© २०२३
बुटवल, ३० कार्तिक ।
लुम्बिनी प्रदेशको बुटवल क्लब डेनोभोमा दिपल ईभी सार्वजनिक भएको दोस्रो दिन बुधवार मध्यान्न सम्म ५ वटा बुकिङ भइसकेको छ ।
नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले लुम्बिनी प्रदेशलाई लक्षित गरी बुटवलमा दिपल ईभी सार्वजनिक गरेको हो । आइतबार बुटवलमा एक विशेष समारोहबीच बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लू वृद्धिका सीईओ जोजुजोस थाटिल लगायतले फ्युचरिस्टिक डिजाइन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस ०७ र एल०७ ईभी सार्वजनिक गरेका थिए ।
बुटवलका लागि चांगानको डिलर जेनोस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको र २० वटा बिक्री गर्ने लक्ष्य पुराहुनेमा विस्वस्थ रहेको वताए । उनले नेपालमा प्रसस्त विद्युत उत्पादन गर्न सकिने साथै ईभि गाडि वाट प्रदुषण नहुने, महङ्गो ईन्धन र सर्भिसमा पनि कम खर्च हुने हुनाले ईभि ग्राहकको रोजाईमा परेको वताए । ‘दिपलले काठमाडौंमा मात्र होइन लुम्बिनीमा पनि बजार तताइसकेको छ । हामीले ग्राहकबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेका छौं,’ उनले भने । बुटवलका ग्राहकले दिपल प्रिबजेट प्राइसमा सेरेस ४५ लाख ४९ हजार रूपैयाँमा र नामीमा ७ किलोवाटको निःशुल्क चार्जर पाउनेछन् । ग्राहकले ३ वटा रिकन्डिसन हाउसबाट बेस्ट भ्यालुएसन र एक्सचेन्ज बोनस समेत