ट्रेंडिंग:

>> शनिबारदेखि रुपन्देही डान्स स्टारको चौथो संस्करण हुने >> रवि लामिछानेलाई आज पोखरा लगिदै >> लुम्बिनीः बौद्ध धर्मको उद्गम स्थल र विश्व सम्पदा >> कालिका मानवज्ञान माविद्वारा ९ लाख बराबरको छात्रवृत्ति वितरण >> राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता >> राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दै >> संघीय संसदका चार समितिको बैठक बस्दै >> रवि लामिछानेको बयानमा २३ घण्टामा ७४ प्रश्न >> सुरक्षा अपडेटसहित सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च >> ‘एक पालिका एक हुलाक’ कार्यालय >> दिपल ईभी प्रति क्रेताहरूको बढ्दो आकर्षण >> नेपाली महिला क्रिकेट टिमलाई बधाई >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> फोहोरबाट मोहोर सपनामा मात्रै, ब्यूँझिदा, ह्वास्स दुर्गन्ध >> फूलबारीमा ‘छायाँ दरबार’ >> उखु किसान पलायनमा सरकार सहयोगी >> दार्चुलामा जिप दुर्घटना, ६ जनाको मृत्यु >> देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु >> नेपालले आज बंगलादेशमा बिजुली निर्यात गर्दै >> समान विकासका लागि विश्वका सभ्यताको आदानप्रदान आवश्यक : इश्वर पोखरेल >> ७० वटा लिखित प्रश्नको जवाफ माग्दै सकियो लामिछानेको बयान >> तीन दिने चीन भ्रमण सकेर लुम्बिनीका मुख्यमन्त्री स्वदेश फिर्ता >> स्थानीय सरकार सवलीकरणमा नमूना संसदले भूमिका खेल्दै >> मानव सेवा आश्रमको भवन निर्माण गर्न महायज्ञ >> मायादेवी गाउँपालिकामा कपडा बैंक स्थापना >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> नेपालले बंगलादेशलाई विद्युत बेच्ने बाटो खुल्यो, यो बर्ष शुक्रबार एकदिन मात्र बिक्री गर्ने >> काँग्रेसले कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा चौधरीलाई उम्मेदवार बनाउने >> विश्व मधुमेह दिवसमा साइक्लोथन >> गुरुयोजना अनुसार फुलबारीको पूर्वाधार निमार्णमा जोड >> नागढुंगा–सिस्नेखोला सडक आजबाट आंशिक बन्द >> नारायणगढ–बुटवल सडक बारे प्रधानमन्त्रीको ध्यानाकर्षण, डिसेम्बर अन्त्यबाट काम शुरु हुने >> भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा >> न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण >> शिक्षा मन्त्री भट्टराईबाट सानोठिमीस्थित विभिन्न कार्यालयको निरीक्षण >> सुरक्षाको घेरामै रविको तेस्रोे दिनको बयान सुरु, आजै सकिने >> ब्राजिलको सर्वोच्च अदालतबाहिर विस्फोट, एक जनाको मृत्यु >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> धितोपत्र बोर्डको अध्यक्ष छनौट सूचीका तीन जनालाई अन्तर्वार्तामा बोलाइयो >> हिजबुल्लाहको आक्रमणमा ६ इजरायली सैनिकको मृत्यु >> डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागी हुने >> ट्रम्पको जितको असर कोप-२९ मा, जलवायु वित्त प्रभावित हुने डर ! >> वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो >> सिद्धार्थनगरद्वारा कृषकलाई उन्नत गहुँको बीउ बितरण >> बाणगंगाका कृषकलाई अनुदानमा गहुँको बीउ >> विश्व मधुमेह दिवस, सावधानी अपनाऔं >> राष्ट्रिय स्वतन्त्र पार्टीमाथि शंका किन बढ्दैछ ? >> तराईमा लहलह कोदो >> रुन्टीगढी ४ मा चुनावी सरगर्मी बढ्यो >> धानको परालः जलाए प्रदूषण, दान दिए पुण्य

वैदेशिक रोजगारीको अँध्यारो–उज्यालो

३० कार्तिक २०८१, शुक्रबार
३० कार्तिक २०८१, शुक्रबार

वैदेशिक रोजगार नीति २०६८ जारी गरेको १३ वर्ष पुगिसक्दा सरकारले वैधानिकरूपमा विश्वका एक सय ११ मुलुकमा रोजगारका लागि श्रमस्वीकृत दिएको छ । तर, व्यक्तिगत पहलमा भने विश्वका एकसय ७८ मुलुकमा नेपालीहरू कामका लागि विदेश पुगेको मानिन्छ । आन्तरिक रोजगारीको विकल्पका रूपमा नेपाली नागरिकलाई अवसर प्रदान गर्ने गरी यस्तो नीति ल्याइएकोमा हाल रोजगारीको प्रमुख विकल्प नै वैदेशिक रोजगारी बन्न पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनाको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख १७ हजार ६८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या एक लाख ६ हजार ४ सय ५९ रहेको थियो । वैदेशिक रोजगार विभागका अनुसार आव २०८०/८१ मा सात लाख ४३ हजार ५९७ जना श्रम स्वीकृति लिएर विदेसिएका थिए । हालसम्म वैदेशिक रोजगारीमा जानेहरूको तथ्यांक करिब ६० लाख पुगेको मानिन्छ ।

वैदेशिक रोजगारीको उज्यालो पक्ष
वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै जाँदा नेपालमा रोजगारीको चापलाई केही कम गर्न सहयोग पुगेको छ । यसले गर्दा सरकारको टाउको दुःखाई पनि कम भएको छ । वैदेशिक रोजगारीका कारण विप्रेषण आय बढ्दो छ । त्यसैले मुलुकको बाह्य क्षेत्र बलियो देखिन्छ । यही कारणले बैंकिग क्षेत्रमा तरलता पर्याप्त रहने र कर्जा लगानीका अवसरहरू रहने हुन्छ । नेपालले आर्थिक वर्ष २०५१/५२ देखि मात्र वैदेशिक रोजगारमा जाने नेपाली र प्राप्त विप्रेषणको अभिलेख राख्ने गरेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्ने हो भने २०५१/५२ मा विप्रेषण आय दुई अर्ब १५ करोड रहेकामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनाको तथ्याङ्क मात्रै हेर्ने हो भने पनि विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड रुपियाँ पुगेको छ । जबकि अघिल्लोवर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । यही कारणले गर्दा कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशतले वृद्धि भइ २१ खर्ब ५२ अर्ब ५३ करोड रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । यस हिसाबले गर्दा नेपालको बाह्य क्षेत्र बलियो बनेको देखिन्छ । यसको एउटै कारण भनेको विप्रेषण आय नै हो ।
न्यून उत्पादन र कमजोर निर्यात भएकाले नेपाली अर्थतन्त्रका निम्ति आयात बाध्यता र एक मात्र विकल्प बन्दै गएको छ । यही कारणले गर्दा गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कुल वस्तु व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रहेको देखिन्छ । यसरी आयातका निम्ति स्रोतको जोहो पनि विप्रेषणबाटै सम्भव भएको छ । यतिमात्र होइन, गरिबी निवारण गर्न, आय असमानता कम गर्न, शिक्षाको पहुँच विस्तार गर्न, ग्रामीण अर्थतन्त्रलाई चलायमान गराउन विप्रेषणको महत्वपूर्ण भूमिका रहन्छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले कृषि, घरेलु तथा साना उद्योग र पर्यटनका क्षेत्रमा पनि योगदान पु¥याउँदै आएका छन् । स्वदेश फकिँदा उनीहरूसँगै आएको अनुभव र सीपलाई सदुपयोग गर्नेहरूको सङ्ख्या पनि बढ्दो छ । गाउँहरू सहरीकरण हुने र सहरहरू थप विकसित बन्ने क्रम बढ्दो छ । मुलुकमा शिक्षा, स्वास्थ्य लगायतका सेवा क्षेत्रको विकासमा पनि विप्रेषणको महत्वपूर्ण योगदान रहेको देखिन्छ ।

वैदेशिक रोजगारीको अध्यारो पक्ष
वैदेशिक रोजगारीका कारण गाउँ रित्तिदैँ छन् । श्रीमान् विदेश जाने र श्रीमती छोराछोरीको शिक्षाका लागि सहर पस्ने परम्परा बढ्दो छ ।

यसले एकातिर बुढा भएका बाबु आमाहरूका निम्ति सहाराको अभाव खड्किँदै गएको छ भने अर्काेतिर बच्चाहरूले उचित अभिभावकत्व प्राप्त गर्न सकेका छैनन् । देखासिकी प्रभावका कारण विदेशमा दुःखजिलो गरेर कमाएको रकमको पनि सदुपयोग हुन सकेको छैन । कतिपय अवस्थामा त लामोसमय विदेश बसेर फर्केको श्रीमान्ले घर फर्किंदा न श्रीमती पाउँछन् न आफूले पठाएको पैसा नै पाउने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार ४ लाख ७२ हजार ५ सय १६ घरधुरी रित्ता छन्, जहाँ कोही पनि मानिस छैनन् । धेरैजसो ग्रामीण भेगका घर रित्तिदै गएका छन् । चाडर्पमा रौनक देखिने गाउँघको अवस्था सुनसान बन्दै गएको छ । तथ्याङ्कगतरूपमा हेर्ने हो भने ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक छ । सडक र सञ्चारले गाउँलाई सहरसँग जोड्दै गएको छ । तर, गाउँमा बस्नेहरू नै गाउँ छोड्दै सहर पस्दैछन् । गाउँको विकासको परिणाम उपभोग गर्नेहरू छैनन् । वैदेशिक रोजगारीका कारण गाउँ युवाविहीन बन्दै गर्दा जमिनहरू बाँझो भूमिमा रूपान्तरित भइरहेका छन् । कृषि एवम् उद्योग क्षेत्रमा श्रमिक पाउन गारो हुँदै गएको छ । कतिपय स्थानहरूमा कृषि कार्यका लागि पनि सीमानापारिबाट श्रमिक ल्याउनुपर्ने अवस्था आएको छ । त्यतिमात्र होइन लामो समयसम्म घर नफर्कंदा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदका घटनाहरू पनि बढ्न थालेका छन् ।
रोजगारीका लागि विदेश पलायन हुँदा देश र परिवारबाट टाडिएर बस्नुपर्दाको दुःख पीडा एकातिर छँदै छ । अर्काेतिर अधिकांशले गर्ने काम जोखिमयुक्त, तुलनात्मक हिसाबले अनाकर्षक र शोषणपूर्ण रहेको देखिन्छ । काम गर्दा अङ्गभङ्ग हुने, विभिन्न किसिमका जीर्ण रोगहरू लागेर फर्कनुपर्ने जस्ता पीडाहरू मात्र छैन । ज्यानको समेत जोखिम मोल्नु परेको छ । वैदेशिक रोजगारीले सामाजिक एवम् संस्कृतिक विचलनसमेत ल्याएको देखिन्छ । त्यसैले विप्रेषणको आर्थिक पक्ष मात्र होइन, सामाजिक पक्षबारे पनि बहस गरिनु आवश्यक देखिन्छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने वैदेशिक रोजगारीमा गएकामध्ये पाँच हजार आठ सय दुईजनाको ज्यान गएको छ । उनीहरूमध्ये चार हजार सत्र जनाको शब मुलुक फिर्ता ल्याइएको तथ्याङ्क छ । त्यसैगरी अङ्गभग भई फर्कनेहरूको सङ्ख्या पनि बढ्दो छ । उर्जावान युवासमय विदेशी भूमिमा रगत पसिना बगाएर बुढेसकालमा स्वदेश फर्कने बृद्धहरूका निम्ति राज्यले बृद्ध भत्ता व्यहोर्नुपर्ने परिस्थितिले मुलुकको आर्थिक अवस्थामा सकारकात्मक प्रभाव पार्न सक्दैन ।
पछिल्लो समय मुलुकमा वैदेशिक मुद्रा आर्जनका निर्यात र पर्यटनजस्ता अन्य श्रोतहरू खुम्चिदै गएका छन् भने प्रमुख श्रोतको रूपमा वैदेशिक रोजगारी स्थापित हुँदै गएको छ । यही कारणले कृषि क्षेत्रको विकास हुन सकेको छैन भने उद्योग क्षेत्र पनि धरासायी बन्दै गएको छ । मुलुक विप्रेषणमा निर्भर हुँदै गएकाले नेपाल पनि “डच रोग” को सिकार बन्दै गएको आभाष हुन थालेको छ । यहाँ सम्मकि निजी क्षेत्रको माग घट्नुमा पनि स्वदेश बस्ने जनसङ्ख्या घट्दै जानुलाई लिन थालिएको छ ।

समस्या समाधानको पाटो
नेपाली अर्थतन्त्रको मुख्य चासो भनेकै विप्रेषण आयलाई कसरी उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्ने भन्नेतिरै रहनु पर्दछ । यसका लागि सरकारले नीतिगत रूपमै व्यवस्था गर्नु जरुरी छ । ‘विप्रेषण बण्ड’ मार्फत् विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न सकिन्छ । वैदेशिक रोजगारीमा जानु अघि स्वास्थ्य परीक्षण अनिवार्य गरिएझै वित्तीय शिक्षालाई पनि अनिवार्य गरिनु पर्दछ । यसैगरी कृषि एवम् उद्योग क्षेत्रमा लगानी वृद्धि गरी रोजगारीका अवसरहरूको सिर्जना गर्नुपर्दछ । बैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमै रोजगारमूलक व्यवसाय गर्न उत्प्रेरित गर्नु आजको आवश्कता हो ।
देशमा मानव संसाधन व्यवस्थापन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन अति जरुरी देखिन्छ । यसबाट बैदेशिक रोजगारीबाट सिर्जित समस्याको उचित सम्बोधन गरी प्राप्त अवसरको उपयोग गर्नेतर्फ सबै सरोकारवालाको प्रतिबद्धता आवश्यक छ । मुलुकको अर्थतन्त्र बैदेशिक रोजगारीमै निर्भर हुँदा स्वदेशी उत्पादन हतोस्तासिहत हुँदै गएको छ । युवाहरूलाई स्वदेशमै टिकाउन उनीहरूमा उद्यमशीलताको विकास गर्नु आवश्यक छ । यसका लागि उनीहरूलाई सीममूलक शिक्षा दिई सहज वित्तीय स्रोतको उपलब्धता सुनिश्चित गरिनु पर्दछ । यसका निम्ति देशमा राजनैतिक स्थिरता जरुरी हुन्छ । साथै सरकारको नेतृत्व एवम् प्रतिपक्ष सबैले अर्थतन्त्रप्रति चिन्ता र चासो बढाउनु पर्दछ । खासगरी वैदेशिक रोजगारीको विकल्पको रूपमा स्वदेशमा पर्यटन, उर्जा र कृषि क्षेत्रको विकास गर्न दीर्घकालीन रणनीति बनाउनु पर्दछ । यसका निम्ति यी क्षेत्रहरूमा पूँजी लगानी बढाउनुका साथै प्रविधि आयातलाई पनि प्रोत्साहन गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?