© २०२३
सुर्खेत, २९ कात्तिक ।
मानव सेवा आश्रमको भवन निर्माणको लागि सुर्खेतमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८१ सुरु हुने भएको छ । सुर्खेतस्थित आश्रमको भवन निर्माणको लागि आर्थिक संकलनको लागि महायज्ञ सुरुवात गर्न लागिएको महायज्ञ व्यवस्थापन मुल आयोजक समितिले जनाएको छ । आज विरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी यही मंसिर २१ गतेखि २८ गतेसम्म वीरेन्द्रनगर ८ स्थित खुलामञ्चमा श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८१ सञ्चालन हुने समितिले जनाएको छ ।
समितिका संयोजक नवराज केसीले आश्रमको भवन निर्माणको लागि महायज्ञको आयोजना गरिएको जनाए । ‘भवन निर्माणको लागि ठूलो पूजी आवश्यक पर्ने भएकाले यसरी महायज्ञ आयोजना हुँदैछ’ केसीले भने, ‘यसमा सडकमा रहेका मानवलाई ल्याएर राख्ने मात्र नभएर पुनस्र्थापनाको वातावरण हुन्छ यस ठाउँमा गएर अध्ययन गर्ने स्थानको रुपमा विकास गर्ने सोच बनाएका छौ ।’
महायज्ञ मुल आयोजक समितिका सह संयोजक सागर भुसालले गंगामाला देउती बज्यै सामुदायिक वनले आश्रमको लागि जग्गा उपलब्ध गराएको हुँदा उक्त जग्गामा भवन निर्माण गर्न लागिएको बताए । ‘मुठीदानबाट सञ्चालित मानव सेवा आश्रमको भवन बनाउन त्यति सजिलो छैन’ उनले भने, ‘उक्त कार्यका लागि अर्थ संकलनका लागि महायज्ञ लगाउन लागिएको हो ।’ गएको भदौ १८ गतेको सुर्खेत स्थित नागरिक अगुवाहरुको भेलाले नवराज केसीको संयोजकत्वमा महायज्ञ मुल आयोजक समिति गठन गरेको थियो ।
महायज्ञबाट पाँच करोड संकलन हुने लक्ष्य राखिएको समितिका सह संयोजक भुषालले बताए । महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर पं कमलनयन गौतम आउने मुल आयोजक समितिले जनाएको छ । महायज्ञमा विहानको समयमा योगाध्यानको हुनुको साथै जेष्ठ नागरिकहरुलाई स्वास्थ्य जाँचको समेत व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
हालसम्म मानव सेवा आश्रमले १० हजार ६ सय ८७ जना बेसहारा नागरिकको उद्धार गरी मानव उचित वातावरणको व्यवस्था गरेको छ । आश्रमका सातवटै प्रदेशमा शाखा रहेका छन् । २०७५ माघमा सुर्खेतबाट शुभारम्भ गरी बेसहारा नागरिकको उद्धार गर्दे आइरहेको सुर्खेतस्थित मानव सेवा आश्रम शाखाले कर्णालीका विभिन्न सडक पेटीमा भेटिएका जिवन नै जोखिममा रहेका चार सय बढीको उद्धार गरिसकेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी