© २०२३
बुटवल, ३० कात्तिक ।
देशकै उत्कृष्ट सामुदायिक विद्यालय कालिका मानवज्ञान मावि बुटवलले कक्षा ११, १२ मा अध्यनरत विद्यार्थीलाई ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।
शुक्रबार प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकाशन तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरी १ सय १ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण तथा सम्मान गरिएको हो ।
विगतका बर्षमा अन्य सामादायिक विद्यालय तर्फ नेपालमा पहिलो पटक कुल विद्यार्थी १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको विद्यालयले यो बर्ष पनि छात्रवृत्ति वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, विद्यालयका प्रधानाध्यापक दिनेश थापा,कक्षा १–१२ परीक्षा संयोजक युवराज कण्डेल ले पुरस्कार वितरण गरेका हुन ।
प्रथम त्रैमासिक परिक्षामा ३.६ जिपिए भन्दा माथि नतिजा ल्याउने १०१ जनालाई छात्रवृत्ति वितरण तथा सम्मान गरिएको हो ।
कार्यक्रम मा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले रकम अभावमा कोहि पनि विद्यार्थी अध्यन बाट बञ्चित हन नपरोस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको जानकारी दिए । उनले खेलकुदमा समेत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई समेत निःशुल्क छात्रवृत्ति प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको जानकारी दिए । उनले नतिजा उत्कृष्ट ल्याउने विद्यार्थी लाई विद्यालयले जहिले पनि प्रोत्साहन प्रदान गर्ने जानकारी दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली ले विद्यार्थी, शिक्षक, अभिभावक को अथक प्रयासबाट नतिजा ल्याउन सफल भएकोमा धन्यवाद दिए । उनले सबै विद्यार्थी लाई बधाई तथा शुभकामना दीदै, आगामी दिनमा अझै उच्च नतिजा ल्याउनको लागि सुझाव समेत दिए।
देशकै सबैभन्दा धेरै विद्यार्थी रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेका कालिका मानवज्ञान मावि मा हाल ८ हजार भन्दा बढि विद्यार्थी रहेका छन् । जसमा सेक्टर १ कालिकानगर र सेक्टर २ रामानगर गरि दुई वटा सेक्टरमा अध्यापन हुँदै आएको छ । विद्यार्थी ले शिक्षा दिवसको अवरमा उत्कृष्टविद्यालयको रुपमा राष्ट्रिय ध्वजा सहित सम्मन भएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी