ट्रेंडिंग:

>> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी
चीनमा दोश्रो ग्लोबल साउथ थिङ्क ट्यांक्स समारोह

समान विकासका लागि विश्वका सभ्यताको आदानप्रदान आवश्यक : इश्वर पोखरेल

२९ कार्तिक २०८१, बिहीबार
२९ कार्तिक २०८१, बिहीबार

चीन (जेङ्सु), २९ कात्तिक ।

चिनियाँ कम्युनिष्ट पार्टी बिदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोश्रो ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग शुरु भएको छ । समारोहमा बिश्वका १०० भन्दा बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरुको सहभागिता रहेको छ ।

ग्लोबल साउथ देशहरुका समस्याहरुलाई सामूहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वब्यापी अभियानलाई थप सुदृढ बनाउन यस्तो कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रमको “मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि” विषयक सत्रमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष तथा नेपालका पूर्ब उपप्रधानमन्त्री ईश्वर पोखरलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरु थप एकताबद्ध भएर सामूहिक हित र मानव समद्धिका लागि लाग्नुपर्ने बताए ।

विश्वको ८५ प्रतिशत जनसंख्या ओगटेको ग्लोबल साउथका जनताहरुको जिडिपिमा ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामूहिक योगदान आवश्यकता रहेको उनले बताए ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले मानवीय समान विकासका लागि विश्वका विभिन्न सभ्यताको आदानप्रदान आवश्यक रहेको चर्चा गर्दै यसले सबै सभ्यतालाई थप विकास गर्न सघाउने धारणा ब्यक्त गरे । सभ्यताको अनुभव आदानप्रदानले विश्वका सबै मुलुकहरुलाई आपसी समझदारी बढाउन, असमझदारी घटाउन र शान्ति तथा सुखमा ठूलो योगदान दिन सघाउने उल्लेख गर्दै उनले सभ्यताहरुको आदानप्रदानले नै मानव समाज आजको विकसित र वैज्ञानिक युगमा पुगेको स्मरण गराए ।

उनले प्रकृतिले धेरै श्रोतहरुको उपहार दिएको नेपालमा रहेका प्राकृतिक श्रोतहरुलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरुले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सघाउन आग्रह गरे ।

नेपालको जनविद्युत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशहरुले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृृतिक श्रोतलाई ग्लोबल साउथका जनताहरुको समृद्धिका लागि उपयोग गर्न सकिने उनले बताए ।

हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौंदेखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर तेश्रो हप्ता हुने चीन भ्रमण थप ऐतिहासिक र उपलब्धिमुलक हुने उनले बिश्वास ब्यक्त गरे ।

उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकार अग्रसर रहेको र यसमा चीनलगायतका मित्रराष्टको महत्वपूर्ण सहयोग हुने आशा ब्यक्त गरे ।

समारोहको उद्घाटन सत्रमा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग मन्त्री ल्यु च्याङ्गचाओ, नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, चिनिया कम्युनिष्ट पार्टी ज्याङसु कमिटीका सचिब तथा ज्याङसु प्रदेश सरकार स्थायी कमिटीका अध्यक्ष छिन चाङसिन, क्यूवाको निकालोपिज युनिभर्सिटीका अध्यक्ष हुर्टाडो परेज, संयुक्त सेचेल्सका अध्यक्ष पत्रिक हेर्मनीलगायत बिभिन्न देशका पदाधिकारी तथा प्रतिनिधिहरुले संबोधन गरेका थिए ।

चिनिया कम्युनिष्ट पार्टी बिदेश बिभागको निमन्त्रणामा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेको पन्ध्र सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा छ ।

भ्रमण टोलीमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य शान्ति ढकाल, सम्झना देवकोटा, सरिता भुषाल, सल्लाहकार परिषद् सदस्य टंकप्रसाद बराल, निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी,मधेश प्रदेश उपसचिव मोहम्मद कैस, विदेश विभाग सदस्य डा. दिपेन्द्र श्रेष्ठ, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, नेपाल जनजाती महासंघका केन्द्रिय सदस्य रोशनी मेचे, गौरीगञ्ज नगरपालिकाका उपाध्यक्ष पुजन न्यौपाने, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष जोशी रेग्मी सहभागी छन् ।

योगदान गर्न दृढ : उपाध्यक्ष घिमिरे

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले ग्लोबल साउथको साझा बिकासका लागि आधार तयार भइरहेकोमा खुसी ब्यक्त गरिन् ।

शक्ति एकताबाट जन्मिने चर्चा गर्दै उनले समृद्ध ग्लोबल साउथ निर्माण गर्न सबैको योगदान जरुरी रहेको उल्लेख गरिन् । ग्लोबल साउथको सदस्यका हैसियतले नेपाल बिश्वब्यापी समानता र बिकासको स्तर बृद्धिका लागि योगदान गर्न दृढ रहेको उनले बताइन् ।

उपाध्यक्ष घिमिरेले भविष्यमा के गर्ने भन्ने बिश्वब्यापी चिन्ता रहेको उल्लेख गर्दै अबको मार्ग पहिल्याउन ग्लोबल साउथ सक्षम हुने बिश्वास ब्यक्त गरिन् । चीनको बिकासबाट आफू गहिरो प्रभावित भएको चर्चा गर्दै उनले नेपाल एक चीन नीतिप्रति दृढ भएको दोहोर्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?