© २०२३
बुटवल, ३० कार्तिक । दाङ—रुपन्देही सम्पर्क समाजमा आवद्ध सदस्यहरु बुटवलको राजमार्ग सरसफाई अभियानमा हातोमालो गरेका छन । बुटवल उपमहानगरपालिकाको ‘बुटवल उपमहानगरपालिका मुख्य राजमार्ग विशेष सफाई तथा हरियाली प्रवर्द्धन अभियान’ मा दाङ रुपन्देही सम्पर्क समाजका सदस्यहरुले शुक्रबार बिहान सरसफाईमा सहमभागी भए । बिहान सबेरै गोलपार्कदेखि लक्ष्मीनगर गेटसम्म आफनो पहिचानसहितको टिसर्टमा सजिएर बृहत् सरसफाई कार्यक्रममा सहभागिता जनाएको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपमेयर साबित्रादेवि अर्याल, वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा सरसफाईमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले नगरको सफाई सबै नगरबासीको जिम्मेवारी भएको बताए । पालिकाबाट सरसफाईको नीति बनाएर नै कडाइको साथ पालना गराउने तयारीमा रहेको भन्दै उनले यो अन्तिम चरणमा रहेको बताए । नगरको सफाईलाई प्रभावकारी बनाउन ५ सय देखि ५ हजारसम्मको जरिवाना समेत गर्ने उनले बताए ।
कार्यक्रममा समाजका अध्यक्ष रेशम बहादुर महराले बुटवललाई पर्यटकीय नगरको रुपमा विकास गरि आर्थिक समृद्धिको सम्भावना रहेको बताए । सरसफाईको क्रममा मुख्य सडकमा छोटा दुरिका बसहरु तथा स्थानिय पसलेहरुबाट फोहोर भैरहेको देखिएको भन्दै यसलाई रोक्न जरुरी रहेको बताए ।
समाजको पदाधिकारी, सदस्यहरुसहित सुरक्षा निकाय, स्थानिय टोलबासीहरु सरसफाईमा सहभागी रहेको कार्यक्रमका संयोजक मोहन यादवले बताए । समाजमा दाङबाट अस्थाई र स्थाई बसाई गर्दै रुपन्देहीमा विभिन्न पेशा, ब्यवसाय अप्नाउदै आएका सदस्यहरु आवद्ध रहेको समाजका महासचिव रमा सुवेदी डागीले बताईन ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी