्यमा स्पष्ट ब्यबस्था सहितको आर्थिक बर्ष २०८१÷८२ को बजेट तथा कार्यक्रममा समाबेश नभएको हो की भनि आशंका ब्यक्त गरिन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, शान्ति महिला नमूना संसद कार्य सम्पादन समितिका सल्लाहकारत्रय नवराज लामिछाने, सुशील बस्नेत र माया श्रेष्ठ लगायतले बिभिन्न सुझाब दिएका थिए ।

महिला शान्ति नमुना संसद २०६५ सालमा स्थापना गरिएको थियो । यो समिति अनौपचारिक फोरम हो भने यसले स्थानीय सरकारलाई सवलीकरणमा मद्धत गर्दै आएको छ भने महिलाहरुलाई नेतृत्व बिकास र संसदीय प्रक्रियामा अभ्यास गर्ने थलोका रुपमा बिकास हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?